“मेरो पहिलो काम अपराध रोकथाम तथा नियन्त्रण”
प्रकाशित मिति : २०७३, २५ माघ मंगलवार ०८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
प्रहरी निरीक्षक राजन कुमार गौतम लामो समयदेखि प्रहरी सेवामा हुनुहुन्छ । भखरै मात्र वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुखमा सरुवा भई आउनुभएको छ । नेपालगन्जको सुरक्षा अवस्था र सुरक्षा रणनितीका बारेमा प्रहरी निरीक्षक राजन कुमार गौतमसंग हाम्रा प्रमुख संवाददाता सौरभ गिरीले गर्नुभएकोे कुराकानीको सारसंक्षेप :
Advertisement
मैले यस कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले पछि बिशेष गरी नेपालगन्ज उपमहानगरपालिका भित्रको शान्ती सुरक्षाको स्थिती सामान्य रुपमा चलिरहेको छ । प्रहरीको काम कारबाहीलाई बिश्वास गरी अपराध रोकथाम तथा नियन्त्रण गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा अनबरत लागी रहनु भएका हाम्रा शुभचिन्तक नगरबासी दाजुभाई दिदिबहिनीको सकारात्मक सहयोगको परिणाम स्वरुप नगर अपेक्षाकृत राम्रो छ । अपराधिक घटनाहरुको बिषयमा खुल्ला सिमानाको कारण युवाहरु लागु औषध दुर्ब्यशनीमा ठुलो संख्यामा संलग्न भएका छन् । यिनै दुर्ब्यशनीहरुले पैसा अभाबका कारण फुटकर चोरीमा संलग्न भएका घटनाहरु घट्ने गरेको छ ।
जहासम्म प्रहरी जनशक्ति कमि हुने भनेको समस्या समग्र देशब्यापी समस्या रहेको पाइन्छ । बढ्दो जनसंख्या, शहरीकारणको प्रभाब, खुल्ला सिमाना जस्ता कारणले प्रहरी जनशक्ति जहाकहिँ पनि कमि हुने गरेको छ, यद्यपि वडा प्रहरी नेपालगन्जसंग रहेको १०० जनाको प्रहरीबाट बिस्तारित उपमहानगरपालिकाको क्षेत्रफ़ललाई निरन्तर निगरानी, गस्ती, पेट्रोलिंग गर्ने हम्मे हम्मे हुने गरेको छ । अर्को तर्फ़ प्रहरी भनेको सिम्बोलिक पद्दति हो, यदी हामी, नागरिकहरु कानुन, शान्ती र शुब्यबस्था तर्फ साच्चै नै जवाफदेहि भएर लाग्ने हो भने अपराधजन्य कुनै पनि सुचनाहरु समाजले देख्दै, भोग्दै र थाहा पाउदै आएको हुन्छ, यदि प्रहरीलाई समयमा सुचना उपलब्ध हुनसके वा घटना पश्चातको गतिबिधिलाई प्रहरी समक्ष्य पुर्याइदिनेहो भने हालको प्रहरी जनशक्तिले पनि पर्याप्त काम दिन सक्छ । प्रहरी भनेको कानुनको उपस्थिथि हो यदि हामीले त्यसलाई स्वीकार वा आत्मसाथ ग¥र्यो भने गुणात्मक कामको सुधार हुन्छ । अन्यथा प्रहरी जनशक्ति बृद्धिले मात्र काम हुन्छ भन्नुमा म कम बिश्वाश गर्छु ।
खुल्ला सिमाना, गरिबी, शिक्षाको कमी, छोरीलाई पढाइ र अवसरबाट टाढा राख्ने परम्परागत सोच र ग्रामिण भेगमा हुदै आएका कम उमेरका बिवाह जस्ता सामाजिक क्रियाकलापले मुलत सामाजिक र कानुनी अप्ठेराहरु आइरहेका छन् ,र यसका लागी राज्यका जिम्मेवारी पक्षहरु एक ठाउमा उभिएर कानुन कार्यान्वयन र जनचेतना मुलक कार्यक्रमहरु लिएर निरन्तर लागिरहनु पर्दछ । म आए पश्चात मेरो सहकार्यमा जिप्रका महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायक प्रहरी र बिभिन्न संघ सस्थाहरु सहित हामि गाउँ टोलमा कार्यक्रम राख्दै अगाडी बढिरहेका छौ र रहिरहनेछौ तर यसमा समय पनि लाग्छ ।
