नेपालमा नेता देखिनँ, म आफैं अमेरिकाबाट फर्किनुपर्ने भो
प्रकाशित मिति : २०७३, १६ पुष शनिबार २१:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ,पूस,१६ ।दर्शन रौनियार अमेरिकामा बस्न थालेको २६ वर्ष भइसक्यो । डेमोक्रेटिक पार्टीमा आवद्ध उनी सन् २०१२ र २०१६ को चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवार हुने प्रयासमा थिए । तर, प्राइमरीमै पराजित भए । यद्यपि पहिलो चुनावमा पाँचौं रहेका उनी दोस्रो प्रयासमा भने दोस्रोसम्म भए ।
Advertisement
अमेरिकामा सेटल भइसकेका उनी हरेक वर्ष नेपाल आउन भने छुटाउँदैनन् । र, प्रत्येक पटक नेपाल आउँदा देश झनझन पिछडिँदै गएकोजस्तो लाग्छ उनलाई । यसो हुनुको मुख्य कारण भिजनरी राननीतिक नेतृत्व नभएकैले हो भन्ने निष्कर्षमा पुगेका उनले पछिल्लो २/३ वर्षदेखि ‘मुभमेन्ट फर चेन्ज’ अभियान पनि चलाएका छन् । अहिले काठमाडौंमा रहेका उनै रौनियार नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहेका छन् ? अब के सोच्दैछन् ? यस सन्दर्भमा अराजकुमार श्रेष्ठ र अभयराज जोशीले गरेको कुराकानीः
नेपालको राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
म हरेक वर्ष नेपाल आइरहेको छु । र, हरेक वर्ष नेपाल पिछडिँदै गएको देख्छु । वास्तवमा हाम्रो देश डुबिरहेको छ । जनता पनि अन्योलमा छन् । कसले, कहाँ, के गर्ने भनेर कसैले पनि बाटो देखाउन सकेका छैनन् ।
र, यो सबैको कारण एउटा भिजनरी नेता नहुनु हो । नेता भनेको पृथ्वीनारायण शाह हुनुहुन्थ्यो, जसले नेपाललाई एकजुट बनाउनुभयो र नेपाल देश दिनुभो । त्यसपछि राजा महेन्द्रले केही गर्न चाहे । वीपीले प्रजातन्त्रका लागि लड्नुभो, गणेशमान सिंहले बहुदलका लागि आफ्नो जीवन नै दिनुभो । त्यसपछि पछिल्लो २०/३० वर्षमा मैले नेपालमा कुनै नेता नै देखेको छैन । आर्थिक विकास कसैको एजेण्डा नै छैन, खाली राजनीतिक कुरा मात्रै गर्छन् ।
म कसरी हेर्छु भने सिंगापुरमा लि क्वानले देश बनाए । चुन डूले दक्षिण कोरिया र महाथिरले मलेसिया बनाए । अहिले शेख महम्मदले मरुभूमिजस्तो ठाउँलाई दूबई बनाएका छन् । त्यो हो भिजनरी नेता ।
त्यस्तो खालको नेतृत्व हाम्रो देशमा पनि चाहिएको छ । र, मैले पछिल्लो २/३ वर्षदेखि ‘मुभमेन्ट फर चेन्ज’ भनेर अभियान चलाइरहेको छु । त्यसबाट पनि कोही नेता निस्कन्छ कि भनेर सोचेको थिएँ । तर, निस्केन । अब हामीजस्तो व्यक्ति नै आउनुपर्ने भयो । र, अब छलफल थाल्दैछु ।
हामीजस्तो व्यक्ति आउनु पर्यो भन्नाले ?
