काश्मिरमा गोली हानाहान, भारतीय सैनिकसहित तीनजनाको मृत्यु
प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार २०:१४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
श्रीनगर, भारत ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ ।
Advertisement
सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी र एक सैनिकको मृत्यु भएको कर्नेल राजेस कालियाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
सो इलाकामा आतङ्ककारीहरुको खोजी कार्य जारी भइरहेको थियो । उक्त क्षेत्रमा विगत लामो समयदेखि उनीहरुले आतङ्क मच्चाइरहेका छन् ।
गत आइतबार पनि कुप्वाला जिल्लाको तल्लो इलाकामा भारतीय सेनाको कारबाहीमा परी कम्तीमा छ आतङ्ककारी मारिएका थिए ।