राजनीतिमा उमेर भन्दा क्षमता र आत्मविश्वास महत्वपूर्ण हुन्छ
प्रकाशित मिति : २०७४, ६ असार मंगलवार २१:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सक्रिय राजनीतिमा क्रियाशील हुने कुरा त परको थियो तर कोहलपुर नगरपालिकाको उप मेयरको उमेद्वार बन्छु भनेर करिब एक महिना अघिसम्म कल्पना नै गरेको थिइन् । नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको उप मेयरकी उमेद्वार सञ्जु कुमारी थारुले कुराकानीका क्रममा सबैभन्दा पहिले व्यक्त गरेको भनाई थियो । विद्यालय तहदेखि उच्च स्नाकोत्तर तह सम्मको अध्ययनका क्रममा सधै अब्बल विद्यार्थीको सूचिमा सूचिकृत हुन सफल थारु उप मेयर पदका अन्य ७ जना उमेद्वारहरु भन्दा उमेरले कान्छी उमेद्वार बनेकी छिन् । २६ वर्षको उमेरकी सम्भवतः सबै उमेद्वारहरु भन्दा उमेरले कनिष्ठ उमेद्वार पनि हुन् । तर उनको व्यक्तित्व, नेपाली राजनीततिमा उनको दख्खल, अध्ययनले उनको क्षमता र आत्मविश्वासलाई उमेरले भने कत्ति पनि प्रभावित पार्न नसक्ने प्रमाण उनले दिएकी छिन् ।
अझ उनले नेपाली काँग्रेस बुढा तथा प्रौढहरुले मात्र अवशरको रुपमा उपयोग गर्ने पार्टी हो भन्ने आरोपलाई पनि उनले चिर्न सफल भएकी छिन् । नेपाली काँग्रेसबाट मेयर पदमा मनोनयन दर्ता गराएका मेयर पदका उमेद्वार भानुभक्त भट्टराई भन्दा आधा भन्दा पनि कम उमेर अन्तरकी थारु स्नाकोत्तर तहको अध्ययन अन्तिम चरणमा पुग्दै गर्दा विद्यालय सञ्चालन समेत गरिरहेकी छिन् ।
नेपाली कांग्रेस पाटीलाइ बुढाखाडाको पाटी भनेर आरोप लगाउने गरेका छन् । नेपाली कांग्रेस नगरपालिकाको मेयरको उमेरभन्दा करीव उपमेयरको उमेर झन्डै आदा रहेको छ ।
कोहलपुर नगरपालिका थारु समूदायको बाहुल्यता भएकाले आफु थारु समूदायबाट प्रतिनिधित्व गर्ने शिक्षित र युवा नेतृ भएतापनि आफ्नो चुनाव जित्ने आधार नै थारु समूदायको भोट मात्र नभई आपूmले पाउँदै आएको सबै बर्ग र समुदायको सद्भाव र सदासहायता रहेको उनको भनाई छ ।
विविध विषयमा उप मेयर पदकी उमेद्वार थारु संग बागेश्वरीपोष्ट लागि पत्रकार कमला हमालले तयार पारेको कुराकानीको सम्पादित अंश ।
१. तपाईको राजनीतिक यात्रा कहाँबाट शुरु भयो ? पाटीमा लागेर कतिको अवसर पाउनुभयो ?
राजनीतिक पृष्ठभूमी रहेको पारिवारमा हुर्केको कारणले पनि हुन सक्छ, सानै उमेरदेखि नेपाली काँग्रेको विचारलाई राम्ररी महशुस गर्न पाए । विद्यालयस्तरमा अध्ययन गर्ने क्रममा मेरो परिवारको अभिभावक यस क्षेत्रकै अगुवा र संस्थापक व्यक्ति भएकाले अझ नजिकबाट नेपाली काँग्रेसलाई चिन्न पाए । लोकतान्त्रिक व्यवस्था, समाजवाद र वि.पी. कोइरालाको दुरगामी सोचबारे एस एल सी उत्तिर्ण हुनु पूर्व नै अध्ययन गरिसकेकी थिए । सायद मेरो राजनीतिक प्रति लगाव यसै समयमा तिब्र रुपमा बढ्दै गयो अझ भनौ यहि समयकालदेखि मेरो राजनीतिक यात्राको थालनी पनि भयो । अर्को कुरा राजनीतिलाई अवशरको रुपमा मैले कहिले पनि बुझिन् । आवश्यकताको सिद्धान्तलाई आत्मसाथ गर्दै अहिलेसम्म आइरहेकी थिए अहिलेको आवश्यकता नेपाली काँग्रेसलाई सञ्जु थारु जस्तोको रहेछ, तसर्थ पार्टीको निर्देशनमा मेरो उमेद्वारी पर्न गयो ।
२. तपाइको चुनाव जित्ते आधार के हो ? तपाईले उमेद्वारी परेको पदमा अन्य ठुला २ दल नेकपा एमाले र माओवादी केन्द्रले पनि थारु समुदायकै महिला उमेद्वारलाई अघि सारेपछि चुनावी परिणामलाई कसरी विश्लेषण गर्नुभएको छ ?