अब म के चाहन्छु भने ‘वी हृयाभ टु लिड’ । म त आश्चर्यमा छु कि कसरी जनता चुप लागेर बसेको ? तपाईलाई पनि सोध्छु, हाउ क्यान यू लिभ ? डू यू इभन नो हृवाट लाइफ इज ? जीवन भनेको तपाईलाई थाहा छ ? मलाई त यहाँ आउँदा दुई दिनमा नै रगत तातेर आउँछ, यो देशको स्थिति हेरेर । थाहा छैन, किन ? म यहाँ भएको भए त डाङडुङ … गर्ने अवस्था छ । यस्तो पनि हुन्छ देश ?
देश विदेशमा मानिसहरु कसरी अगाडि बढिरहेका छन्, हामी चाहिँ न्यूनतम आवश्यकता पानी, बिजुली र दुई छाक खानमै अडि्करहेका छौं । जनतालाई बाटो देखाउने नेता नै आएन यहाँ । हरेक घरमा कोही व्यक्ति हुन्छ, जसले बच्चालाई बाटो देखाउँछ । तर, नेपालमा कोही आएनन्, अब हामी ल्याउँछौं ।
कसरी ?
चाहृयो भने म लिड गर्न तयार छु देशलाई ।
नेपालमा राजनीति गर्न आउँछु भन्नुभएको ?
मैले चार वर्ष अगाडिदेखि नेपाललाईर् नजिकबाट नियालेर हेरिरहेको छु । गाउँगाउँमा पुगेको छु । यहाँ एउटा भिजनरी लिडरको खाँचो देखेँ । र, त्यसका लागि यहाँका जनताले समथर्न गर्छन् भने म अमेरिका त्याग्न तयार छु । किनभने राजनीति गर्न कोही न कोही आउनैपर्छ, अरु कसैलाई देखिरहेको छैन ।
राजनीतिक दलहरुमा लागेका जति पनि युवा नेताहरु छन्, तिनीहरुले गर्दैनन् । मैले सबैसँग कुरा गरिसकेको छु, उनीहरुमा भिजन नै देख्दिनँ । त्यसैले अब म यहाँ जनतासँग सम्वाद गर्दैछु । र, जनता सहयोग गर्न तयार छन् भने देशका लागि त्याग गर्न म तयार छु ।
जनतासँग अन्तरक्रिया गर्दैछु भन्नु भो । प्रारम्भिक छलफलहरुले के देखियो ?
एकदम सपोर्ट छ मलाई । त्यति सपोर्ट नभएको भए शायद म फर्किएर आउँदैनथेँ ।
उसोभए नयाँ पार्टी खोल्ने कि अहिले भएकै कुनै दलमा आवद्ध हुने ?
मेरो विचारमा अल्टरनेटिभ फोर्स हुनुपर्छ ।
डा. बाबुराम भट्टराईले पनि नयाँ शक्ति खोल्नुभएको छ । उहाँले पनि विकासको एजेण्डा अघि सार्नुभएको छ नि ?
मेरो विचारमा नयाँ अल्टरनेटिभ फोर्सको जरुरी छ, जुन अहिले भएका दल र नेताहरुबाट सम्भव छैन । तपाईले बाबुरामजीको कुरा गर्नु भो, उहाँको पृष्ठभूमि हेर्नुस्, वास्तवमा भन्ने हो भने माओवादीले गरेर नै यो देश यस्तो दयनीय अवस्थामा आइपुगेको हो । हामीले यो स्वीकार गर्नुपर्छ ।
उहाँ त अर्थमन्त्री र प्रधानमन्त्री दुबै हुनु भो । तर, खै त विकास गरेको ? त्यसैले अहिले आएर नयाँ शक्ति भन्नु भनेको नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तो मात्रै हो ।
र, म भन्छु, सबैभन्दा पहिले बाबुरामजीले तीन प्रश्नको जवाफ दिनुपर्छः
पहिलो -उहाँहरुले सशस्त्र द्वन्द्व सुरु गर्नुभयो । सानो तर शान्त देश थियो, गरीब, अशिक्षित १७ हजार जनता मारेर पावरमा आउनु भो । जंगलबाट महलमा बस्न थाल्नुभएको छ । उहाँहरुले माफी मागेको खै ? के डा. बाबुराम मैले विगतमा गल्ती गरेँ भनेर जनतासँग माफी माग्न तयार छन् ? र, १७ हजार जनताको रगतको प्रभाव ममा छ, म दुःखी छु र, त्यसैले देशका लागि गर्न चाहन्छु भन्न सक्नुहुन्छ ?
दोस्रो-उहाँकी श्रीमतीलाई जोडेर भ्रष्टाचारको धेरै कुराहरु आएको छ । यत्रो सम्पत्ति कहाँबाट आयो ? त्यो सम्पत्ति फिर्ता गर्न तयार हुनुहुन्छ ? आज नयाँ शक्ति पार्टी भनेर देश विदेश हिँडिरहनुभएको छ, कहाँबाट आउँछ त्यो पैसा ? तपाई पारदर्शी हुनु सक्नु हुन्छ ?
र, तेस्रो– उहाँ (बाबुराम) को भिजन के हो ? मैले त बुझेको छैन । माओविचारधारा हो कि क्यापिटालिज्म हो कि, डेमोक्रेटिक हो कि ? सरकार कसरी बनाउनुहुन्छ र कसरी चलाउनुहुन्छ ? नयाँ शक्ति मात्रै भनेर हुँदैन ।
अहिले भएका पार्टीहरुले केही नगर्ने भए, यसले केही गर्छ कि भनेर तैपनि जनता अलिअलि उनको पछाडि लगेका छन् । तर, मेरो विचारमा यसले पनि समाधान दिँदैन । हामी मौलिकरुपमै फरक तरिका जानुपर्छ । र, मजस्तो व्यक्ति आउनुपर्छ । यहाँ छैन, कोही पनि ।
त्यसका लागि डायस्पोरामा भएका नेपालीहरुसँग पनि कुरा गर्नुभएको छ कि ?
अमेरिका, बेलायत, अष्ट्रेलिया सबैतिर भएका नेेपालीहरुसँग कराकानी गरेको छु र राम्रो सपोर्ट पाएको छु । यहाँ पनि सपोर्ट पाएको छु । र, मेरो नेतृत्वका लागि सहयोग गर्छु भनेका छन् ।
उसोभए अब हुने चुनाव लड्ने तयारीमा हुनुहुन्छ ?
चुनाव लड्नेभन्दा पनि अलिकति मुडमेन्ट सुरु गर्न जरुरी छ । किनभने यहाँ मानिसहरु निराश र अन्योलपूर्ण अवस्थामा छन् । र, अबको चुनावमा केही न केही गर्नुपर्छ । कसरी जाने भन्ने छलफलमै छु । तर, अहिले जति पनि पार्टी र तिनका नेताहरु छन्, उनीहरुलाई कर्नर गर्नै पर्छ ।
एउटा कुनै व्यक्ति आउँदैमा केही हुन्न भन्नेहरु पनि धेरै छन् । तपाईले त्यो डर भनौं वा चुनौती कत्तिको देख्नुहुन्छ ?
मलाई अरु डर केही छैन । एउटै डर भनेको जनता धेरै निराश छन् । र, परिर्वतन गर्छु भनेर जति पनि पार्टीहरु आए, तिनीहरुले जनताका आँखामा छारो हाल्ने काम मात्र गरेका छन् । त्यसैले जुन जोगी आए पनि कानै चिरेको भनेर जनता निराश छन् ।
यति हुँदा हुँदै पनि म जस्तो व्यक्ति आएपछि जनता उठ्छन् र सपोर्ट गर्छन् । किनभने जनताले विकल्प चाहेका छन् ।
अमेरिकामा सकेन र यहाँ केके न गर्छु भनेर ठूला कुरा गर्दैछ पनि भन्लान् नि ?
