भारतको उडिसामा आएको आँधीमा परी २१ जनाको मृत्यु
प्रकाशित मिति : २०७५, २८ आश्विन आईतवार १०:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नयाँदिल्ली, २८ असोज।भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
Advertisement
उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ । गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ ।
चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएको छ । गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।
गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ । शिविरमै रहेका मध्ये अरु चार जना हराइरहेका छन् ।
त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा