ट्याक्टरले किच्दा चालकको मृत्यु
प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार १६:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बिराटनगर।मोरङमा ट्याक्टरले किच्दा चालकको मृत्यु भएको छ।जहदा गाउँपालिका १ स्थित खेतमा को २ त ९०४६ नम्बरको ट्याक्टरले किच्दा चालक ४१ बर्षका दीपक सरबरियाको मृत्यु भएको छ ।स्थानीय कुलबहादुर गुरुङको ब्याड खेत जोत्ने क्रममा सरबरियाले चलाएको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।
Advertisement
बिहीबार नै झापामा बाढीले बगाएर र पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । एकजनाको बाढीले बगाएर र अर्काको पानीमा डुबेर मृत्यु भएको हो । कमल गाउँपालिका ५ बस्ने ६८ बर्षका काजीबहादुर जोशीलाई कुलोले (पैनी) बगाउँदा मृत्यु भएको हो ।
बिहीबार बिहान साढे ५ बजे गोठ जाने क्रममा उनी गोठ छेउमा रहेको पिढीमा चिप्लिएर पैनीमा खसेका थिए । पैनीले बगाउने उनको मृत्यु भएको स्थानीयलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।