चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रर्दशनी हुने
प्रकाशित मिति : २०७३, २८ मंसिर मंगलवार १७:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, २८ मङ्सिर । काठमाडौमा नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रर्दशनी हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट प्रर्दशनी सुरु गर्न लागिएको हो। चिकित्सा क्षेत्रको नयाँ प्रयोग, त्यसका लागि आवश्यक सामग्रीहरुबारे जानकारी गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
Advertisement
प्रर्दशनीमा विश्वभरका १ सय ५० भन्दा बढी ठूला कम्पनीहरु र ५ सय भन्दा बढी ब्रान्डका प्रर्दशनकर्ता सहभागी हुनेछन्। अस्पताल, प्याथोलोजी, अध्ययन संस्थान, मेडिकल तथा खाद्य उद्योग, विश्व विद्यालय, वस्तु परिक्षण प्रयोगशाला, व्यापार आपूर्तिकर्ताका अनुभव आदानप्रदान गर्न पनि प्रर्दशनी उपयोगी हुने विश्वास गरिएको छ।
मेलामा आफ्ना सेवाग्राहीलाई भेट्न, उनीहरुबाट सिक्न र वृद्धि विकासका लागि नयाँ तरिकाहरु प्रतिपादन गर्न पनि सहयोगी हुने आशा गरिएको छ।