डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु

नेपाली कांग्रेस बाँकेले गर्यो जिल्ला प्रशासन अगाडी प्रदर्शन
"कार्यकर्तालाई रिहाई गर्न माग "

नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा कांग्रेस निर्दोस  कार्यकर्तालाई झुठ्ठा मुद्दा लगाएर फसाएको  भन्दै नेपाली काङ्ग्रेस बाँकेले  जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शन  गरेको छ । घेराउ कार्यक्रममा प्रदेश सांसद सुरेन्द्र हमाल, नेता नक्की खाँ, २ नम्बरका सभापति रमेश गुप्ता, पार्टी सभापती किरण कोइराला लगायतले तत्काल आफ्ना नेता कार्यकर्तालाई रिहाई गर्न चेतावनी दिनुभएको थियो। यही...

प्रहरी विरुद्ध बाँके कांग्रेसको आक्रोश-मन्त्रीको इसारामा हाम्रा निर्दोष कार्यकर्तालाई फसाउने !

नेपालगञ्ज । आफ्ना कार्यकर्ता विरुद्ध झुठा मुद्दा लगाइएपछि आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले आज दिनभर जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको छ । दोषी रहेका समाजबादी पार्टीका कार्यकर्तालाई सार्वजनिक मुद्दा लगाइएको तर निर्दोष रहेका आफ्ना कार्यकर्ताहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत्को मुद्दा चलाएर प्रहरीले गम्भीर अन्याय गरेको भन्दै आन्दोलनमा रहेको नेपाली कांग्रेस बाँकेले आज दिनभर जिल्ला प्रहरी कार्यालयमा दबाब दिएको हो । आफ्ना कार्यकर्तालाई कुटपिट गर्ने समाजबादी पार्टीका कार्यकर्ताहरु विरुद्ध...

डुडुवा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण शुरु

डुडुवा गाउँपालिका (बाँके) । बाँके डुडुवा गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो । गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उक्त...

डुडुवा घटना प्रकरण: कांग्रेस बाँकेले आज ४ बजे बिरेन्द्र चोकमा कोण सभा गर्दै

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेलेे आफ्नो आन्दोलन थालेको छ।डुडुवा गाउँपालिकाका आफ्ना निर्दोश नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले अनाहकमा फसाइ ज्यान मुद्दा दर्ता गरेको बिरोधमा आज नेपाली कांग्रेस बाँकेले कोण सभा गर्ने भएको छ। ‘निर्दोष हुँदाहुँदै आफ्ना कार्यकर्तालाई सरकारको  दबाद भन्दै प्रहरी एकतर्फी रुपमा मुद्दा दर्ता गरि फसाउन खोजेकोले हाम्रो पार्टीले आन्दोलनको सुरुवात गरेको छ’, कांग्रेस बाँकेका जिल्ला सद्स्य सुधान्सु कोइरालाले बताए। प्रहरीलाई  समेत सरकारले २ तिहाईको दम्भ देखाउदै उनिहरुलाई दबाबमा पारी इमान्दारी...

बाँके प्रहरीले डुडुवाका निर्दोशलाई फसाउदा बाँके कांग्रेस गर्यो जिल्ला प्रशासन घेराउ

नेपालगन्ज। बाँके कांग्रेसले आन्दोलनका कार्यक्रम सुरुवात गरेको छ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोस ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेपाली काङ्ग्रेस बाँकेले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । कांग्रेसले यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियोे । घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको कांग्रेसको जिकिर छ । यही असार १२...

बाँके प्रहरीको ज्यादति विरुद्ध बाँके काँग्रेसले गर्यो आन्दोलनको घोषणा
"जिल्ला प्रशासन घेराउ गर्दै "

नेपालगन्ज । नेपाली काँग्रेसलेे बाँके प्रहरीको दादागिरी, ज्यादती प्रति आन्दोलनको घोषणा गरेको छ। प्रहरीले आफ्ना निर्दोष  कार्यकर्तालाई जबर्जस्ती  हिरासतमा लिइ माथिल्लो दबाद छ भन्दै अनावश्यक दुख दिएको प्रती काँग्रेसलेे बाँके अब सडकमा आउने भएको हो। काँग्रेसलेे बाँकेले आज ९:३० बजे जिल्ला प्रशासन घेराउ गर्ने भएको हुँदा आफ्ना कार्यकर्ताहरुलाइ ९ बजे पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिएको छ। ‘प्रहरी प्रशासनको ज्यादति विरुद्ध आन्दोलन गर्न  बाध्य भएका छौं’, काँग्रेस बाँकेका युवा नेता...

डुडुवा घटनामा प्रहरीद्वारा अनाहकमा फसाइएका निर्दोष व्यक्तीहरुलाई रिहा गर्न काँग्रेसको माग,रिहाई नगरे आन्दोलन

नेपालगन्ज ।बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर ४ मा भएको घटनामा निर्दोश ब्यक्तिलाई झुठ्ठा मुद्दा लगाएर फसाउन खोजेको काङ्ग्रेस बाँकेले बताएको  छ । कांग्रेस बाँकेले  जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो जिकिर गरेको हो । सभापति किरण कोइरालाले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई बुझाएको उक्त ज्ञापन पत्रमा घटनाका पीडित ब्यक्तिलाई प्रहरी प्रशासनले उल्टै हिरासतमा राखेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको उल्लेख गरिएको छ ।यही...

डुडुवा गाउँपालिकामा भएको घटना प्रती बाँके काङ्रेसको ध्यानाकर्षण
" कार्यकर्तालाई फसाउन खोजिएकोमा आपत्ति "

नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिकामा असार १२ गते रातीको घटनामा एकपक्षिय, राजनीतिक पूर्वाग्रह राखी व्यवहार गरिएको भन्दै नेपाली काँगे्रस बाँकले ध्यानाकर्षण भएको जनाएको छ । दोषीलाई दोषमुक्त देखाउन तथा खास पीडितलाई जवर्जस्ती मुद्धामा फसाउन खोजिएको भन्दै नेपाली काँगे्रसले सत्यमा रहेर अनुसन्धान गर्न माग गरेको हो । काँगे्रस बाँके सभापति किरण कोइरारालद्धारा जारी विज्ञप्तीमा सो दिन स्वयं मदिराले लठ्ठीरहेका वडा न ४ का वडा अध्यक्ष सगीर खाँको नेतृतवले वडा न ५ सिधनियास्थित...

डुडुवाको पाँचौ गाउँसभा शुरु, ३८ करोड ४० लाखको बजेट सार्वजनिक

डुडुवा( बाँके) । बाँके डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज बसेको ५ औ गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुरयाउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ । उक्त योजनामा गाउँपालिकाले रु ५ हजार र अभिभावकको रु...

डुडुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

(डुडुवा) बाँके/ सन्तोष गुप्ता ।बाँकेको डुडुवा गाउँपालिका बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । दुइ दिन सम्म चल्ने प्रतियोगिता शुक्रबारबाट शहिद स्मारक मा.वि. कम्दिमा शुरु भएको हो।  डुडुवा गाउँपालिकाकि उपाध्यक्ष साहिदा बानोको प्रमुख आथित्यमा शुरु भएको खेलकुद कार्यक्रममा  वडा अध्यक्ष भण्डारी लाल यादव, पूर्व अन्तर्राष्ट्रिय जुडो खेलाडी पदम बहादुर बुढाथोकी, बिद्यालयका प्र.अ.  लगायतको उपस्थिति रहेको थियो ।  प्रतियोगितामा गाउँपालिका पशुपति मा.वि. नौरिगौढी, श्री मावि बन्कट्टी, शहिद...