त्यो हुन्छ नै । किनकि यो राजनीति हो । यसलाई फेस गर्न सक्नुपर्छ र त्यसका लागि म तयार छु । अमेरिकामा फेल भयो, यहाँ केही गर्न सक्दैन, अमेरिकी नागरिक हो भनेर धेरै कुरा निकाल्न सक्छन्, यो खुला छ, ठीक छ । राजनीति भनेको त्यही हो ..हाहाहा
देश बनाउँछु भन्नुभो, तपाईको भिजनचाँहि के हो ?
देशको स्थिति हेरेर सबै नेपाली चिन्तित छौं । अब चिन्तित मात्रै भएन, केही गरौं भनेर एउटा भिजनरी लिडरलाई अगाडि ल्याउनुपर्छ । मुभमेन्टबाट हुन्छ कि, चुनावबाट हुन्छ मलाई थाहा छैन, समयले बताउँछ, एउटा वैकल्पिक शक्तिलाई पावरमा पुर्याउनुपर्छ र ९९.९ प्रतिशत आर्थिक विकासमा लाग्नुपर्छ । देशलाई एउटा सिस्टममा लगेर विकासमा जुट्ने नै मेरो भिजन हो ।
र, हाम्रो नेपालमा जति पनि स्रोत साधन छ, कृषि, हाइड्रो, पर्यटनलाई एकसाथ राखेर इको टुरिज्म विकास गर्ने मेरो एजेण्डा हो । पहिला नेता दिने, त्यसपछि सिस्टम बनाउने र विकासको एजेण्डा अघि बढाउने । लि क्वान जस्तो लिडर ल्याउनुपर्छ, नत्र नेपालको भविश्य मैले देख्दिनँ ।
नेपालमा भएको पछिल्लो राजनीतिक परिर्वतनलाई नि ? जस्तो धर्मनिरपेक्षता आदिबारे तपाई के भन्नुहुन्छ ?
धार्मिक स्वतन्त्रता हुनुपर्छ । तर, हिन्दु राष्ट्रलाई प्राथमिकता दिनुपर्छ । किनभने यो हाम्रो पहिचान हो । आफ्नो पहिचान नै भुल्यौं भने त के हुन्छ भोलि ? न नेपाल हुन्छ न नेपाली हुन्छौं ।
संघीयता नि ?
मेरो विचारमा संघीयताले राम्रो गर्दैन । किनभने हामी धेरै सानो देश छौं । झन जातीय रुपमा गर्न खोजिँदैछ, यो राजनीतिक चलखेल हो । र, फुटाउ र राज गरको सिद्धान्त अनुसार काम भइरहेको छ । यहाँ ९३ वटा जातीय समूह छ, हामी सबै भाइभाइ भएर बसेका थियौं भने अहिले किन कुरा उठाउँदैछ ?
राजा वीरेन्द्रले हिजो पाँच विकास क्षेत्र बनाएका थिए, त्यसमै गएर पनि विकास गर्न सकिन्छ । एउटा नेपालमा राम्रो सिस्टम हिजो नै थियो, वडा छ, जिल्ला, अञ्चल छ । तर, शक्ति विकेन्द्रीकरण गर्न सकेनौं त्यसमा ।
मेरो विचारमा संघीयतामा जाँदैमा समाधान हुँदैन, आर्थिक विकासले मात्र हुन्छ । देशको विकास नै हुँदैन भने संघीयतामा गएर के गर्नुहुन्छ ? लिम्बुवान भन्नुस्, कि थारुवान भन्नुस् वा वाहुन । त्यसको केही मान्यता रहँदैन ।
राज्यले के गर्नुपर्छ भने जातीय समूहको पहिचान गर्नुपर्छ, रहन-सहन, भाषा-संस्कृतिको रक्षा र प्रवर्द्धन गर्नुपर्छ ।
समानुपातिक समावेशीबारेचाहिँ तपाईको धारणा के छ ?