प्रहरी कार्य भनेको जटिल र अकल्पनीय परिस्थितीहरुको सामना गर्नुपर्ने निकाय हो । अहिले प्रहरीले गर्दै आएको सेवा शैली भनेको प्रोएक्टिभ र रीएक्टिभ अर्थात अपराध नियन्त्रणका लागि गरिने खुल्ला र बन्द प्रहरी परिचालन र अर्को प्रतिक्रियात्मक प्रहरी कार्य जुन घटना घटीसकेपछि पुगिन्छ । यहा फेरी म त्यहि कुरा दोहर्याउछु, कुनै पनि अपराधि घटना घटाउनका लागी त्यसले केहि समय अघिबाटै तयारी गर्ने गर्दछ जुनकुरा प्रहरीलाई भन्दा पहिला त्यस असमाजीक ब्यक्ति, परिवार, साथीभाईलाई थाहा हुन्छ ।
हो यहि चरणमा प्रहरीले सुचना पायो भने अपराध, घटना घट्नु भन्दा अगाडीनै पुग्ने सिस्टमको बिकाश हुन्छ । सिमित प्रहरीले सम्पूर्ण गाउँ टोल, घरलाई प्रत्यक्ष निरन्तररुपमा निगरानी गर्नलाई प्रहरीको कार्य बिबिधताले सकिएको छैन, अन्यथा हामीले घटनालाई सुचना प्राप्त भए पश्चात यथासक्य चाडो पुग्ने प्रयासलाई सुधार गर्दै लगिरहेका छौ । हामीलाई सुचना दिनुहोश हामि हजुरहरुको सुरक्षा गर्न सदा तत्पर छौ ।
कुनै पनि ब्यक्ति प्रहरी हिरासतमा राख्दा मानशिक वा शारीरिक यातना दिने कुरामा प्रहरी निकै सचेत छ । पछिल्ला बर्षहरुमा हेर्ने हो भने प्रहरी संगठनले तालिम प्रदायक संस्थाहरुबाट बार्षिक तालिम क्यालेण्डरमा सामाबेश गरी मानबअधिकार सम्बन्धि तालिमहरु प्रदान गरिदै आएको छ । त्यसैगरी बिभिन्न समयमा कार्यालय प्रमुख, अञ्चल तथा क्षेत्रिय प्रहरी प्रमुखहरुबाट पनि “प्रहरी मेरो साथि”को नारा र आसयलाई हामी यथा सम्भब ब्यबहारमा ल्याउन खोजिरहेका छौ, जसरी एउटा समस्या परेको साथीले परिवार भन्दा माथि साथीलाई विश्वसनीय ठानेर आफ्नो समस्या सुनाउछ त्यसैगरी हामी पनि अपराधजन्य क्रियाकलापबाट पिडित नागरिक समक्ष साथि बनेर हामीलाई बिश्वाशका साथ् आफ्नो पिडा समस्या पोख्नुहोस भन्ने अपेक्षा राखेका छौ ।
प्रत्येक टोलबासी, राजनीतिक दलहरु, बिभिन्न संघ सस्थासंग आबद्द शुभचिन्तकहरु र आम नागरिकहरुसंग म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्पूर्ण सहि सुचना प्राप्त गर्ने तथा प्रहरी कामकारबाहीको बारेमा स्वस्थ पृष्ठपोषण लिने र प्रहरी आफ्नै आन्तरिक सुचना प्रणालीको समेत सुचना लिई अपराध न्युनिकरण र अनुशन्धानलाई गतिशील बनाउनलाई परेको छु । त्यसैगरी बिभिन्न टोलहरुमा “फोकल प्रसन”हरु निर्माण गरी सुचना प्राप्त गर्दै आएको छु । जसको परिणाम स्वरुप काठ तस्करी, अबैध भन्सार छली बरामद, गुण्डागर्दी र लागु औषध दुर्ब्यशनीमा फसेकाबाट हुने फुटकर चोरिमा नियन्त्रण गर्ने कार्य सजिलो भएको छ र समाजमा सुचना बिना प्रहरी केहि गर्न सक्दैन ।
आज सम्म जेजस्ता काम भएका छन् ति सबै आम नगरबासी दाजुभाई, दिदीबहिनी र शुभचिन्तकहरुबाटै मिलेको सहयोगको फल हो र यसमा पनि हार्दिक अनुरोध गर्दछु कि हजुरहरुको सहयोग प्राप्त भए थप काम गर्ने बिश्वाश व्यक्त गरेकॊ छु ।
आम नागरिकज्युहरु तथा मुख्यत नगरबासीहरुमा एउटै अनुरोध छ कि हामीलाई हजुरहरुको नजरमा परेका साना साना खबर पनि दिनुहोस जसबाट हामि अपराधको जड सम्म पुग्न सक्छौ । अन्तमा प्रहरी बर्दीमा छ भने आमनागरिक बिनाबर्दीका प्रहरी हुनुहुन्छ तसर्थ हजुरहरुको सहयोग नै प्रहरीको सफलताको कडी हो ।