खेलकुदमा रहेका समाचारहरु

आठौं च्याम्पियन टोली घोषणामा त्रुटी, अचम्मको निर्णय भयो स्थलमा
"आखिर किन यस्तो गल्ती ? "

नेपालगन्ज। भव्य उदघाटन र सफल आयोजनाका कारण आठौं राष्ट्रिय खेलकुदले चर्चा पाएपनि समापन भने खल्लो भएको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गम्भिर त्रुटीका कारण पदक तालिकामा फरक पर्दा पुरस्कार वितरण समारोहमा गल्ति भएको हो। जसका कारण आठौं च्याम्पियन टोली उहि घोषणा हुँदा दोस्रो र तेस्रो हुने टोली घोषणा भने फरक भएको छ । समापनका अवसरमा आर्मीलाई च्याम्पियन तथा नेपाल एपीएफलाई दोसो र पुलिसलाई तेस्रो घोषणा गरियो । तर,...

आठौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलको स्वर्ण पदक चुम्यो आर्मीले

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष फुटबलको स्वर्ण विभागीय क्लब त्रिभुवन आर्मी क्लबले जितेको छ ।साविकको उपविजेता समेत रहेको आर्मीले नेपालगन्ज रंगशालामा बुधबार भएको स्वर्ण भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै स्वर्ण जितेको हो । दुई वर्षअघि धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको स्वर्ण भिडन्तमा आर्मी एपीएफसँग २–० ले स्तब्ध बनेको थियो । नेपालगन्ज रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीले पहिलो हाफमो इन्ज्युरी समयमा विकास तामाङको गोलबाट...

आठौं राष्ट्रिय खेलकुद: पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

नेपालगन्ज । पुरुष भलिबलमा  नेपाल पुलिस च्याम्पियन बन्दै स्वर्ण  जितेको छ। आज भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–१८ ले विजयी भएको पुलिस खेलको दोस्रो सेटमा आर्मीसँग २५–२३ ले गुमाउन पुगेको थियो । त्यस पछि पुनः खेलमा फर्किएको पुलिसले लगातार दुई सेट जित्दै च्याम्पियन भएको हो । तेस्रो...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गण्डकी प्रदेशमा

नेपालगन्ज ।राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले  जानकारी गराए । सदस्यसचिव विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश ९पश्चिमाञ्चल० मा गर्ने सैद्धान्तिक सहमति अनुसार नै गण्डकी लाई आयोजना अधिकार दिईएको बताए । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई...

आठौ राष्ट्रिय खेलकुदको आज समापन हुँदै, नवौ कहाँ होला?

नेपालगन्ज । गत चैत्र २७ गते देखि सन्चलन भएको आठौ राष्ट्रिय खेलकुदको बिधिबत रुपमा बैशाख ५ गते उदघाटन  भयो।राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुदैछ । हरेक संस्करणको प्रतियोगिता सकिएपछि अर्को संस्करणको आयोजनाको घोषणा गरिने नियम अनुसार नबौं सस्करणको आयोजनाका लागि दुई वटा प्रदेश दावेदार रहेका छन । प्रदेश २ र गण्डकी प्रदेश । सातौं संस्करणको समापनका बेला पनि पोखराले आठौंको आयोजनाको मौका पाउन भनेर तत्कालिन पश्चिमाञ्चल खेलकुद विकाश समितीका अध्यक्ष...

आठौ राष्ट्रिय खेलकुदःएपीएफ र आर्मी महिला फुटबल फाइनलमा

लक्ष्मण बस्नेत/ दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तरगत महिला फुटबलको उपाधीका लागि दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । प्रतियोगितामा हावी देखिएका दुबै टिमको फाइनल भिड्न्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल बुधबार दिउँसो ३ बजे पछी हुनेछ । आठौ राष्ट्रिय प्रतियोगिता हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको मंगलबार सम्पन्न सेमिफाईनलमा प्रदेश नं ३...

आठाैं राष्ट्रिय खेलकुद: एपीएफले चुम्यो महिला क्रिकेटकाे उपाधी

लक्ष्मण बस्नेत/ दाङ।अा ठाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङकाे लमहीमा भएको महिला क्रिकेटकाे उपाधी एपीएफले चुमेको छ ।उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० अाेभरमा पुरै विकेट गुमाएर १२८ रन वनायाे । जसमा ज्याेति पाण्डेले सर्वाधिक ४५, र...

आठौ राष्ट्रिय खेलकुदःनेपाल पुलिस बन्यो कराँते च्याम्पियन

लक्ष्मण बस्नेत /बेलझुण्डी( दाङ )।नेपाल पुलिस आठौ राष्ट्रिय खेलकुद कराँते प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले टिम उपविजेतामा चित्त बुझाउदा ३ नं प्रदेश २ स्वर्ण १ रजत र १ कास्य पदकका साथ तृतिय...

प्रदेश ५ लाई हराउदै आर्मी फूटबलको फाइनलमा, रङ्गशालामा खेल हेर्नलाई पैसा नलाग्ने

नेपालगन्ज ।त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र...

सुटिङ्ग: गण्डकीलाई दुई, प्रदेश ५ र पुलिसलाई एक-एक स्वर्ण

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा जारी सुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो । प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला÷पुरुष बाहेक अन्य खेल सकिएको...