आम निर्वाचन २०७४मा रहेका समाचारहरु

के कांग्रेसले आफ्नो दाङका दुई उपमहानगरगरमा र एक नगरमा विरासत जोगाउला ?

दाङ । दुई उपमहानगरपालिका रहेको दाङ जिल्लाका सबै स्थानीय तहमा उत्साहपूर्वक उम्मेदवारी दर्ता भएको छ । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुले बाजागाजा, झाँकीसहित तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन् । दाङमा घोराही र तुलसीपुर गरी दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । दक्षिण एसियाकै ठूलो उपत्यका भनेर दाबी गरिने दाङमा मतदाताको संख्या २ लाख ९१ हजार १५९ छ । यहाँबाट ५ सय २० जनप्रतिनिधि चुनिने छन् । दाङमा २७...

कोहलपुर नगरपालिकामा मेयर पदमा भानुभक्त भट्टराईद्धारा उम्मेदवारी दर्ता

कमला हमाल, कोहलपुर । नेपाली काँगे्रसका कोहलपुर नगरपालिका मेयर पदका उम्मेदवार कोहलपुर नगरपालिकामा मेयर पदका उम्मेद्धार भानुभक्त भट्राइ, उपमेयरका उम्मेद्धार सन्जु कुमारी थारुले अँइतबार कोहलपुर स्थित कोहलपुर नगरविकास समितीको भवन निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना परम्परागत भेषभूषामा सजिएर मनोनयन दर्ता गर्न कोहलपुर नगर कमिटी कांग्रेस सचिवालय पिपल चौताराबाट निस्केको ¥याली मुख्य निर्वाचको कार्यलयमा मनोनयन दर्ता गर्ने स्थलसम्म पुगेको थियो । कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार भानुभक्त भट्राइ...

स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उत्साहका साथ उम्मेदवारी दर्ता

नेपालगन्ज । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि उत्साहका साथ उम्मेदवारी दर्ता भएको छ । कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक फोरम, उम्मेदवारी दर्ता गराएका छन् । दलहरुले वडा वडाबाट जुलुस, व्यानर, झण्डा, परम्परागत भेषभूषा, नौमती बाजा, बोकेर जम्मा हुंदै शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । चर्को धुपमा असिन पसिन हुंदै छाता उठेर उम्मेदवारहरु फूलमाला भिरेर...

मनोनयन दर्ता भइरहँदा कपिलबस्तुमा बम बिस्फोट, ९ जना घाइते

कपिलबस्तु । कपिलबस्तुको बाडगंगा नगरपालिकाको गजेहडामा टाइम बम बिष्फोट भएको छ । कपिलवस्तुका डिएसपी प्रकाश केसीका अनुसार सानो टाइम बम विष्फोट भएको हो । विष्फोटबाट ९ जना घाइते भएका छन् । उनीहरुको चार नम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पताल उपचार भईरहेको छ । घाइतेहरुको अवस्थामा सामान्य रहेको उनले बताए । तर घाइते मध्ये ४ को अवस्था गम्भीर रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।  बम कसले राखेको हो भन्ने विषयमा नखुलेको उनले बताए...

खुमबहादुरलाई टक्कर दिन आफ्नै भाइ ‘बागी’ बने, बिहानै उम्मेदवारी दर्ता

लमही । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका भाइ डिल्लीबहादुर खड्का क्षेत्रीले लमही नगरपालिकामा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । दाङको देउखुरी उपत्यकास्थित लमही नगरपालिकाको मेयर पदमा डिल्लीबहादुरले उम्मेदवारी दिएका हुन् । दलबलसहित मनोनयन दर्ता गर्न पुगेका उनले भने, ‘कांग्रेसले मलाई मेयर पदको टिकट दिएन । त्यसपछि साथीहरूको सल्लाहमा स्वतन्त्र रुपबाट उम्मेदवारी दिएको हुँ । मेरो जित सुनिश्चित छ ।’ कांग्रेस नेता खुमबहादुर खड्काले लमही नगरपालिकामा आफू निकटका जोगराज चौधरीलाई...

स्वतन्त्र उम्मेदवार रितेश कुमार शर्माद्धारा उम्मेदवारी दर्ता

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वार्ड न. ०६ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रितेश कुमार शर्माले आज बिहान 8:10 मा मुख्य निर्बाचन अधिकृतको कर्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँ नेपालगन्ज उपमहानगरपालिकाको स्थनिय तहको येहि असार १४ को निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउने पहिलो उम्मेदवार हुनुभएको छ। ...

दोश्रो चरणको निर्बाचनकालाई आज उम्मेदवारी दर्ता हुदै

नेपालगंज: दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आज ८ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने १४ गते मतदान हुनेछ । ‘उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन आयोगको तर्फबाट म पुनः राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुसँग हार्दिक अपील गर्दछु’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भनेका छन् । दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा...

प्रहरी र राजपा कार्यकर्ता झडप, पाँचजना घाइते

नवलपरासी । नवलपरासीमा आज राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको...

अनशन बसेका असन्तुष्ट नेता कार्यकर्ताले आज अनशन तोडे

नेपालगंज:नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा अनशन बसेका असन्तुष्ट नेता कार्यकर्ताले आज अनशन तोडेका छन् । स्थानीय तह निर्वाचनको टिकट वितरण प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै गत जेष्ठ २६ गतेदेखि रिले अनशन बसेका नेता कार्यकर्ताले आज अनशन तोडेका हुन् । पार्टी सभापति किरण कोइरालाले उनीहरुलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो । टिकट वितरण प्रक्रियाप्रति आफूहरुको असन्तुष्टि कायमै रहेपनि निर्वाचन नजिकिएको अवस्थामा पार्टीलाई जिताउनुपर्ने दायित्वबोधका साथ आफूहरुले स्वःस्फूर्त अनशन तोडेको उनीहरुले बताएका...

लाठी जुलुसमा उत्रिएका राष्ट्रिय जनता पार्टीका २० कार्यकर्ता नेपालगंजबाट प्रकाउ

नेपालगंज:दोस्रो चरणको स्थानिय तहको निर्वाचनको भोली हुने मनोनयन दर्ता गर्ने मितीको विरोध गर्दै लाठी जुलुसमा उत्रिएका राष्ट्रिय जनता पार्टीका २० जनाभन्दा बढी नेता तथा कार्यकर्तालाई नेपालगंजबाट प्रहरीले सांझ प्रकाउ गरेको छ । आज नेपालगञ्ज स्थित पार्टी कार्यलयबाट जुलुस निकाल्ने क्रममा भोली हुन सक्ने सम्भावित खतरालाइ मध्यनजर गर्दै प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यलय बांकेका डिएसपी सरोज पौडेलले जानकारी दिनु भयो । प्रकाउ पर्नेमा राजपाका केन्द्रिय उपाध्यक्ष विजय गुप्ता, बाँके जिल्ला...