बिजनेसमा रहेका समाचारहरु

ईलाका प्रहरी कोहलपुरद्वारा अबैध २० कुईन्टल युरिया मल बरामद

कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेवारिसे अवस्थामा रहेको अबैध रासायनिक युरिया मल बरामद गरेको छ।  नेपालगन्ज देखि सुर्खेत लादै गरेको बीस कुईन्टल अबैैैध रासायनिक युरिया मल बरामद गरेेेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीले बताएका छन् । उनका अनुसार बिहिवार आकस्मिक चेक जांचका क्रममा भन्सार छली अबैैैध पैठारी गरिएको बेवारिसे अबस्थामा रहेेेको उक्त अबैध मल  कोहलपुर ११ बाट बरामद गरेको हो। बरामद गरिएको अबैध युरिया मललाई आबश्यक...

तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै

तुलसीपुर ( दाङ )। तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै आएको छ । तरपनि उपमहानगरपालिका भने रमिते मात्रै बनिरहेको छ । उपमहानगरपालिकाको जग्गामा व्यक्ति विशेषले भव्य संरचना निर्माण गरेका छन् । होटेल तथा लजहरु बर्षौंदेखि संचालन गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अमिन विक्रम गौतमले साविक तुलसीपुर नगरापलिकाको ५ ख ५४४ कित्ता नम्वर मध्यको १ विगाहा, १० कठ्ठा १४ धुर जग्गा मध्य आधा जति जग्गामा बर्षौंदेखि व्यक्तिको रजाँई...

नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपालगन्ज स्तिथ सबै भन्दा पुरानो सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै उनिहरु लगायत अन्य ३५ जनाको नाममा  समेत पक्राउ पुर्जी जारी भएको हो।  पुर्जी जारी हुने अध्यक्षहरुमा  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्मा रहेका छन् ।  सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम...

बैंकको १८ करोड प्रकरणमा दाङका एक पत्रकारसहित १० जना पक्राउ

तुलसीपुर /दाङ । बैंकको पैसा हिनामिना गरेको आरोपमा एक पत्रकारसहित दश जना पक्राउ परेका छन् ।दाङको नारायणपुरस्थित देब बैंकको झन्डै १८ करोड हिनामिना घटना अनुसन्धानका क्रममा  थप दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।बैंकको रकम घोटाला काण्डमा सम्लग्न भएको आशंकामा प्रहरीले पछिल्लो समय थप दश जनालाई पक्राउ गरेको छ । जसमा घोराही १० निवासी ४७ बर्षीय वशन्तबहादुर बस्नेत,सोही ठाउँका २६ बर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ बर्षीय झगबहादुर डिसी,...

तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने

काठमाडौं।  तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने  भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...

देशका अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं ।अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ’। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।काठमाडौं...

अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री हुँदा मर्कामा परेका छौ: ब्यापारी

नेपालगञ्ज। अवैध सामानको आयात नियन्त्रण गर्न माग गर्दै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा त्यसक्षेत्रमा व्यवसायीले मंगलवार नेपालगञ्ज भञ्सार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखसंग भेटेका छन् । अवैधरुपमा भित्रिएका सामानहरु गाउँ गाउँ पुगेर बिक्री बितरण गर्दा बैधरुपमा कर तिरेर ब्यापार गरिरहेकाा आफुहरु मर्कामा परेको व्यवसायीको गुनासो छ । तुलसीपुरबाट आएका व्यवसायीले भञ्सार प्रमुख शान्तीराम निरौला, नेपाल प्रहरीका जिल्ला प्रमुख बिरबहादुर ओली, सशस्त्र प्रहरीका प्रमुख दिपक अधिकारी लगायतसंग भेटका थिए...

सुनको दाम प्रतितोला १२०० बढ्यो

नेपालगन्ज । पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्यमा...

नेपालगन्ज भन्सार गुल्मद्वारा दश क्विन्टल अबैध छोहारा बरामद

नेपालगन्ज । नेपालगन्ज भन्सार गुल्मको टोलीले  ठुलो  परिमाणमा अबैध छोहारा बरामद गरेको छ।भारतबाट लुकाई छिपाई नेपाल ल्याउदै गरेको दश क्विन्टल छोहारा भन्सार गुुुल्म गस्तीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्ज भन्सार ४० नम्बर गुुुल्मबाट गएको  गुल्म ४० का  सशस्त्र प्रहरी नायव उपरिक्षक नबराज बोहराको कमाण्डमा गस्तीमा निस्केको टोलीले  राती ११ बजे पिप्रहवाको नयाँबस्ती क्षेत्रको दशगजा नजिकै स्थानीय देवीप्रसादको घर पछाडि लुकाएर राखेको अवस्थाम २०...

नेपालगन्जमा लागेको आगोले १३ वटा पसल जलेर खरानी, दमकल समयमा आएन: पीडित

नेपालगन्ज ।नेपालगन्जको बिपीचोक नजिकको फर्निचर उद्योगमा गए राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँन निरन्तर प्रयास गर्दा समेत बल्ल बल्ल  आज बिहान मात्र  नियन्त्रणमा आएको थियो । पाँच घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन्। आगलागीस्थलमा  आफ्नो टोलीसहित आगलागि नियन्त्रण गर्न पुगेका वडा प्रहरी नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बस्नेत  निम्न उद्योग क्षती भएको बताएका...