अस्पताललाई सेवाका आधारमा बर्गीकरण हुने
प्रकाशित मिति : २०७४, २२ बैशाख शुक्रबार १०:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशमा सञ्चालित अस्पतालहरुलाई सेवाका आधारमा बर्गीकरण गर्ने भएको छ ।बिहीबारको मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य विकास पुर्वाधार-२०७४ पारित गरेपछि अस्पतालको बर्गीकरणका लागि बाटो खुलेको हो ।
Advertisement
यसअघिसम्म राज्यको संरचना र शय्याको संख्याको आधारमा मात्रै बर्गीकरण गरिएकोमा अबदेखि सेवाका आधारमा स्वास्थ्य संस्थाका आधारमा बर्गीकरण हुनेछ ।
कुन अस्पतालमा कस्तो सेवा, पूर्वाधार, जनशक्ति र उपकरण छ त्यसैका आधारमा बर्गीकरणको मापदण्ड तोकिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
नयाँ मापदण्ड अनुसार प्रत्येक वडामा स्वास्थ्य इकाई हुनेछ भने गाउँ वा नगर तहमा प्राथमिक अस्पताल हुनेछ ।
जिल्ला वा अहिलेका अञ्चल अस्पतालहरुलाई भने तृतीय तहको अस्पतालको रुपमा कम्तीमा हरेक प्रदेशमा एउटा रहने गरी सेवाको व्यवस्था गरिने भएको छ ।
केन्द्रीय स्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने बिधयेकमा उल्लेख छ । मुटु, क्यान्सर, प्रसुती, स्वासप्रस्वास रोगसम्बन्धी छुट्टाछुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख छ ।
सबै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनुपर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।