नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज। नेपालगन्ज ७ निबासी बोन म्यारो पीडित पुनम नेपाली बादीको जीवन रक्षाका लागि सहयोगको अपील गरिएको छ । प्लाष्टिक एनिमीया कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो । उपचारका लागि विभीन्न अष्पतालमा लाखौं रुपैया खर्च गरिसकिएपनि अझै सुधार नआएको पुनमका पति सुरेश नेपालीले जानकारी दिनु भयो । हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल नेपालगञ्जमा उपचार भइरहेपनि थप उपचारका लागि आर्थिक अभाव भएपछि जीवन रक्षका लागि परिवारले सार्वजनिक अपील गरेको...
नेपालगन्ज/ सुनिल रेग्मी ।जुमा स्पोर्ट्स क्लबको आयोजनामा यही १८ गते देखि रात्री उमेर समुह पुरुष फुटशल हुने भएको छ ।क्लबको बसेको बैठकले उक्त निर्णय गरेको हो।खेलकुदको बिकास ,बिस्तार र ब्याबशायिकरण गर्ने उद्देश्य बोकेर स्थापना भएको जुमा स्पोर्ट्स क्लबले यस अघि पनि गत २०७५ फागुन ७-१४ गतेसम्म प्रथम जुमा अन्तरब्याबशायी फुटबल प्रतियोगिता प्रहरीब्यायमशाला गुल्मको फिल्डमा भब्यरुपमा सपन्न गरेको थियो। आगामी जेठ१८ गतेदेखि हुने रात्री फुटशलको ब्यबस्थित ब्यबस्थापनको लागि जुमा स्पोर्ट्स क्लबका उपाध्यक्ष...
नेपालगन्ज । कतिपय नयाँ राझा बिमानस्थल प्रयोगकर्ताहरु अझै झुक्किने गरेका छन् । काठमाडौं जाने कयौं यात्रुहरु राझा चोकमा आएर झुक्किने गरेका छन् ।नेपालगन्ज हुँदै काठमाडौं जाने कयौं यात्रुहरु राझा चोकमा आएर बिमानस्थल जाने कता बाट भनेर सोध्ने गरेका छन् । राझांं चोकबाट बिमानस्थल जाने एउटैै मुख्य बाटो छ तर पनि नयाँ यात्रुहरु अझै झुक्किने गरेका छन। कारण हो, निर्माण गरिएको गेटमा राझाँँ बिमानस्थलको संकेत नगरिनु। शुक्रवार दिउसो बर्दियाका दुइ जना...
लक्ष्मण ढुङ्गाना/ नेपालगन्ज नेपालगन्ज उपमहानगरपालिकामा चुनौतीपूर्ण बन्दै गएको फोहर व्यवस्थापन कार्य सहज हुने भएको छ। एसियाली विकास बैंकको सहयोगमा विगत ३ वर्षदेखि निर्माणाधीन देशकै उत्कृष्ट मानिएको अत्याधुनिक ल्यान्डफिलसाइटको औपचारिकरूपमा सुरु भएपछि फोहर व्यवस्थापन कार्य सहज हुने भएको हो । २०७३ साल भदौदेखि निर्माण सुरु भएको ल्यान्डफिलसाइट केही दिनअघि निर्माण सम्पन्न भएपछि बिहिबारदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । ल्यान्डफिलसाइटमा फोहरलाई तीन भागमा वर्गीकरण गरी फोहरबाट मोहर कमाउने...
नेपालगन्ज।उच्च अदालत बार नेपालगन्जका अध्यक्ष विकास आचार्यसहित ३ जना कानुन ब्यवसायीले सञ्चालन गरेको श्री लयर्स च्याम्बरमा गत बैशाख तेस्रो साता उच्च अदालत नेपालगन्जका टाईपिष्ट (नायव सुब्बा)कृष्णकुमार पाठक तीन लाख घुससहित पक्राउ परे । उक्त ल फर्ममा घुसको लेनदेन भईरहेको सुईको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले उनलाई पक्राउ गरेको थियो । घुस प्रकरणमा जोडिएपछि लयर्स च्याम्बरको साईन बोर्ड रातारात हटाईयो र अख्तियारले उक्त घटनाबारे जारी गरेको विज्ञप्तीको उच्च...
नेपालगन्ज ।नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना ९नाम परिर्वतन० ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।जिल्ला प्रहरी...
नेपालगन्ज । नेपालगन्जमा एक साथ दुई वटा बसमा आगलागी भएको छ।नेपालगन्जको वडा नम्बर ४ बाइपासमा रोकिराखेका दुई बसमा मंगलबार दिउसो भिषण आगलागि भएको छ । ग्यारेजमा रोकी राखेका दुई वटा बस आगलागिका कारण जलेर खरानी भएको छ । ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बेल्डिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बसमा...
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १३ मा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको छ। १३ नम्बर वडाको आर्थिक सहयोग र उदयपुर स्वास्थ्य चौकी १३ नम्बर वडाको आयोजनामा वडाका आमा समुुुह र स्वयमसेबिकाहरुका लागि २ दिने तालिम दिइएको हो। सोमबारबाट शुरु भएको तालिममा स्वास्थ्य सम्बन्धि जनचेतनाका साथै स्वास्थ्य सस्थाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु लगायत अन्य सेवाको बारेमा जानकारी दिइएको थियो। नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य तथा उदयपुर स्वास्थ्य चौकीका प्रमुख...
नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एसोसियसन नेपालगञ्जले एसोसियसनका अध्यक्ष विकास आचार्यसंग लिखित स्पष्टीकरण मागेको छ । बार एसोसियसनको आइतबार बसेको कार्यसमिति बैठकले यथार्थ विवरण सहितको लिखित जवाफ ७ दिनभित्र पेश गर्न आचार्यलाई पत्र काटेको हो । उच्च उदालतसंग विवाद समाधान नभएसम्म कार्यक्रममा नजाने कार्यसमितिमा भएको भद्र सहमति विपरित अदालतको कार्यक्रममा उपस्थित भएको, लयर्स चेम्बर्सबाट अख्तियारले कृष्णकुमार पाठकलाई पक्राउ गरेको सम्बन्धमा कार्यसमितिमा छलफल र निर्णय नै नगराई प्रेस विज्ञप्ति निकालिएको...