बिजनेसमा रहेका समाचारहरु

सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध बहस जारी

नेपालगन्ज ।सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बयान जारि रहेको छ । बैकमा नक्कली सुन धितो राखेर बैकलाई करोडौं ठगी गर्ने १२ जना सुनार सहित १५ जना बिरुद्ध अनुसन्धान अघि बढेको  छ। सिटिजन्स बैक नेपालगञ्ज शाखा प्रवन्धक, ठगी काण्ड भएको उजुरी कर्ता समेत रहनुभएका सिटिजन्सका क्षेत्रिय प्रवन्धक, बैकको मुख्य अभियोगी क्यासियर र अन्य सुन राख्न आउने १२ जना रहेका छन ।ठगी काण्डमा...

नेपालगन्ज उपमहानगरद्वारा लागत स्टिमेट भन्दा साँढे चार लाख कममा गाडी खरिद

नेपालगन्ज। नेपालगञ्ज उप–महानगरपालिकाले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपिया कममा यात्रु बस खरिद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरिद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरिद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस खरिद गरिएको हो । सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५...

मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा ठप्प, दैनिक २ करोड राजश्व घाटा

नेपालगञ्ज । भारतबाट आउने मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा अलपत्र परेका छन् । भ्याट र ट्रयाकिङ्गको विरोध गर्दै भन्सार एजेन्टले काम बन्द गरेपछि साउन १ गतेदेखि नेपालगञ्ज नाका भएर कुनै पनि मालबहाक गाडी नेपाल नभित्रिएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो । ६ दिनदेखि भन्सार नभएपछि नेपालगञ्ज नाकामा मालबहाक गाडीको लामो लाइन लागेको छ । मालबहाक गाडी नेपाल भित्रिन नपाएपछि नेपालगञ्ज भन्सारको राजश्व संकलन समेत प्रभावित भएको छ...

पुर्वमन्त्री बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटियो

काठमाडौं । पुर्व मन्त्री मोहनबहादुर बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटिएको छ। महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनको स्रोत नखुलेको रकम भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै...

नेपालगन्ज भन्सार एजेन्ट नै आन्दोलनमा उत्रिएपछि करिब २०० ढुवानीका साधन अलपत्र

नेपालगन्ज । भन्सार एजेन्टनै आन्दोलनमा आएपछी डेढसय बढि ढुवानीका साधन नेपालगन्ज भन्सारमा अलपत्र परेका छन् ।ढुवानी एजेन्टले नेपालगन्ज भन्सारबाट सामान छुटाउन नमानेपछि बिहिवार दुुुईसय बढि ढुवानीका साधन नेपालगन्ज नाकामा रोकिएका छन् । भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका छन् । नेपालगन्ज नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया गराएर मालसामान सम्बन्धित ठाउँमा लैजान सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले...

सरकारको बिरोधमा आज नेपालगन्ज बजार बन्द

नेपालगन्ज । नेपालगन्जका  व्यापार ब्याबसायहरु आज सबै बन्द भएका छन् ।  साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले  सरकारको बिरोध गर्दै आज बुधबार नेपालगन्जका सबै पसल लगायत बजार बन्द गरेका हुन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् । यसअघि पनि नेपालगन्ज उधोग बाणिज्य संघ लगायतका संस्थाहरुले बिरोध गर्दै आएका छन् ।   ...

नेपालगन्ज भन्सारबाट करिब साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

लक्ष्मण ढुङ्गाना/नेपालगन्ज । बिगत ११ महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट करिव साढे १५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ को जेठसम्म पेट्रोल, डिजल र एलपी ग्यास गरी कुल १५ अर्ब ६६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । कार्यालयले सो अवधिमा पेट्रोलियम पदार्थ आयात गरेवापत ४ अर्ब ६८ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालगन्ज नाका हुँदै आउने सामग्रीमा सबैभन्दा...

दाङ घोराहीका मासु पसलहरु ब्यबस्थित बन्दै

घोराही(दाङ)। केही समय अघि अब्यबस्थित रहेका दाङ घोराहीका मासु पसलहरु अब भने ब्यबस्थित देखिएका छन्।घोराही उपमहानगरपालिका पशु सेवा शाखाले गरेको मासु पसलहरुको अनुगमनका क्रममा सुधारोन्मुख हुँदै गएको देखिएको हो । यस अघिका अनुगमनका क्रममा पटक पटक सुुधार गर्न निर्देशन दिदै आएपछि व्यवसायीहरुले मासु पसल सञ्चालन मापदण्ड अनुसार नै सुधार थालेको पाईएको छ । यसअघि पसल बाहिरै छरपष्टरुपमा मासुहरु झुण्ड्याउने, फलामको रडहरु प्रयोग गर्ने, फ्रिज प्रयोग नगर्ने, सफाई नगर्ने, दर्ता नगर्ने...

नरैनापुरमा जब नेपाली रुपैयाँ चल्न सुरु भयो…

नरैनापुर ( बाँके )।जहाँ  भाषा हिन्दी, त्यसम पनि देहाती हिन्दी । नोट भारतीय। सामान किन्न र उपचार गर्न भारत। सदरमुकाम नेपालगन्ज जाँदा भारतीय भन्थे। भारत जाँदा नेपाली भन्थे। बाँके नरैनापुरका बासिन्दाले सदीयौंदेखि भोग्दै आएको समस्यो हो। खजुरा गाउँपालिकाको रनियापुर गाउँबाट लक्ष्मणपुरमा आयसा जनरल स्टोर खोलेका अन्सार अहमद खाँ त भारु धेरै प्रचलनमा हुनुलाई ‘वैदेशिक हस्तक्षेप’ ठान्छन्। ‘८५ प्रतिशत त भारु चल्छ। नेपाली पैसाको मूल्य छैन’, उनले भने। ‘बघौडा क्षेत्र’ भनेर चिनिने...

प्रदेश नम्बर ५ मा ३४ अर्ब रुपैयाँको  बजेट ल्याइदै

बुटवल ।प्रदेश नम्बर ५ मा ३४ अर्ब रुपैयाँको  बजेट ल्याइदैछ।प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।त्यसमा मुख्यमन्त्रीले हेरफेर...