महंगा बाइकको मूल्य कति बढ्यो
प्रकाशित मिति : २०७५, १६ जेष्ठ बुधबार १५:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं,१५ जेठ । पछिल्लो समयमा युवाहरुमा महंगा र हेभी सीसीका बाइक चढ्ने क्रेज मौलाउँदैछ । तर, अब सरकारले ठूला सीसीका बाइक चढ्नेलाई मुस्किल हुनेगरी सडक दस्तुर लगाउने निर्णय गरेको छ । सडक दस्तुर भन्सार तिरेर भित्र्याउने समयमा सवारीको इन्जिन क्षमताका आधार तिर्ने गरिन्छ । यसको वृद्धिले पनि मूल्यलाई प्रत्यक्ष असर गर्छ ।
नयाँ बजेटले ४०१ सीसीभन्दा ठूला क्षमताका बाइकमा झण्डै दुई लाख सडक दस्तुर बढाएको छ ।माइक्रोबस, बस, ट्रक, ट्रिपर, ट्रक, मिक्सचर, मिनीबस, मिनीट्रक, मिनीटिपरको सडक दस्तुर यथावत मूल्यको सात प्रतिशत कायमै राखिएको छ ।
अब २००० सीसीसम्मका कार र जीपमा मूल्यको ८ प्रतिशत सडक दस्तुर लाग्नेछ । यस्तै २ हजार सीसीभन्दा बढीका जीप र कारमा सडक दस्तुर १० प्रतिशत पुर्याइएको छ ।यस्तै मोटरसाइकलको पनि सडक दस्तुर पनि बढेको छ । तर, १५० सीसीसम्मको बाइकमा ५ हजार रुपैयाँ दस्तुर बढेर १५ हजार पुगेको छ ।
त्यसैगरी १५१ देखि २५० सीसीसम्मको बाइकको सडक दस्तुर १८ हजार रुपैयाँ पुगेको छ । यसअघि यो सेगमेन्टका बाइकमा १२ हजार मात्रै कर थियो ।अब २५१देखि ४ सय सीसीसम्मका बाइकमा ५० हजार सडक दस्तुर लिइनेछ । यो सेगमेन्टमा ३५ हजार सडक दस्तुर बढेको छ । त्यसैगरी ४०१ सीसीभन्दा माथिका बाइकमा सडक दस्तुर मात्रै १ लाख ८० हजारसम्म दस्तुर बढेको छ ।यसले अब ठूला क्षमताका बाइकको विक्रीमा प्रभाव पार्न सक्छ । सरकारले वाषिर्क रुपमा तिर्नुपर्ने सवारी कर भने वृद्धि गरेको छैन ।