नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

भेरी अस्पतालमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव

नेपालगन्ज । भेरी अस्पतालमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव भएको छ। अस्पतालमा उक्त भ्याक्सिन अभाव भएपछि आउने सर्बसाधरणहरु महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्। अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्यामप्रसाद थारुले बताए । स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. रुपानन्द अधिकारीले जानकारी दिए । साउनको शुरुवातदेखिनै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन...

यसरी सुध्रिदै छ नेपालगञ्ज उपमहानगरपालिकाको कर्मचारी प्रशासन
"स्टाफनर्स सहित निशुल्क स्वास्थ्य चेकजाँचको ब्यवस्था "

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको दैनिक कामकाजलाई अझ प्रभावकारी बनाउन कर्मचारीहरुको दैनिक प्रतिवेदन तयार गर्न थालिएको छ । नागरिक सहायता कक्ष संचालन गरेको उप–महानगरपालिकामा दैनिक कर्मचारीहरुको कामको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउनुपर्ने नियम बनाइएको छ । नागरिक सहायता कक्ष मार्फत कर्मचारीले दिनभर गरेको कामको प्रतिवेदन पुग्ने गरेको छ । यसैगरी कार्यालयबाट हुने काम छिटो छरितो र सेवाग्राहीमैत्री बनाउन कार्यसम्पादन सम्झौता गर्ने तयारी गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले नगर...

भेरी अस्पतालमा संचालित मुटुरोग उपचार ‘क्थाथल्याब’ सेवा संकटमा

नेपालगन्ज ।नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ।चिकित्सकको अन्यत्र सरुवा र बजेट नआएका कारण दुई वर्ष अघि नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । यहाँ उक्त उपचार सेवा शुरु भएपछि मुटुरोगीका लागि बरदान सावित भएको छ । लखनउ र काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो । तर, अस्पतालमा हाल कार्यरत मुटुरोग बिशेषज्ञ डा. कृष्ण अधिकारीको बढुवासंगै समायोजनबाट बीर...

नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयरको जिम्मेवारी जुम्मन खाँलाई

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाको कार्यबहाक मेयरको जिम्मेवारी जुम्मन खाँले पाएका छन् । नगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगर केेेहि दिनका लागि जिल्ला बाहिर गएपछि खाँलाई कार्यबहाक मेयरको जिम्मेवारी दिइएको हो।उनी नेपालगन्ज वडा नं ७ का  अध्यक्ष हुन् । आजदेखि  खाँले केही दिनका लागि कार्यबहाक मेयरको जिम्मेवारी सम्हाल्दै छन् । नेपालगन्ज उपमहानगरपालिका सग जिआइजेटले नयाँ कार्यक्रम सहकार्य गर्ने सम्बन्धमा प्रमुख, उपप्रमुखसहित स्वास्थ शाखाको टोलि काठमाडौं गएको हो।     ...

दुर्घटनामा घाइते भएकी नर्स थापाको अपरेशन सकियो, केहि बेरमा होश आउने

नेपालगन्ज । शनिबार राती सडक दुर्घटनामा परेकी नेपालगन्ज मेडिकल कलेजमा कार्यरत नर्स शर्मिला थापाको थप उपचार भारतको लखनऊमा भइरहेको छ। सडकमा रहेको छाडा पशुसँग ठोक्किँदा थापालाई  मेडिकल कलेज लगिए पनि उनलाई लखनऊ रिफर गरिएको हो। टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थापाको ४ घन्टा पश्चात्  अपरेशन सफल भएको र होस केही बेरमा आउने नेपालगन्ज मेडिकल कलेजका केपि घिमिरेले बताएका छन्। थापा नर्सिङ क्याम्पस ( त्रिभुवन बिश्वबिधालय )नेपालगन्जकि स्वबियु सभापति...

