कलाकारिता र नर्सिङ पेशालाई साथसाथै लैजान्छु : रेश्मा
प्रकाशित मिति : २०७३, ५ चैत्र शनिबार २१:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
आफ्नो पहिलो चलचित्र ‘यो साइनो मायाको’ को प्रमोसनका लागि काठमाडौं आउँदा उनलाई त्यति धेरै सहज लागेन । काठमाडौंवासी आफैंमा व्यस्त भएका, सधैं हतारमा रहेका जस्तो लाग्यो उनलाई । तर काठमाडौं ‘फ्यान्टास्टिक’ पनि लाग्यो उनलाई ।
Advertisement
विराटनगरमा आफ्नो पहिचानलाई उँचो बनाउने धाउन्नमा रहेकी रेश्मा घिमिरे चलचित्र ‘यो साइनो मायाको’ मार्फत नेपाली दर्शकको मन जित्ने ध्याउन्नमा छिन् ।
सन् २०१४ मा मिस पूर्वेली सुपर मोडलको ताज जितेकी घिमिरे नर्सिङकी विद्यार्थी पनि हुन् । विराटनगरमै बीबीएस दोस्रो वर्षमा अध्ययन गर्दै गरेकी घिमिरे पढाइ र अभिनयलाई सँगै लैजाने आफ्नो योजना रहेको बताउँछिन् ।
‘अभिनय मेरो सानैदेखिको रुचि हो । तर म पढाइलाई पनि उही रफ्तारमा लैजान चाहन्छु,’ उनी भन्छिन्, ‘तर कहिलेकाहीँ मोडलिङले पढाइलाई भने असर पार्ने रहेछ ।’
सानैदेखि परिवार तथा साथीहरूले अभिनय गर्न सक्छौ भनेर हौसाएपछि उनले आफ्नो शोखलाई पूरा गर्नुपर्छ कि भन्ने ठानिन् ।
परिवारमा अन्य सदस्य अभिनय विधामा नभएपनि आफूले यस क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्छ उनलाई । ‘हाम्रो परिवारमा म मात्र छु यो क्षेत्रमा लागेको ।’
अझै अभिनयको तालीम नलिएपनि आफूले यो क्षेत्रमा काम गर्न सक्छु भन्ने पूर्ण विश्वास छ । भन्छिन्, ‘यो मेरो रहर पनि हो । रहर भएको काममा प्रगति गर्न त्यति गाह्रो हुँदैन नि ।’
‘म अहिले पनि कहिलेकाहीँ गितार बजाउँदै गीत गाउने गर्छु,’ अलिकति मुस्कुराउँदै भन्छिन्, ‘कुनै बेला त गायिका नै बन्छु भन्ने पनि लाग्थ्यो । अहिले पनि यसको बारेमा सोच्छु ।’
मिस पूर्वेली सुपर मोडल भएपछि उनमा अझ धेरै आत्मबल बढ्दै गयो । आफूले गाउन सक्छु, साथी समूहलाई प्रभावमा पार्न सक्छु भन्ने पहिलेदेखि नै लाग्थ्यो उनलाई । ‘आफैंप्रति विश्वास थियो । विश्वासले मान्छेको आत्मबल बढाउने रहेछ,’ उनी भन्छिन् ।
आफ्नो पहिलो चलचित्रलाई उनी ‘ड्रीम प्रोजेक्ट’ भएको बताउँछिन् । फिल्ममा आफ्नो भूमिका गायकलाई सपोर्ट गर्ने गर्लफ्रेन्डको रहेको उनी बताउँछिन् । ‘फिल्ममा म एक प्रेमिकाको भूमिकामा छु,’ उनले मुस्कुराउँदै सुनाइन् ।
प्रायः नर्सिङ पढेका युवतीहरू पढ्नका लागि विदेश गएपनि उनी भने नेपालमै आफ्नो भविष्य खोजिरहेकी छिन् । ‘हामीसँगै पढेका साथीहरूमा जम्मा दुईचारजना मात्र नेपालमा छौं होला,’ उनी भन्छिन्, ‘ तर विदेश गएका साथीहरूले पनि नेपालमै बस् भन्ने सल्लाह दिन्छन् ।’
उनलाई लाग्छ, नेपालमा पनि केही गर्न सकिन्छ । भविष्य सुनिश्चित गर्न सकिन्छ ।
पढाइले गर्दा समय भने मिलाउनैपर्छ उनले । आफ्नो पढाइ छोडेर फिल्म खेल्ने उनको योजना छैन । ‘तर फेरि पनि प्रेममा चुर्लुम्मै डुबेकी प्रेमिकाको भूमिकामा अभिनय गर्न भने मन छ,’ आफ्नो पहिलो चलचित्रमा प्रेमिकाका रूपमा प्रस्तुत भएकी घिमिरेले आफ्नो इच्छा यसरी व्यक्त गर्छिन् ।
तर प्रेम भएको र नभएको बारे भने उनी खुलाउन चाहन्निन् । ‘बच्चा बेलामा त सबै एकपटक प्रेममा पछ्र्रन् होला,’ लामो हाँसो हाँस्दै उनी थप्छिन् ।
नर्सका रूपमा विराटनगरकै एक हस्पिटलमा जागिरे समेत रहेकी घिमिरेलाई समय मिलाउन अहिले पनि गाह्रो छ । तर उनलाई प्यासन र प्रोफेसनलाई भने साथै लैजान पनि मन छ ।
‘कलाकारिता र नर्सिङ पेशालाई साथसाथै लैजाने रहर भएर नै यो क्षेत्रमा आएँ । मलाई आफूले यी दुवै क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने लाग्छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।