नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
सोम गुरुङ, नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका वडा नं।५का वडा अध्यक्ष कैफुलवरा जोलाहले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडानं। ५को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष जोलाहले सुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नु पर्ने बताएका हुन् । साथै उहाँले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता...
नेपालगन्ज । नेपालगन्जकी स्वस्तिका हत्या प्रकरणका आरोपी मुकेशलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।नेपालगन्ज–१० भृकुटीनगरकी स्वस्तिका लिम्बुको हत्या आरोपमा पक्राउ परेका मुकेश बुढाक्षेत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बाँकेले आदेश दिएको छ । न्यायधिश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाका श्रीमान बुढाक्षेत्रीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो । १९ बर्षिया स्वस्तिकाको बैशाख १ गते रहस्मयढंगले मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको बताएपनि माइती पक्षले श्रीमान...
नेपालगन्ज । नेकपा बाँकेको १५५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो । पुर्ब एमालेबाट ८५ र पुर्ब माओवादीबाट ७० जना गरी १५५ सदस्यीय जिल्ला कमिट गठन भएको हो । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए । नेकपामा नेकपा एमालेका तर्फबाट निर्वाचित तथा मनोनित जिल्ला कमिटी सदस्य, जिल्ला सल्लाहकार समिति, जेष्ठ...
नेपालगञ्ज।हराएको छोरा खोजिदिन आमाबाबुले सबैलाई आग्रह गरेका छन् ।सुर्खेतका १५ बर्षीय नरेश खत्री हराएको धेरै दिन भइसक्दा पनि नभेटिएपछि आमाबुबाले आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेका छन् । छोरा खोज्दै नेपालगञ्ज आइपुगेका विरन्द्रनगर नगरपालिका वडा नम्बर १२ नेवारे सुर्खेतका यम बहादुर खत्री र गंगा खत्रीले छोराको खोजी गरिदिन आग्रह गरेका हुन् । छोरा बैशाख १७ गते दिउँसो ३ बजेदेखि घरबाटै हराएको आमा गंगाले बताइन । स्थानीय अमरज्योति विद्यालयमा कक्षा ९ मा पढिरहेका...
नेपालगञ्ज । नेपालगञ्जमा बोटानिकल गार्डेन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० एअरपोर्ट नजिकै ३६ हेक्टर क्षेत्रफलमा अत्याधुनिक गार्डेन बन्न लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाको पहल र वडा कार्यालय सक्रियतामा प्रदेश सरकारले वन कार्यालय मार्फत् करिव डेढ करोड रकम उपलव्ध गराएको हो । वडा नं. २० को कार्यालयले गार्डेन निर्माणको प्रक्रियाका लागि टेण्डर समेत आह्वान गरेर पहिलो चरणको काम शुरु गर्ने तयारी गरेको छ । बाह्य तथा आन्तरिक...
नेपालगञ्ज। बाँके र बर्दियाका तीन स्थानीय तहमा निःशुल्क सुरक्षा गार्ड तालिम शुरु भएको छ । बाँकेको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका तथा बर्दियाको बढैयाताल गाउँपालिकामा आजदेखि एक महिने निःशुल्क सुरक्षा गार्ड तालिम शुरु भएको हो । २५/२५ जना सहभागी रहेको तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्ज र समाज विकासमा गतिशिलता धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालन गरिएको हो । खजुरा गाउँपालिका वडा नम्बर ३ बागमतिनगरमा शुरु भएको तालिमको गाउँपालिकाका...
नेपालगन्ज । नेपालगन्जको रंगशाला नजिकै एक जना पुरुष मृत फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा सरसफाई शाखामा कार्यरत कर्मचारी (आज ) शुक्रबार दिउँसो ११ बजेको समयमा मृत अवस्थामा फेला परेका हुन् । उप–महानगरपालिकाको फोहर संकलन गर्ने टिपरको चालकका रुपमा ज्यालादारीमा कार्यरत रुपेश कुमार तुलाधरको शव जिल्ला समन्वय समिति बाँकेको कार्यालयको पछाडितर्फ फेला परेको हो । तुलाधरको शव घोप्टोमुखी भएर पल्टीरहेको अवस्थामा घाँस काट्नेहरुले देखेपछि जिल्ला समन्वय समितिका सुरक्षा गार्डलाई खबर...
नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका २२ नंं वडा कार्यालय आज स्थानीय ४ वटा युवा तथा स्पोट्स क्लबहरुको लागि खेलकुद सामग्री तथा ड्रृस सहयोग गरेको छ । स्थानीय स्तरमा रहेको युवाहरुलाई संगठित गरी खेलकुद तथा सामजिक विकासको कार्यक्रम लाग्न उत्प्रेरण दिने उद्धेश्यले २२ नं. वडा कार्यालयले आज २२ नंं वडा क्लब, खाखी बाबा युवा स्पोर्ट्स क्लब, करस खुकुरी युवा क्लब र एकता युवा क्लबलाई क्रिकेट बेट, बल, स्टाम्प, खेल ड्रेस करिब १...
नेपालगञ्ज । चालू आर्थिक बर्षको ९ महिनामा नेपालगञ्ज नाकाबाट करिब ६ अर्बको चामल आयात भएको छ । गत चैत्र मसान्त सम्म नेपालगञ्ज नाकाबाट ५ अर्ब ८७ करोड १५ हजार ६ सय १ रुपैयाँ बराबरको ९ करोड ७७ लाख ३२ हजार ५ सय ३९ किलो चामल आयात भएको भन्सार कार्यालय नेपालगञ्जका भन्सार अधिकृत परमानन्द जोशीले बताउनुभयो । चामल आयात गर्दा ३९ करोड २६ लाख ५१ हजार २ सय ३२ रुपैयाँ राजश्व...
नेपालगन्ज । नेपालगन्जमा फेरि पनि भू माफियाहरुको सकृयता बढेको छ।मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा सारेका खवरहरु सार्वजनिक भइरहेका बेला बाँकेमा कानुन व्यवसायीले झुक्याएर एकजना महिलाको जग्गा आफ्नो नाममा गराएका छन् । बाँके डुडुवा गाउँपालिका–२ वेतहनीका उषा कुर्मीको १ विघा १५ कठ्ठा ४ धुर जग्गा उच्च अदालत बार एशोसिएशसन बाँकेका अध्यक्ष समेत रहेका कानुन व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको आरोप लागेको हो । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद वर्मा,...