रक्त संचार सेवा केन्द्रमा लाग्ने सम्पुर्ण सेवा शुल्क निशुल्क गराउने अध्यक्ष बर्माको घोषणा

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर २२ ले रक्त संचार सेवा केन्द्र नेपालगन्जमा लाग्ने सम्पुर्ण सेवा शुल्क निशुल्क गराउने भएको छ।पुरैनीमा आयोजित रक्त संचार दिवस कार्यक्रममा २२ नम्बर वडाका  अध्यक्ष बिद्याराम बर्माले गरिब,असहाय,जेष्ठ नागरिक तथा आर्थिक अवस्था कमजोर भएकालाई रक्त संचार सेवा केन्द्र नेपालगन्जमा लाग्ने सम्पुर्ण सेवा शुल्क वडाको अनुदान रकमबाट भुक्तानी हुने गरि नि-शुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । अध्यक्ष बर्माको सर्हानिय कार्यप्रती वडाबासीहरुले धन्यवाद समेत दिएका छन् ।कार्यक्रममा अध्यक्ष बर्मासहित नेपाल...

नेपालगञ्ज उपमहानगरद्वारा ब्यवसाय संचालन गर्न करोड रुपैयाँ बढि बिना धितो ऋण सहयोग

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले निम्न तथा मध्यम परिवारका ब्यक्तिलाई ब्यवसाय संचालनका लागि डेढ करोड रुपिया बढि बिना धितो ऋण सहयोग गरेको छ । छनौंटमा परेका ब्यक्तिलाई टोल स्तरीय संस्था हुँदै वडा कार्यालयको सिफारस अनुसार बार्षिक १० प्रतिशत ब्याजदरमा बिना धितो ऋण लगानी गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाले आईतबार नगर भवनमा औपचारिक कार्यक्रम गरि साझेदारी विकास कार्यक्रम अन्तर्गत छनौंटमा परेका १६३ जनालाई प्रमुख डा. धवलशम्शेर राणा, उपमेयर उमा थाप मगर लगायत...

विपी अध्ययन प्रतिष्ठान बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण(फोटो फिचर )

नेपालगञ्ज । विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेले आज नेपालगञ्जमा बृक्षारोपण गरेको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा ट्राफिक चोकमा प्रतिष्ठानले २६ वटा विरुवा रोपेको हो। कांग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा समी, गुल्मोहर, छतिवन र राज बृक्षका विरुवा रोपिएको हो । प्रतिष्ठान बाँकेका अध्यक्ष सुधांशु कोइरालाले कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालालाई समीको विरुवा हस्तान्तरण गरेर बृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो । बृक्षारोपण कार्यक्रममा बोल्दै कांग्रेस...

नेपालगन्ज उपमहानगरले सुरु गर्यो फुटपाथ ब्यबस्थापन

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरीले  बिशेष अभियान थालनी गरेको छ। नगर प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीका अनुसार बजार क्षेत्रभित्र अतिक्रमण गरिएका फुटपाथलाई हटाउन सुरु गरिएको हो । शुक्रवार दिउँसो जिल्ला ट्राफिक कार्यालय बाँके, जिल्ला प्रहरी र नेपालगञ्ज उप-महानगरको संयुक्त पहलमा  फुटपाथ अतिक्रमण गरी राखिएका सामग्रीहरु हटाउन सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार अभियानको पहिलो दिन शुक्रबार सुर्खेतरोडको कारकाँदो चोकदेखि बीपि चोकसम्म बाटोको दुबैतर्फका फुटपाथ...

प्याकुरेल आएदेखि लक्ष्य भन्दा बढि भयो नेपालगञ्जको उपमहानगरको आन्तरिक आम्दानी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल आएदेखि लक्ष्य भन्दा बढि भयो  आन्तरिक आम्दानी उठेको छ।नेपालगञ्ज उप–महानगरपालिकाले गत आर्थिकबर्ष २०७५÷७६ मा १४ करोड बढि आन्तरिक आम्दानी गर्न सफल भएको छ । लक्ष्य भन्दा बढि आम्दानी गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताउनुभयो । उप–महानगरपालिकाले १४ करोड ११ लाख रुपिया आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपिया आम्दानी गर्न सफल भएको प्याकुरेलले...