“सन्दिपलाइ खेलाउन किन ढिला गरीयो?” प्रशिक्षकले दिए स्पष्टीकरण
प्रकाशित मिति : २०७५, ७ जेष्ठ सोमबार १२:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं,७ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल ) मा दिल्ली डेयरडेभिल्सले सुरुआती ११ खेलमा सन्दीप लामिछानेलाई बेञ्चमा राख्यो । जब मौका पाए, सन्दीपले आफूलाई प्रमाणित गरे । १७ वर्षीय सन्दीपको बलिङबाट सबै प्रभावित भए ।
आइतबार दिल्लीको अन्तिम खेलमा ३६ रन खर्चेर ३ विकेट लिँदै टिमलाई जित मात्र दिलाएनन्, मुम्बई इन्डियन्सको अघिल्लो यात्रामा पूर्णविराम लगाउन महत्वपूर्ण भूमिका खेले । यससँगै दिल्ली डेयरडेभिल्समाथि प्रश्न उठेको छ, सन्दीपलाई खेलाउन किन ढिला गरियो
Advertisement
प्रशिक्षक रिकी पोन्टिङले स्पष्टीकरण दिँदै भने, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।’
सन्दीपको बलिङको विषयमा चर्चा गर्दै पोन्टिङले अगाडि भने, ‘हामीले विगत ८/९ हप्तादेखि उनलाई नियालिरहेका थियौ । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’
उनले अघि भने, ‘आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’