नेपाली प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो
प्रकाशित मिति : २०७५, १६ जेष्ठ बुधबार १४:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं, १६ जेठ – नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।अर्थमन्त्री मन्त्रालयले तयार पारेको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् ।
ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने उल्लेख गरिएको छ । त्यस्तै, नेपाली सेनाको बंकर र ब्यारेक कार्यक्रमलार्इ निरन्तरता दिइने उल्लेख गरिएको छ ।