शेयर धितो कर्जा प्रवाहमा बैंकहरुले अपनाउँदैछन् “छक्कापन्जा” नीति
प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार १०:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तिलक कोइराला,कातजमाण्डौ,२० भदौ।शेयर धितोमा दिईने कर्जा बैंकहरुको अधिक तरलता ब्यवस्थापन ९ पार्किड।० गर्ने क्षेत्रको रुपमा रहँदै आएको छ । बैंकमा तरलता फालाफाल भएको बेला बोलाई बोलाई कर्जा दिने र तरलता साघुँरिदै गएपछि सबैभन्दा पहिले र बढी शेयर धितो कर्जा लिएका ऋणीहरुलाई नै निचार्ने, पेल्ने र कर्जा तिर्नमा एक दिन पनि ढिला भयो भने ऋणीलाई थाहै नदिईकन आफैले शेयर बेचिदिने नीति बैंकहरुले अख्तियार गर्दै आएका छन् ।
Advertisement
अहिले सरकारी खर्च बढेको र चाड पर्वका कारणले रेमिट्यान्स आप्रबाह समेत बढ्दा बित्तीय प्रणालीमा लगानीयोग्य रकम थपिने क्रम बढेको छ । बैंकहरुले आर्थिक बर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा प्रबाहमै जोड गर्ने हुँदा आफ्नो लगानीयोग्य रकमलाई यही बेला कर्जा प्रबाहमा रुपान्तरण गर्ने गर्छन । यही क्रममा केही बाणिज्य बैंकहरुले शेयर धितो कर्जा लिई दिन ठूला शेयर खेलाडीहरुलाई अनुनय विनय गरिररहेका छन् । केही बैंकका प्रमुख कार्यकारी र बरिष्ठ अधिकारीहरु ठूला शेयर खेलाडीहरुको ओछ्यानमै पुगेर २० देखि ५० करोड रुपैयाँसम्मको कर्जा लिईदिन आग्रह गरिरहेका छन् भने केही मध्यमस्तरका खेलाडीहरुलाई बैंकका कर्मचारीहरुले बारम्बार फोन गरेर कर्जा लिन “पधारीदिनोस हजुर” भन्ने शैलीमा बारम्बार निमन्त्रणा गरिरहेका छन् । केहीलाई भने ५/ १० करोडको दरले कर्जा लिने शेयर खेलाडीहरु आफ्नो बैंकमा पठाईदिन बारम्बार आग्रह भईरहेको छ ।
एक ठूला शेयर कारोबारीले भने – मलाई शेयर किन्न तीन करोड रुपैयाँ चाहिएको थियो, बैंकसँग कुरा गरें, तेस्रो दिनमै कर्जा मिलाईदियो, त्यही पैसाले किनेको शेयर धितो राखे, बाँकी पैैसा मात्र मैले जोहो गरें पुगिहाल्यो ।
उनको भनाईबाटै स्पष्ट हुन्छ ठूला शेयर कारोबारीलाई बैंकहरुले कसरी सहजै पत्याउँछन् तर साना लगानीकर्तालाई यस्तो कुरा सुन्दा सपना हो कि विपना भन्ने लाग्नसक्छ ।
बैंकहरुले ठूला खेलाडीहरुको सवालमा यत्तिसम्म सहुलियत दिन्छन् कि सामान्य ऋणीलाई १२( १३ प्रतिशत घटीमा नदिने शेयर धितो कर्जा करोड करोडको कर्जा लिनेलाई ८(९ प्रतिशतमै उपलब्ध गराउने प्रस्ताब गर्छन । ठूला र सानामा बैंकहरुको चर्को भेदभावको अबस्था एकातिर छ भने समग्रमा भन्दाा बैंकहरुले सबैभन्दा सस्तो दरमा शेयर धितो कर्जा प्रबाह गर्नुपर्ने हो किनभने यसमा सुन्य प्रतिशत जोखिम छ तर राष्ट्र बैंकले नै जब सबैभन्दा धेरै जोखिम भएको क्षेत्र भन्दै १५० प्रतिशत जोखिम भारित अंश राखेर बर्गीकरण गरिदिएपछि बैंकहरुलाई बाँदरलाई लिस्नो हाले सरह भएको छ । उपभोक्ता कर्जाको बर्गीिकरणमा राखे पनि शेयर धितो कर्जालाई गाडी र घर कर्जा भन्दा महंगो बनाईएको छ र थोरै शेयर धितो कर्जा लिनेहरु त चरम शोषणमा छन् ।
