ट्रकले बसलाई ठक्कर दिदा २ जना भारतीयको मृत्यु, ९ घाइते
प्रकाशित मिति : २०७६, २८ जेष्ठ मंगलवार १५:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चन्द्रनिगाहपुर । दुई गाडी ठोक्किँदा २ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । रौतहटको पौराइमा काठमाडौंबाट जनकपुरतर्फ गइरहेको ना ६ ख ९०३० तीर्थयात्री बोकेको बसलाई को १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडीबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Advertisement
चन्द्रपुर नगरपालिका–१, मंगलपुरको जंगलमा रोकी राखेको भारतीय तीर्थयात्री सवार बसलाई मालवाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो ।बसमा भारतको उडिसा राज्यका ६० तीर्थ यात्रु सवार रहेको खुलेको छ ।
मृत्यु हुनेमा उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दिर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमा मृत्यु भएको हो। फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ।