महायज्ञबाट झन्डै रु दुई करोड सङ्कलन
प्रकाशित मिति : २०७३, ४ पुष सोमबार १०:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फलेवास (पर्वत), ४ पुस । मुलुककै नमुना सामुदायिक विद्यालयको रुपमा परिचित गणेश माध्यमिक विद्यालय बलेवामा सञ्चालिन ज्ञान महायज्ञको छैटौँ दिनसम्म झन्डै रु दुई करोड सङ्कलन भएको छ ।
Advertisement
आइतबारसम्म रु एक करोड ९१ लाख सङ्कलन भएको हो । महायज्ञ मूल आयोजक समितिले दिएको जानकारी अनुसार छैटौँ दिन मात्रै रु ५३ लाख २७ हजार २६६ सङ्कलन भएको छ ।
छैटाँै दिन सबैभन्दा बढी रकम उपलब्ध गराउनेमा समाजसेवी स्व ज्ञानप्रसाद श्रेष्ठ तथा स्व गनकुमारी श्रेष्ठका छोरा छोरा शिव श्रेष्ठ, आनन्द श्रेष्ठ विकास श्रेष्ठ र दुर्गा श्रेष्ठ रहनुभएको छ । उनीहरूले बाबुआमाको सम्झनामा रु १३ लाख ५ हजार ५५५ दान गरेका छन् ।
यसैगरी नारायणस्यथान–९ कैया निवासी नगेन्द्रबहादुर अखेलीले रु पाँच लाख ५५५, नारायणस्थान– ५ हटियाका देवीराम श्रेष्ठले रु तीन लाख ७५ हजार दान गरेका छन् ।
महायज्ञ मूल आयोजक समितिले दिएको जानकारी अनुसार महायज्ञको पाँचाँै दिन मात्रै रु ४६ लाख ६१ हजार सङ्कलन भएको थियो । महायज्ञको पाँचौँ दिन उद्यमी नारायणस्थान गाविस–५ निवासी खगेन्द्र श्रेष्ठले रु पाँच लाख २० हजार ५५५ दान गरेका छन् ।
यसैगरी नारायणस्थान–६ निवासी लालबहादुर श्रेष्ठले रु चार लाख ५४० तथा सोही ठाउँकै देबबहादुर कुमालले रु दुई लाख ५०५ दान गर्नुभएको छ ।
यस अघि पर्वत उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठको परिवारले रु १५ लाख सहयोग गरेको थियो । विद्यालयमा शैक्षिक विकास गर्ने उद्देश्यले मङ्सिर २८ गतेदेखि पुस ५ गतेसम्म महायज्ञ सञ्चाललन गरिएको छ । महायज्ञमा त्यस क्षेत्रका उद्यमी व्यवसायीले ठूलो रकम दान गरिरहेका छन् । गएको एसएलसी परीक्षामा पश्चिमाञ्चलमा उत्कृष्ट तथा राष्ट्रियरुपमा तृतीय हुन सकेको थियो ।
धौलागिरि अञ्चलकै उत्कृष्ट विद्यालयमा शिशु कक्षादेखि १० कक्षासम्म अङ्ग्रेजी माध्यममा पढाइ हुँदै आएको छ भने गुणस्तरीय शिक्षा कारण विभिन्न जिल्लाका विद्यार्थीको आकर्षण समेत बढ्दै गएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिनुभयो ।