साइटहरुमा पोर्न सामाग्रीहरुको संख्या ह्वात्तै बढ्यो
प्रकाशित मिति : २०७४, ७ माघ आईतवार १२:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अमेरिकामा हालै फैलिएको एक हल्लापछि अचानक पोर्न साइटहरुमा पोर्न सामाग्रीहरुको संख्या ह्वात्तै बढ्यो । पोर्न साइटहरुको ट्राफिक यति बढ्यो की यसअघिका सबै पूराना रेकर्डहरु तोडिए ।
Advertisement
वास्तवमा हालै अमेरिकाको हवाई प्रान्तमा मिसाइल आक्रमण हुन लागेको गलत हल्ला आगोझैँ फैलियो । अचानक जारी भएको अलर्टपछि मानिसहरुमा तहल्का मच्चियो । तर पछि थाहा भयो की अमेरिकी सुरक्षा एजेन्सीका एक अधिकारीले गल्तीले अलर्ट बटन थिचेपछि मानिसहरुको मोबाइलमा यस्तो सूचना पुगेको रहेछ ।
मानिसहरु त्रतिस भएपनि मिसाइल आक्रमण त भएन तर उक्त हल्लापछि जे नतिजा आयो तयो भने सबैलाई अचम्ममा पार्ने खालको थियो ।
समाचार अनुसार मिसाइल हमलाको हल्ला अफवाह भएको सावित भएसँगै अमेरिकामा पोर्न साइट हेर्नेहरुको संख्या तिव्र रुपमा बढेको पाइयो । पोर्न साइटहरुमा भिजिटर्सको ट्राफिक एकाएक बढ्यो ।
अफवाहको केही मिनेटपछि नै पोर्न साइटहरुमा ट्राफिक ५० प्रतिशत सम्मले बढेको थियो ।
स्मरण रहोस् गत जनवरी १३ को बिहान ८ बजे मिसाइल हमला सम्बन्धी यस्तो अलर्ट जारी भएको थियो ।
यस्तो अलर्टसँगै मानिसहरु एकाएक तनावमा आए र हंगामा मच्चियो । तर जब उक्त आक्रमण केवल अफवाह मात्र भएको खुलासा भयो, तब मानिसहरुले ढुक्कको स्वास फेरे । हवाईबासीहरु रिल्याक्स महसूस गरे । अनि एकबारको जूनीमा बाँचियो भन्ने सोँचेर रमाइलो र मस्ती गर्न तथा टेन्सन भगाउनका लागि पोर्न साइटहरु खोलेर हेर्न थाले ।
पोर्न साइटहरुका अनुसार चेतावनी जारी भएसँगै ट्राफिक ७७ प्रतिशतले घटेको थियो । तर जब उक्त चेतावनी केवल अफवाह भएको खुलासा भयो तब पोर्न साइटको ट्राफिक ५० प्रतिशत सम्मले बढ्यो । एजेन्सी