गाजा क्षेत्रमा फैलिएको हिंसाबाट ५८ जनाको ज्यान गयो
प्रकाशित मिति : २०७५, १ जेष्ठ मंगलवार ०९:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
ऐजेन्सी/प्यालेस्टायन,१ जेठ। प्यालेस्टायनको गाजा क्षेत्रमा फैलिएको हिंसाबाट ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् ।
इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो ।
Advertisement
अमेरिकाले आफ्नो दूतावास सारेपछि त्यहाँ हिंसा फैलिएको थियो ।
दूतावास खोल्ने निर्णयप्रति प्यालेस्टायन सन्तुष्ट छैन । प्यालेस्टायनले दूतावास खोल्ने अमेरिकी योजनालाई जेरुसेलममाथि आफ्नो पूर्ण नियन्त्रण कायम राख्ने इजरायली नीतिको समर्थनका रुपमा लिएको छ ।