अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति
प्रकाशित मिति : २०७५, ८ जेष्ठ मंगलवार १४:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
वासिङ्टन । अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहोर्याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो ।
तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हालैमात्र अमेरिकाले इरानसँगको पारमाणविक सम्झौता रद्द गरेपछि यसअघि फुकुवा गरेका सबै प्रतिबन्धहरू पुनः लगाइने तथा इरानले नयाँ आर्थिक प्रतिबन्धको पनि सामना गर्नुपर्ने हुनसक्छ भन्नुभएको छ ।
अमेरिकाको हालैको उक्त कदम अन्तर्गत इरानी सत्तामाथि नयाँ खालको र एक शक्तिशाली आर्थिक दबाब पनि सिर्जना गर्न सकिने विदेशमन्त्री पोम्पेओले बताउनुभएको छ ।
अमेरिकाको यस कदमको युरोपेली संघ तथा सन् २०१५ मा इरानसँग पारमाणविक सम्झौता गरेका विश्वका केही शक्ति राष्ट्रहरुले पनि विरोध गरेका छन् ।
युरोपेली युनियनको विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले अमेरिकाको यस कदमको आलोचना गर्दै यसबाट युरोप र मध्यपूर्वी देशहरुमा पनि असर पर्न सक्ने बताउनुभएको छ । रासस/एएफपी