यहाँको शासक वर्ग हेर्ने हो भने धेरैजसो बाहुनक्षेत्री मात्रै देखिन्छ । संघीयतालगायतको कुरा आएको पनि त्यही कारण हो । किनभने उनीहरु ठूलो पदमा पुगेका छैनन् । पार्टीहरु पनि बाहुनले नै चलाएका छन् । यसबारे हामीले नियालेर हेर्नुपर्छ र किन उनीहरु (अन्य जातिहरु) पछाडि परे भनेर अध्ययन गर्नुपर्छ ।
र, मेरो विचारमा पछाडि परेका समुदायलाई आरक्षण दिनुपर्छ । तर, ६०१ जनालाई संसदमा ल्याउनु समाधान होइन ।
यदि हामी गलत छैनौं भने सन् २०१२ र १०१६ को दुबै चुनावमा तपाईले अमेरिकाका अल्पसंख्यक समुदायको आवाज उठाउन चाहन्छु भन्नुभएको थियो । त्यहाँ उनीहरुलाई कसरी सम्बोधन गरिएको छ ?
अमेरिकाको राजनीतिमा आरक्षण छैन । त्यसैले मैजस्तो अल्पसंख्यकले संघर्ष गर्नुपरेको छ । तैपनि दोस्रो स्थानमा आएको छु, यो राम्रो हो । जहाँसम्म आरक्षणको कुरा छ, कालो र गोरा समुदाय हो । तल परेको कालो समुदायका लागि अफर्मेटिभ एक्सन प्लान भनेर स्कुलदेखि सरकारी अफिससम्म कोटा सिस्टम लागू गरिएको थियो ।
हाम्रो नेपालमा पनि पछाडि परेको समुदायलाई माथि नउठेसम्म आरक्षण दिनुपर्छ । तर, राजनीतिमा हुन्न । किनकि समानुपातिकका नाममा करोडौं झोलामा बोकेर हिँडेको समाचार तपाईहरुबाटै मैले सुनेको हो ।
शासकीय स्वरुप नि ? नेपालमा कस्तो हुनुपर्छ ?
गणतन्त्र, धर्मनिरपेक्षता जस्ता मेरो आफ्नो व्यक्तिगत अडान हुन सक्छ । तर, यो मैले निर्णय गर्ने होइन । यसमा जनमत संग्रह गर्नुपर्छ ।जनताले जे निर्णय गर्छन्, त्यसलाई तपाईले मान्नैपर्छ
यहाँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनैपर्छ । यो नभएसम्म राजनीतिक स्थिरता आउँदैन । र, राजनीतिक स्थिरता नभएसम्म आर्थिक विकास सम्भव छैन, यो सबैले बुझ्न जरुरी छ ।
योसबै सुन्दा यदि तपाईँ नेपालको राजनीतिमा आउनुभयो भने परिर्वतनका एजेण्डा भनिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीबारे पुनर्विचार गर्नुहुन्छजस्तो देखियो । अहिलेको संसदीय प्रणाली पनि नमान्नेजस्तो देखियो । सही हो ?
तपाईले भनेको कुनै विषयमा मेरो आफ्नो व्यक्तिगत अडान हुन सक्छ । तर, यो मैले निर्णय गर्ने होइन । यसमा जनमत संग्रह गर्नुपर्छ । किनभने यो राष्ट्रको विषय हो, एकजना व्यक्तिको कुरा होइन ।
तर, जनमत संग्रहको खतरा पनि त हामीले बेलायतमै देखिसक्यौं नि ?
जनताले जे निर्णय गर्छन्, त्यसलाई तपाईले मान्नैपर्छ । म एक्लैले सबै निर्णय गरेँ भने त तानाशाह भइहालें नि । तर, एउटा कुरा भन्छु, नेपाललाई अगाडि बढाउन कमसेकम ४/५ वर्ष लोकतान्त्रिक तानाशाह चाहिन्छ ।
किन ?
किनभने हामी यति खस्किसकेका छौं कि कहाँबाट सुरु गर्ने ? हरेक चिज भताभुंग छ । त्यसैले त्यो नेतृत्वले मात्रै देशलाई अगाडि बढाउन सक्छ ।