कोहलपुर क्षेत्र भनेको विशेष गरी थारु समूदायको बाहुल्यता रहेको क्षेत्र हो । नगरवासीले राम्ररी बुझेका छन् थारु समूदायबाट प्रतिनिधित्व गर्ने एक शिक्षित,सक्षम र युवा जागरुक नेतृको रुपमा नगरवासीहरुले मलाई हेरिरहनुभएको छ तर नगरका सम्पूर्ण महिलाहरुको हक हित र अधिकारका सवालमा वकालत गर्ने महिलाको रुपमा मलाई विश्वास गर्नुभएको छ, म नगरवासीले गरेको विश्वासलाई काम गरेर देखाउन चाहन्छु, मेरो चुनाव जित्ने आधार नै म हो अर्थात नगरवासी अझ नगर क्षेत्रमा रहने सम्पूर्ण महिला वर्ग हो । महिलाहरुको हक हित तथा उनीहरुका सामाजिक,आर्थिक तथा सामाजिक विकासका काम गर्ने एजेण्डा भएकाले उनीहरुकै बहुमत नै आफ्नो चुनाव जित्ने मेरो अर्को आधार पनि हो । अर्को कुरा अन्य दलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उमेद्वारहरु भन्दा उमेरले क सानो हुँला तर विचार र आत्मविश्वासमा भने उहाँहरु भन्दा म कम छैन । कोहलपुरलाई सम्बृद्ध नगरका रुपमा विकसित गराउने म सँग स्पष्ट रोडम्याप छ, स्पष्ट खाका छ, स्पष्ट एजेण्डा छ । निर्वाचन पछिको मतपरिणामले नै तपाईका धेरै जिज्ञासाहरु समेट्न सक्छ अर्थात परिणाम मेरै पक्षमा आउने पक्का छ ।
३. तपाइको मुख्य चुनावी एजेण्डा के रहेको छ ?
आफु स्वयम पनि महिला, आदीबासी, जनजाती समूदायको उम्मेद्धार भएकाले पनि आफुले दलित, अपाङ्ग मुस्लिम तथा पिछडिएका क्षेत्र समेट्ने गरी उनीहरुका मुद्धालाइ उठान गरी समस्या समाधान गर्नतर्फ लाग्ने प्रतिबद्धता हरेक ठाउँमा राख्दै आएकी छु । सामाजिक सचेतना, महिला सचेतना, महिला उद्यमशिलता मेरो पहिलो प्राथमिकता रहने छ । थारु, मगर, अवधी, कर्णाली क्षेत्र, ब्राह्मण क्षेत्री र अन्य लोपन्मुख समुदायको प्राचिन कला संस्कृति र सभ्यतालाई जीवन्त राख्न प्रदेश स्तरीय संग्राहलय स्थापना गर्न कुनै कसर बाँकी राख्ने छैन ।
यस्तै अर्को कुरा थारु, मधेशी तथा पिछडिएका समूदायका व्यक्तिहरु दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने भएकाले उनीहरुलाई संगठित गरि दक्ष जनशक्तिलाइ सरकारी मापदण्ड अनुसार योग्यता एवम् शिप समबन्धि प्रमाणप्रत्र प्रदान गर्ने तथा अन्य मजुदर वर्गहरुको क्षमता अभिवृद्धिका लागि सीप विकास सम्वन्धि कार्यक्रम सञ्चालन हुनेछन् ।
आपूm एक स्नाकोत्तर महिला भएकोले कोहलपुर क्षेत्रलाइ सवै समूदायको हितमा रहि कोहलपुर नगरलाइ भष्टाचार मुक्त नगर निर्माण गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउने नमूना शहर बनाउने लगाएत सबै वर्गा, क्षेत्र र समुदायलाई सम्बाृेधन गर्ने एजेण्डा सहित चुनावी प्रतिस्पर्धामा उत्रिएकी छु ।
४. थारु समूदायले तपाईप्रती कस्तो अपेक्षा गरेका छन् ?
थारु समुदायको विकास र उत्थानका लागि विभिन्न नीति तथा कार्यक्रम नबनेका होइनन् । कार्यान्वयनको सवालमा एकदमै न्यून परिणाम देखिएको छ । थारु समुदायमा शिक्षित वर्गको संख्या तुलनात्मक रुपमा बढ्दै छ । चुनावी घरदैलो कार्यक्रममा थारु समूदायको आश तथा भरोसाको केन्द्रका रुपमा मतदाताहरुले मलाई लिनुभएको छ । अव कुनै काम गर्नलाइ केन्द्रका नेता गुहार्नुपर्ने नभइ सञ्जु स्थानीय छोरी चेली भएकाले सबै सवालमा केन्द्रसम्म पहुँच राख्ने पुल बन्ने विश्वास तथा आशा मेरो समुदायको छ ।
५. नेपाली कांग्रेसलाइ बुढाकाढाको पाटी भनेर आलोचना गरेका छन् तपाइ के भन्नुहुन्छ ?
२००३ सालमा नै पजातन्त्रलाई मुलकुमा संस्थागत गर्नको लागि स्थापित अगुवा पार्टी हो नेपाली काँग्रेस । पुरानो राजनीतिक दल भएकाले पुराना धेरैभन्दा जेष्ठता भएका व्यक्तिहरु आज पनि उत्तिकै क्रियाशील भएकाले यस्ता आरोपहरु स्वभाविक नै हुन् । पुराना बुढा तथा प्रौढहरु मात्र हालि मुहाली मार्टीमा हुने भए २६ वर्षकी सञ्जु कसरी उप मेयरको उमेद्वार बन्न सफल भई त ?
६. असार १४ गते नेपाली कांग्रेस तथा तपाइका पक्षमा नतिजा आउँछ त ?
नेपाली कांग्रेस पाटी नेपालकै सवैभन्दा ठूला रानीतिक संस्कारको विकास गर्ने पार्टी हो । नेपाली काँग्रेस जे बोल्छ, जसरी भएपनि बोलेको कुरा पुरा गर्ने भएकाले जनताले रुचाएको, जनतामा भिजेको, सक्षम र विकासवादी नेतृत्व पाएकाले पक्कै पनि नेपाली काँग्रेसका सम्पूर्ण सबै तहका उमेद्वारहरु बिजयी भइसक्नु भयो अब घोषणा असार १४ पछि नै हुनेछ ।
Advertisement