बिजनेसमा रहेका समाचारहरु
नेपालगन्ज । सिभिल बैंक सुखमा मात्रै नभइ दुखको समयमा साथ दिने बैंक बनेको छ। सिभिल बैंकले ल्याएको “सम्मान बचत खाता” ले गर्दा दुुुखमा समेेेत साथ दिएको छ। नेपालगन्जको सिभिल बैंकमा एक जना एक महिलाले पतिको मृत्यु पश्चात् ७ लाख रुपैयाँ पाइन। सिभील बैंकले केही महिना अगाडि मात्र ल्याएको “सम्मान बचत खाता” अन्तर्गत आकर्षक ब्याजका साथै उपचारमा एक लाखसम्म र दुर्घटना दुर्घटना भएर मृत्यु भएमा सात लाखसम्मको बीमा सुबिधा ल्यााएको...
काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...
काठमाडौं । काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। आयोगका तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आटनो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको...
नेपालगन्ज ।नेपालगन्जको प्रहरी ब्यायामशालाको भाडामा दिइएको भवनको शौचालय अति दयनिय अवस्थामा रहेको छ। महिनाको २५५०० रुपैयाँ भाडा तिरेर ब्याबसायी गर्ने ब्यापारीहरुले त्यहाँको शौचालयमा शौच गर्दानि मुख थुनेर गर्नुपर्ने अवस्था छ। अझ कुनै रुघा लागेको ब्यक्ति ५ मिनेट सम्म त्यस शौचालयमा बस्यो भने रुघानै ठिक हुने दुर्गन्ध छ ती शौचालयमा।२९ वटा सटर रहेको लामो भवनमा २ ब्लक गरि जम्मा ६ वटा शौचालय रहेका छन् । अहिले दक्षिण तर्फ रहेको ३ वटा...
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले निम्न तथा मध्यम परिवारका ब्यक्तिलाई ब्यवसाय संचालनका लागि डेढ करोड रुपिया बढि बिना धितो ऋण सहयोग गरेको छ । छनौंटमा परेका ब्यक्तिलाई टोल स्तरीय संस्था हुँदै वडा कार्यालयको सिफारस अनुसार बार्षिक १० प्रतिशत ब्याजदरमा बिना धितो ऋण लगानी गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले आईतबार नगर भवनमा औपचारिक कार्यक्रम गरि साझेदारी विकास कार्यक्रम अन्तर्गत छनौंटमा परेका १६३ जनालाई प्रमुख डा. धवलशम्शेर राणा, उपमेयर उमा थाप मगर लगायत...
काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र नेपालगन्ज उडान गर्ने घोषणा गरेको छ। यतीले ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम-४१’ जहाजमार्फत पोखराबाट ती तीन सहरमा उडान गर्न लागेको हो । त्यसबाहेक पोखराबाटै दैनिक ‘अन्नपूर्ण एक्सप्रेस’ माउन्टेन फ्लाइट पनि सुरु गर्ने जनाएको छ। यतीले साउन १६ बाट भैरहवाका लागि पोखराबाट दैनिक उडान सुरु गर्ने छ। आगामी भदौ १५ बाट भरतपुर, भदौ २९ देखि माउन्टेन फ्लाइट र नेपालगन्जका लागि ‘चार्टर्ड फ्लाइट’...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल आएदेखि लक्ष्य भन्दा बढि भयो आन्तरिक आम्दानी उठेको छ।नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकबर्ष २०७५÷७६ मा १४ करोड बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । लक्ष्य भन्दा बढि आम्दानी गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो । उप–महानगरपालिकाले १४ करोड ११ लाख रुपिया आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपिया आम्दानी गर्न सफल भएको प्याकुरेलले...
नेपालगन्ज । नेपालगन्ज लगायत जिल्लाभरका होटेल ब्याबसायीहरुले आज नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरेका छन् । होटलको प्रर्वधनका लागि सरोकारवालासंग छलफल गरिएको छ । होटेल ब्याबसायीहरु व्यापार नहुदा लगानी डुब्ने होकी भन्ने चिन्ताले झस्किएको अवस्था रहेको छ । होटल व्यवसायी संघ बाँकेले होटल व्यवसायीका समस्या समाधानका लागि निरन्तर पहल गरिरहेका बेला बिहिवार सर्बपक्षिय अन्तरक्रिया आयोजना गरेको अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए ।  कँडेका अनुसार, सर्बपक्षिय छलफलमा ट्राफिक व्यवस्थापन, अवैधरुपमा सञ्चालनमा रहेका सवारीसाधन नियन्त्रण गर्ने, प्रादेशिक...
लक्ष्मण ढुंगाना/ नेपालगन्ज ।नेपालगन्ज भन्सार कार्यालयले भन्सारको लक्ष्य पूरा गरेको छ।आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्य अनुसारको राजश्व असुली गरेको छ । कार्यालयमा असारको अन्तिम साता असुली भएको २४ करोड २९ लाख राजश्वले यसबर्षको लक्ष्य पुरा भएको हो । कार्यालयका अनुसार असार महिनाको मासीक लक्ष्य १ अर्ब २३ करोड ३० लाख ११ हजार रहेकोमा असार २४ गतेसम्म ८२ करोड मात्रै राजश्व संकलन भएको थियो । असार २५ गते देखी यता कार्यालयले एक...
नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३० औ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ क्षेत्रिय समिति नेपालगन्जले आदर्शनगर स्थित साविक नेपाल औधोगिक बिकास निगमको परिसरमा वृक्षरोपन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्षेत्रिय समिति नेपालगन्जका अध्यक्ष सुमन बस्याल, राष्ट्रिय वाणिज्य बैंक क्षेत्रिय कर्यालयका प्रमुख आनन्द सुवेदी सहित शाखा कार्यालय नेपालगन्ज, खजुरा , कोहलपुर , त्रिभुवनचोक र गुलरियाका कर्मचारीहरु सहभागी भएका थिए । २०४७ शालमा स्थापना भएको कर्मचारी संघले...