विचार/दृष्टिकोणमा रहेका समाचारहरु

रेडियो सञ्चालनमा सेनाको स्वार्थ के?

अर्जुन गिरी । नेपाली सेनाले वि.स २०६१ माघ १९ पछि पनि एफएम सञ्चालनका लागि प्रयास गरेकै थियो। उतिवेलाको दबाब र राजनीतिक दलहरुको सचेतताका कारण त्यो सम्भव हुन सकेन। तर, पछिल्लो अवस्थामा त अनुमति लिएर सेनाको एफएमले परीक्षण प्रशारण पनि सुरु गरिसकेको छ। सेनाले एफएम रेडियो चलाउनु ठिक हो कि होइन भन्ने बहस चलिरहेका बेला यो विषयलाई आमसञ्चार र लोकतान्त्रिक व्यवस्थाको आँखिझ्यालबाट हेर्नु उचित हुन्छ। पत्रकारिताका आफ्नै सैद्धान्तिक पक्षहरु छन्। जस अन्तरगत सेनाले...

सङ्घीयता कार्यान्वयनमा सहयोगी बन्ने कि रमिते

आनन्दराम आचार्य, नेपालगन्ज । मुलुकको इतिहासमा पहिलोपटक जनताका प्रतिनिधिद्वारा जारी गरिएको संविधान कार्यान्वयन गर्ने पहिलो खुड्किलोका रूपमा हेरिएका स्थानीय तहहरू अदूरदर्शी राजनीतिक नेतृत्व, निर्वाचन जितेर उत्ताउलिएका जनप्रतिनिधि तथा रकमी शैलीको कर्मचारीतन्त्रका कारण कुनै पनि बेला बाँदरको हातमा नरिवल हुन सक्ने अवस्थामा पुगेको छ । निकै लामो समयको अनिश्चिततापछि दुई चरणमा गरी ६ प्रदेशमा स्थानीय तहको निर्वाचन भए पनि प्रदेश नं २ मा आगामी असोज २ गतेका लागि तय भएको छ ।...

चन्द्रग्रहणको ज्योतिषशास्त्रीय विश्लेषण

पुरुषोत्तम भट्टराई, नेपालगन्ज ।  ब्रह्माण्डीय पिण्डहरूमा अन्तर्निहित गतिस्थितिका कारण आकाशीय परिघटनाहरू हुने गर्छन् ।  यस्तै घटनाहरूमध्ये ग्रहण पनि एउटा आकाशीय घटना हो, जुन प्रकाशित र अप्रकाशित तीन पिण्डहरूका बीच हुने अन्योन्याश्रित सम्बन्धका कारण घटित हुन्छ ।  यद्यपि, पञ्च तारा ग्रहहरूमा पनि ग्रहण हुन्छ तर पनि पृथ्वीवासीमा त्यसको खासै असर नपर्ने हुँदा अनुसन्धाताहरूले पनि अन्य ग्रहहरूमा हुने ग्रहणबारे खासै गम्भीर अध्ययन गरेको पाइँदैन ।  मङ्गल, बुध, वृहस्पति, शुक्र र शनिलाई पञ्च तारा...

अलमलमा निर्वाचित प्रतिनिधि

खिमलाल देवकोटा, नेपालगन्ज । यतिबेला २ नं. प्रदेशबाहेक सबै प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचित पदाधिकारीहरू आफ्नो कार्यक्षेत्रमा खटिएर काम थालिसकेका छन् । तर पहिलो गासमै ढुङ्गा भनेझैँ निर्वाचित प्रतिनिधिहरू अलमलको भुमरीमा छन् । त्यो अलमल मानसिकताको अलमल कानुनको अलमल र व्यवस्थाको अलमल गरी मूल रूपमा तीनथरी अलमलबाट ग्रसित छन् तिनै अलमलको समाधानको उपाय सहितको चर्चा गर्ने प्रयत्न यस आलेखमा गरिएको छ । मानसिकताको अलमल स्थानीय तह सञ्चालनमा देखिएका अलमलमध्ये सर्वाधिक...

राजनीतिको फन्दामा

सुधिज्ञ पन्त, नेपालगन्ज । ‘फेसबुक’ जीवनकै अभिन्न अंग बनिसकेको छ । हालैको एक दिन ‘फेसबुक’ चलाउँदै गर्दा मनमस्तिष्क हल्लिने एउटा भिडियो पोस्ट भएको हेरें । काठमाडौंमा ढलको ढकनी खुला हु“दा एक स्कुले बालिका त्यसमा खसेको र उद्धार गरेको भिडियो थियो, त्यो । अर्की एक बालिका पनि खेल्दै गर्दा डुबेर मारिएको समाचार पनि आयो । यो समाचार र भिडियोले स्तब्ध नबनाएको मन सायदै होला । मनमनै प्रश्न गरें, हामी नेपाली कति सहनसील...

