“नेविसंघ जसलाई कुनै शक्तिले पराजित गर्न सक्दैन”
प्रकाशित मिति : २०७३, २९ माघ शनिबार ०९:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
स्ववियु निर्बाचनका सन्दर्भमा नर्सिङ्ग क्याम्पस नेविसंघ इकाइ कमिटी नेपालगन्जको चुनावी रणनितीका सन्दर्भमा नर्सिङ्ग क्याम्पस नेविसंघ इकाइ कमिटी नेपालगन्जकी अध्यक्ष एव स्ववियु सभापति पदकी उम्मेद्वार सुस्मिता आचार्यसंग बागेश्वरीपोष्ट डटकमले गरेको कुराकानीको सारसंक्षेप:
Advertisement
लामो समयको अन्तराल लगभग एक दशकमा हुन गईरहेको स्ववियु निर्बाचन हामी सबै बिद्यार्थीका लागिनै एउटा हौसलाको बिषय हो । नेपालका बिभिन्न क्याम्पसहरुमा हुन गईरहेको यस स्ववियु निर्बाचनका लागि यस नर्सिङ्ग क्याम्पसमा नेपालगन्जमा समेत तिब्र तयारी भईरहेको छ । नेपाल बिद्यार्थी संघ भनेको नेपाली कांग्रेसको भातृ संगठन हो जसमा साझा र स्वस्छ मनोबल भएका मान्छेहरु संगठित रुपमा लागेका छन ।
यस क्याम्पसको बिगतमा भएको निर्बाचनलाई हेर्ने हो भने हाम्रो नेविसंघले अग्रता हाशिल गरेको थियो र त्यो इतिहाशलार्इ फेरी पनि ब्युझाउनको लागि नेविसंघ एकाई कमिटि नर्सिङ्ग क्याम्पसमा नेपालगन्ज निरन्तर लागि परेको छ । निर्बाचनको तयारीका सन्दर्भमा नेविसंघको आफ्नै स्वच्छ सिदान्तमा अडिग भएर हामी अगाडी बढिरहेका छ । हामीले निर्बाचनको प्रचार प्रसारमा तिब्रता दिइरहेका छौ तर कसैलाई पनि दबाबमा राखेर हामी काम गर्न चाहदैनौ । क्याम्पसकै मर्यादामा रहेर शिक्षक, शिक्षिकाकै मार्ग दर्शनलाई आत्मसाथ गर्दै सम्पूर्ण छात्राहरु संग हातेमालो गर्दै लागिरहेका छौ । यस क्याम्पसमा नेविसंघ बलियो छ र हाम्रो आत्मबिश्वास सधै अटल रहिरहनेछ भन्ने कुरामा म लगायत हाम्रो साथिहरु जोड दिन चाहान्छौ।
म यस नर्सिङ्ग क्याम्पसमा नेपालगन्जको स्ववियु निर्बाचनमा नेविसंघका तर्फबाट सभापति पदको उम्मेद्वारी दिन गईरहेको छु । हाम्रो आ-आफ्नै एजेन्डाहरु रहेका छन् जसमा स्वास्थ्यमा लुप्त अवस्थामा रहेका बिभिन्न कुराहरुलाई फेरी पनि एकपटक उजागर र ज्वलन्त बनाउने । हरेक संस्थामा आ-आफ्नै समस्याहरु रहेका छन् जसमध्ये यहा रहेका समस्याहरुलाई सम्पूर्ण प्रशासन, बिद्यार्थी, शिक्षकबर्गको सहमतिमा पहिल्याउने र समाधानको उपाय अपनाउने हुनेछ । साथसाथै यस नर्सिङ्ग क्षेत्रमा चाहे त्यो अस्पताल या क्याम्पस जहासुकै बाट होस् हामी परिचारिकाको समस्याहरु बुझेर त्यसको लागु हुनेमा सबैको ध्यानाकर्सन गराउने भन्ने कुरा हो । हाल हाम्रो देशमा कोटा प्रणाली भएता पनि अधिकांस महिलाहरु उक्त सुबिधा उपयोग गर्नबाट बन्चित छन र कोटाको सम्बन्धमा पनि बर्तमान समयमा सम्पन्न महिलाहरुको मात्र हाबी रहेको छ जसमा पिछीडिएका महिला, बिपन्नबर्गका महिलाको हकहित सम्बन्धमा आवाज उठाउने सोच रहेको छ ।
निर्बाचन भनेको एउटा खुला प्रतिष्पर्धा हो जसमा एक जीत र अर्कोको हार हुने पक्का हो । हाम्रो नेविसंघले स्ववियु निर्बाचन जित्ने आधारहरु बलिया छन्, जसमा हामीमाझ हाम्रो इतिहाश साक्षि छ । यो एउटा प्रजातान्त्रिक पार्टी भएकाले गर्दा पनि अधिकांश बिद्यार्थीहरुमा नेविसंघ प्रति प्रगाढ आस्था रहेको पाइएको छ । बिगतका दिनहरुमा या क्याम्पसको स्तरोन्नतिकालागि गरिएका कार्यहरु पनि प्रशंसा गर्न योग्य छन । हाम्रो नेविसंघ सफा मन, दह्रो मुटु बनाएर मैदानमा उत्रिसकेका छन जसलाई कुनै शक्तिले पराजित गर्न सक्दैन ।
एकदमै सान्दार्भिक प्रश्न, बिद्यार्थी राजनीति एउटा नेपालको राजनैतिक पक्षको सबल क्षेत्र हो । आजका बिद्यार्थी राजनीतिज्ञ भनेका भोलिका देश हाक्ने व्यक्ति हुन्, शैक्षिक एजेन्डाका साथसाथै राजनीतिक एजेन्डा बोकेर बिद्यार्थी राजनीतिक अगाडी बढेको छ तर हाम्रा नर्सिङ्ग क्याम्पसको परिपेक्षमा कुरा गर्नुपर्दा चाही यो अलि मेल नखाला पनि । राजनीतिक एजेन्डा बोकेर अगाडी आफ्नो बाटो पहिल्याईरहेको एउटा जिम्मेवार व्यक्तिले कहिले पनि पछि हट्दैन। एउटा युबा राजनीतिक एजेन्डा बोकेर पछि सरकारमा आफ्नो स्थान सुनिस्चित गरेमात्र हाम्रो शैक्षिक क्षेत्र सबल हुन सक्छ ।
स्ववियु निर्बाचनमा २८ बर्षे उमेर हदबन्दीको सन्दर्भमा म एकदमै सहमत छु किनकि नेपालको राजनीति भनेको अलि वृद्द र पाका मानिसहरुले गर्ने राजनीति हो मेरो बिचारमा तर मेरो बिचार अरु सग सहमत नहुन सक्ला पनि । यस उमेरको हदबन्दीको प्राबधानले गर्दा बिद्यार्थी बाहेक अन्य व्यक्तिहरुले पदको दाबेदार हुन पाउदैनन जसले गर्दा युबा नेतृत्वको लागि नया मार्ग सृजना हुन्छ । म पनि एउटा बिद्यार्थी उम्मेदवार हुदै गर्दा आफु गर्बका साथ् भन्छु बिद्यार्थी राजनीतिको प्रतिफल सायदै मिठो हुनेछ जसका लागि सम्पूर्ण मेरा सुभचिन्तक दिदि बहिनीहरुमा अत्याधिक मतले नेविसंघलाइ बिजयी गराउ भन्ने हार्दिक अपिल गर्न चाहान्छु ।
जय नेपाल !