एक जना इञ्जिनियर ५० हजार घूससहित अख्तियारको फन्दामा
प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार १६:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सर्लाही । एक जना इञ्जिनियर ५० हजार घूस रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।
Advertisement
अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो।
विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ५० हजार घूस रकमसहित यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।