कोहलपुरका सञ्चार विकासका एक हस्ती चण्डी प्रसाद गैरे

अमृता केसी ,कोहलपुर:कोहलपुर क्षेत्रमा गैरे अपसेट प्रेसको नाम नसुन्ने सायदै विरलै होलान्। हो त्यहि गैरे अपसेट प्रेसका प्रोपाइटर चण्डी प्रसाद गैरे । जसलाई गैरे दाई र चण्डी दाईका नामले धेरैले पुर्काछन् । मलाई स्मरण छ जति बेला मेरो पत्रकारीताको सुरुवात कोहलपुरबाट भएको थियो । सायद २०६५ साल तिर हो । कोहलपुर क्षेत्रमा पहिलो पटक अपसेट प्रेस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट ईजाजत प्राप्त गरी कोहलपुरमा गैरे अपसेट प्रेस...

मताधिकारको प्रश्न

गोरखबहादुर बोगटी नेपालगन्ज । केही विकासविद्का अनुसार कुनै पनि देशको विकास र समृद्धिको बाधक भौगोलिक विकटता होइन भनेको पढ्न लेख्न पाइन्छ ।  एक हदसम्म यो विश्लेषण ठिकै पनि हो ।  किनकि आर्थिक, प्राविधिक हिसाबले सम्पन्न, विकासप्रति प्रतिबद्ध र विकासका लागि तीव्र इच्छाशक्तिसहितका राजनेता भएका देशको विकासका लागि भौगोलिक विकटता बाधक नभइ अवसर भएका उदाहरण पनि छन् ।  तर भौगोलिक विकटताका कारणले नेपालको दुर्गम बस्तीको विकास हुन नसकेको भनेर प्रायःजसो राजनीतिज्ञहरूले औँल्याउने...

स्थानीय तहमा निर्वाचित प्रतिनिधि : अवसर र चुनौती

खिमलाल देवकोटा नेपालगन्ज । नयाँ संविधान जारी भएपछि पहिलो पटक स्थानीय तहको निर्वाचन प्रक्रिया जारी छ ।  संधिानसभाले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको नयाँ व्यवस्था बमोजिम तीन चरणमा हुनेगरी घोषित स्थानीय तहको निर्वाचनको दोस्रो चरण सम्पन्न भएको छ र तेस्रो चरणको चुनावको प्रतीक्षामा दुई नम्बर प्रदेशका मतदाता रहेका छन् ।  संविधानले व्यवस्था गरेको तीन तहको सरकार मध्यको सबैभन्दा आधारभूत तहको सरकारको निर्वाचन यतिबेला सम्पन्न भएको हो ।  यो निर्वाचनबाट स्थापित स्थानीय...

स्थानीय निर्वाचनको कसीमा भावी राजनीति

धर्मेन्द्र झा नेपालगन्ज । स्थानीय तहको पहिलो चरणको निर्वाचनको समापनसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकार परिवर्तनको उपस्थितिमा धेरैले दोस्रो चरणको निर्वाचनका सन्दर्भमा औपचारिक/अनौपचारिक रूपमा संशय व्यक्त गरेका थिए ।  यस्तो संशय व्यक्त गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अग्रपङ्क्तिमा थियो तर दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराएर देउवा सरकारले सौम्य शैलीमा जवाफ फर्काएको छ ।  असार १४ गते अर्थात् गत बुधवार स्थानीय निकायको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश...

खुल्दै राजनीति, फुल्दै सम्भावना

डा. अतीन्द्र दाहाल नेपालगन्ज । लामो समय देश अस्थिरताको चङ्गोलमा डुब्यो ।  शासन पद्धतिहरू बदलिए पनि नागरिकले खास व्यावहारिक परिवर्तन महसुस गरेनन् ।  खराब राजनीतिले सबै क्षेत्रलाई नियन्त्रणमा लियो ।  देश सुस्तता वा शून्यताबाट ग्रसित देखिन्थ्यो ।  यद्यपि हामीले मात्र यी समस्या भोगका हैनौँ ।  अमेरिकामा सन् १७८७, फ्रान्समा १७९१, अर्जेन्टिनामा १८५२, अस्ट्रियामा १९२०, बेल्जियममा १८३१, क्यानडामा १८६७, डेनमार्कमा १८४९ मा संविधान बन्दा त्यहाँको राजनीतिक अवस्था हाम्रो अहिलेको जस्तै थियो । ...