बैंकहरुले ठूला र साना ऋणीहरुलाई गर्ने ब्यवहार पनि अचम्म लाग्दा छन् । ठूला ऋणीलाई कर्जा लिन आयस्रोत देखाउने कागजात भएन भने पनि बैंकहरुले अनेक जुक्ति लगाएर आफैले कागजात बनाईदिन्छन् । ठूला ऋणीहरुलाई कार्यालयमा बोलाएर हैन, उनीहरुको घर र ओछ्यानमै पुगेर कर्जाकोे लिखत र कागजातमा सहीछाप लगाउँछन् अनि पैसा पनि घरमै पुर्याईदिन्छन् । कर्जाको सावाँ ब्याज तिर्ने पैसा भएन भने पनि थप कर्जा उनीहरुले नै मिलाउँछन् र ब्याज र कर्जाको सावाँ असुल भएको देखाउँछन् । नेपालका स्थापित बाणिज्य बैंकदेखि बिकास बैंक र फाईनान्सहरुसम्मले अभ्यास गर्दै आएको चलन हो यो ।
साना तथा मध्यमस्तरका शेयर लगानीकर्ताहरुका लागि भने बैंकहरुको नीति ठीक उल्टो र निकै कठोर छ । दुइर्, पाँच लाख रुपैयाँको शेयर धितो कर्जा लिन चाहने लगानीकर्ताहरुलाई कतिपय बैंकहरुले गेटबाट भित्र छिर्न समेत दिदैनन् भने कतिपयले कुरासम्म सुने पनि अनेक बहाना गरेर तर्काउँछन् । आयस्रोत, शेयरको लगत, साक्षी जमानत सबै कुरा पुर्याएर ऋण लिन खोज्ने साना लगानीकर्तालाई बैंकका कर्मचारीहरुले यो पुगेन र त्यो पुगेन भन्दै पटक पटक फर्काउँछन्, अन्त्यमा ऋण लिन चाहने नै हार खाएर कहिल्यै बैंक जान्न भन्न बाध्य हुन्छ । रोचक कुरा त यो छ कि त्यही दिन निस्किएको पत्रिकामा बैंकको आकर्षक बिज्ञापन हेरेर शेयरलगानीकर्ताहरु बैंकमा पुग्न पाएका हुँदैनन्, शेयर धितो कर्जाको आबेदन बन्द भईसकेको हुन्छ । कतिपय बैंकहरुले औपचारिकता निभाउँन मात्र शेयर धितो कर्जाको रंगिन बिज्ञापन गर्ने गरेको देखिन्छ । ५ करोड, १० करोडको कर्जा लिनेहरुले बैंकले प्रबाह गर्न खोजेको सबै कर्जा रकम अगाडि नै फोनबाट बुक गरिसक्ने हुँदा बिज्ञापन हेरेर बैंक धाउनेहरु जिल्लै हुने गरेका छन् । कतिपयले ५० लाख रुपैयाँ भन्दा तलको कर्जा नदिने भन्छन् त कतिपयले धेरै कम्पनीकोे थोरै थोरै कित्ता शेयर भएकाले झंझट हुन्छ भनी लगानीकर्तालाई निराश बनाउँछन् ।
साना लगानीकर्तालाई शेयर धितो कर्जा प्रबाह गर्दा धेरै प्रशासनिक झंझट हुने र खर्च धेरै लाग्ने बैंकका कर्मचारीहरुको दावी रहेको पाईन्छ । त्यसो हुँदा पनि साना ऋणीबाट सुन्य दशमलव पाँच प्रतिशत थप ब्याज लिएर पनि कर्जा प्रबाह गर्न सकिन्छ तर ठूलालाई मान मनितो, सानालाई उछितो काढ्ने बैंकको काईदा हेर्दा उनीहरु साना शेयर लगानीकर्तालाई कुनै हालतमा बिस्वास नगर्ने मनस्थितिमा बनाएका जस्ता देखिन्छन् ।
कर्जा लिँदा १० वटा कागजमा सही छाप गर्न लगाउने, भबिष्यमा प्राप्त हुने बोनस, हकप्रद, नगद लाभांश र अन्य लाभसमेत धितो रोक्काको रुपमा रहने लगायतका प्रावधान राखेर कागजैपिच्छे ल्याप्चे ठोक्न लगाउँदा पनि उनीहरु शेयर धितो कर्जामा धेरै जोखिम देखिरहेका छन् । साधारण लगानीकर्तालाई कर्जाका लागि लागि पत्याँउन गाह्रो मान्छन् ।
बैंकहरुले प्रबाह गर्ने कर्जा मध्येमा सबैभन्दा सहज प्रक्रियाले धितो रोक्का हुने र असुलीमा पनि निकै सहज भएको कर्जा शेयर धितो कर्जा नै हो । अहिलेसम्म कुनै पनि बैंक तथा बित्तीय संस्थाहरु शेयर धितो कर्जा नै असुली नभएर समस्यामा परेका छैनन् । ऋणीले कर्जाको सावाँ ब्याज तिर्न चाहेन, मार्जिन बुझाएन भने बैंकले साताभरमै शेयर बेचेर कर्जा असुल गर्नसक्छ वा सिधै आफ्नो हितग्राही खातामा शेयर तानेर राख्नसक्छ । अहिले घटेको शेयर बजारमा आईपीओको लागत मूल्य वा प्रति शेयर नेटवर्थकै हाराहारीमा कतिपय राम्रा कम्पनीको शेयर मूल्य झरेको बेला त झन् शेयर धितो कर्जा प्रबाह गर्नुमा कत्ति पनि जोखिम छैन भने पनि हुन्छ । सस्ता र राम्रा कम्पनीको शेयर धितो राख्दा ऋणीले त्यस कम्पनीले दिने लाभांशबाट नै कर्जाको ब्याज तिर्नसक्ने अबस्था छ । शेयरको मूल्य बढेर हुने फाईदा त अर्को पाटो भयो ।
अत्यन्त तरल धितोको रुपमा लिईने शेयर कर्जालाई सबैभन्दा सुरक्षित कर्जाको रुपमा लिन सकिने अबस्था हुँदाहुँदै कतिपय बैंकहरुले यसलाई रहस्यमय रुपमा सबैभन्दा धेरै असुरक्षित बर्गमा राखेर प्रबाह गर्न आनकानी गरिरहेका मात्रै छैनन, फिटिक्कै चासो दिएका छैनन् । केहीले आक्रामक रुपमा शेयर धितो कर्जा प्रबाह गरेपनि बढीमा २०,२५ जनाबीचमा त्यो कर्जा प्रबाह भएको अबस्था छ । केहीलाई राष्ट्र बैंकले हालै सिमा तोकेको प्राथमिक पूँजीको २५ प्रतिशतको सिमाले बाँध्दा थप कर्जा प्रबाह गर्न नसक्ने अबस्था छन् भने केहीलाई सिमाा भन्दा बढीको शेयर धितो कर्जा घटाउनु पर्ने बाध्यता छ ।
यसो हुँदाहुँदै पनि केही बैंकहरुले शेयर धितो कर्जा लिनेहरुलाई बैंकहरुले देखाउने ब्यवहार कडा देखिएको छ । हालै एक बाणिज्य बैंकले शेयर बजारका एक ठूला खेलाडीको १० करोडको शेयर बेचिदिएर कजाको सार्वाँ ब्याज असुल गरेको थियो । एक अर्ब हाराहारीमा कर्जा लिएका ती ऋणीले कर्जाको सार्वाँ ब्याज तिर्न आलाटाल र बहानाबाजी गरेकाले बैंकले नै धितोमा लिएको शेयर बेचीदिएको समाचार सार्वजनिक भएको थियो । ठूला खेलाडी भन्दैमा औकातले धान्न नसक्ने गरी कर्जा दिने नीति नै यसमा बढी दोषी हो भन्ने स्पष्ट छ ।
नेपालका कतिपय बैंकरलाई वास्तवमा नेपालको अहिलेको पूँजी बजार साना तथा मध्यम खालका लगानीकर्ताको हातमा गईसकेको छ भन्ने कुरा पत्तैै नभएको देखिन्छ । बैंकहरुको यस्तो छक्कापञ्जाको कर्जा नीतिले न त बैंकहरु सफल हुन्छन्, न त नेपालको पूँजी बजारकै बिकास हुन्छ । यसमा सबैभन्दा धेरै बाधक अर्थमन्त्री डा। युवराज खतिवडा र गभर्नर डा चिरन्जिवी नेपाल हुन्, जसले पूँजी बजारमैत्री नीति ल्याउँनै चाहेका छैनन् । उनीहरु पूँजी बजारलाई अरु कसेर सम्बृद्धिको फोस्रा भाषण गरिरहेका छन् ।