यी सुन्दरीले कसरी कमाइन् सामाजिक सञ्जालमा फोटो राखेर लाखौं डलर ?
प्रकाशित मिति : २०७३, २१ फाल्गुन शनिबार १६:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२१ फागुन । ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् ।
Advertisement
इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा कमाउँछिन् ।
उनको प्रत्येक पोष्टले औसतमा २५ हजार लाईक प्राप्त गर्ने गरेको छ । त्यसैकारण अहिले थुप्रै कम्पनी आफ्ना उत्पादनका विज्ञापन उनको एकाउन्टमार्फत गर्न चाहन्छन् । उनले केही कपडा, गहना, पेय पर्दाथ र कस्मेटिक प्रडक्टको विज्ञापन गरिसेकी छिन् । अहिले थप सम्झौताहरु समेत उनी गर्दै्छिन् ।
अस्टेलियाकी गाब्रियल्लीले गोल्ड कोस्ट बुलटेनिसँगको अन्तरवार्तामा टेलिभिजन तथा एजेन्सीका विज्ञापनमा मोडलिंग गरेरभन्दा इस्टाग्राममा फोटो अपलोड गरेर धेरै कमाउने गरेको बताएकी हुन् । उनले मोडलिंग गर्नुअघि विभिन्न एजेन्सी, आयोग तथा सरकारलाई तिर्नुपर्ने ट्याक्स समेत गरेर मोडलको भागमा निकै कम पैसा आउने बताएकी हुन् ।