नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज ।नेपालगञ्जमा यस पाली पनि रामलीला सञ्चालन गरिदैछ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन गरिने भएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज– १३ बाँके बगियामा असोज १२ गतेदेखि रामलीला प्रारम्भ हुनेछ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गर्दैछ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन विभिन्न उप समिती निर्माण तथा जिम्मेवारी दिइएको छ ।...
नेपालगन्ज । गत बिहिबार राती मोटरसाइकलको ठक्करबाट नेपालगन्जमा एक जना ब्यक्तीको मृत्यु भयो। मृत्यु भएका अन्दाजी ३८-३९ बर्ष उमेरका ब्यक्तीको शुक्रवार राती मात्रै सनाखत भएको छ। मृतक दैलेख जिल्ला नारायण नगरपालिका ४ काा कर्ण बहादुर खड्का रहेको खुुुल्न आएको नेपालगन्ज मेडिकल कलेजका प्रहरी प्रमुख नरेश डागीले बताए।खड्कालाई बिहिबार राती १० बजे कोहलपुरदेखि नेपालगन्ज आउँदै गरेको भे ३ प ९५७६ नम्बरको मोटरसाइकलले नेपालगन्जको कारकादो नजिक पैदैल हिड्नेे क्रममा ठक्कर दिएको थियो। ठक्कर पश्चात्...
नेपालगन्ज । बिहिवार नेपालगन्जको कान्जी हाउसबाट लगिएका करिब ३०० गाई मध्ये २२ वटा गाईहरुको सुर्खेतको कट्कुवामा लगेर भिर बाट फालेर हत्या गरिएको भन्दै हत्याको बिरोधमा नेपालगन्जमा बिरोध र्याली निकालिएको छ ।सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २२ वटा मृत अवस्थामा फेला परेको छ भने करिब १५० भन्दा बढी गाईहरु घाइते भएका छन् । त्यसैको बिरोधमा आज नेपालगन्ज र्याली निकालिएको हो। ...
नेपालगन्ज ।सिमामावर्ती भारतीय क्षेत्र समेत बाट दैनिक रुपमा भित्रिने छाडा पशु चौपायका कारण नेपालगञ्ज क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना भईरहेको र किसानको बालीनालीमा क्षति पुगिरहेको अवस्था छ । यसरी भित्रिने पशुहरु अधिकांश रोगी, वृद्ध, अशक्त, घाईते अवस्थाका हुने भएका कारण आफै र उपचारको क्रममा समेत मर्ने गरेका र मृत्यू पश्चात समेत उचित व्यवस्थापन गर्ने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुको उचित व्यवस्थापनको लागि नेपालगन्ज उपमहानगरपालिका २१ स्थित पुरैनामा कान्जीहाउस...
नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न लगाइएको रोक निश्चिति समयका लागि फुकुवा गरेका छन् । क्याम्पस प्रशासनले बिद्यार्थी संगठन सग बार्ता गर्न तयार रहेको हुँदा र बर्ता समिती गठन गर्न क्याम्पस प्रमुखलाई क्याम्पस प्रबेशमा फुकुवा गरेको संयुक्त विद्यार्थी संगठनहरुको बिज्ञप्तिमा उल्लेख छ। उनिहरुलेे प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको भन्दै चार विद्यार्थी संगठनहरुले केही दिन अघि क्याम्पस प्रमुखलाई क्याम्पस...
नेपालगन्ज । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता भएको छ । आज बिहिवार अन्तिम खेलमा दाङलाई ३-२ गोल अन्तरले बाँकेले उपाधी जितेको हो । प्रतियोगितामा बाँके,बर्दिया ,रोल्पा ,दाङ ,रुपन्देही र नवलपरासी गरि छ जिल्ला सहभागी थिए । प्रतियोगितामा बाँकेले रोल्पासंग २-२ को बराबरी खेलेको थियो भने अरु सबै खेलमा अपराजित हुँदै बिजेता भएको हो । बिहिवार भएको...
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयरको जिम्मेवारी वडा अध्यक्ष सुनिल सिंह हमालले पाएका छन् । नगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगर केेेहि जिल्ला बाहिर गएपछि हमाललाई बिहिवार र शुक्रबारका लागी कार्यबहाक मेयरको जिम्मेवारी दिइएको हो।हमाल नेपालगन्ज वडा नं २ का वडा अध्यक्ष हुन् ।आजदेखि हमालले दुुुई दिनका लागि कार्यबहाक मेयरको जिम्मेवारी सम्हाल्दै छन् । ...
नेपालगन्ज । नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना प्रहरीप्रति आशंका उब्जिएको बताएका छन् ।जनप्रतिनिधिलाई धम्काएपछि प्रहरीको खोजीमा रहेका नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठ तीन दिनदेखि फरार रहेका छन् । ‘पेट्रोल र चामल’ माग्दै जनप्रतिनिधिलाई धम्क्याउँदै आएका श्रेष्ठविरुद्ध सोमबार पक्राउ पूर्जी जारी भए पनि उनी पक्राउ पर्न सकेका छैनन् । पक्राउ पूर्जी जारी भएलगत्तै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव निरीक्षक प्रकाश...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले दुबै मृगौला फेल भएका बाँके खजुराका अमित दर्जीलाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष बेहनाले दर्जीको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । पैसाको अभावले उपचार गर्न नसकिरहेको समाचार बाहिर आएपछि आफूले आज दर्जीका आफन्तलाई वडा कार्यालयमा १० हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेहनाले बताउनुभयो । उहाँले आफु सधै इमान्दारीताको बाटोमा हिडेेको...
नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका छन् । क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएपनि कुनै वास्ता नगरेको भन्दै चार विद्यार्थी संगठनहरुले आजदेखि क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश गर्न नदिने बताएका हुन् । आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेर आफ्ना माग पूरा गर्न कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थी संगठनहरुले जनाएका छन् । भाद्र ५ गते संयुक्त...