फाइनल पुगेको खुशीमा फुटबल जर्सी लगाएरै बस्यो क्रोएसियाको संसद वैठक
प्रकाशित मिति : २०७५, ३१ असार आईतवार १२:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाको खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ ।समर्थकहरु खुसीमा डुब्नु त छँदैछ, देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।
Advertisement
रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसे । पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए ।
यता राष्ट्रपति कोलिन्डा मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् ।यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको नशाले छोडेको थिएन । त्यसैले त उनले आइतबार हुने फाइनल जित्ने दावी गरिन् ।
टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो ।त्यस बैठकले खेलाडीलाई पुरस्कारको घोषणा गरेको अनुमान पनि गरिएको छ, तर त्यो भने सार्वजनिक गरिएको छैन ।
सन् १९९८ मा सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएर तेस्रो भएको क्रोयसियालाई यसपटक सो हारको बदला लिनुका साथै विजेताको सूचीमा पहिलो पटक आफ्नो नाम लेखाउने सुनौलो मौका हुनेछ ।