व्यापारीहरुको समस्या समाधान नै पहिलो जिम्मेवारी : महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी
प्रकाशित मिति : २०७४, १३ श्रावण शुक्रबार ०७:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
शिक्षण पेशासंगै उहाँले २०५४ सालदेखि विजुलीको पसलबाट आफ्नो ब्यवसाय सुरु गर्नुभयो । बिजुली ब्यवसायी संघ बाँकेको संस्थापक कोषाध्यक्ष हुँदैं २०६७ सालमा विद्युतीय महासंघको केन्द्रीय सदस्य र हाल ईलेक्ट्रिक तथा मोवाईल ब्यवसायी संघ बाँकेको बरिष्ठ उपाध्यक्षको काम कर्तव्य निभाई सक्नुरहनुभएको छ । आसन्न कोहलपुर उद्योग वाणिज्यसंगको निर्वाचनमा केन्द्रित रहि उहाँसंग कुराकानी गरेका छौं ।
कस्तो माहोल पाउनुभएको छ ?
हाम्रो चौध सय ५८ मतदाताहरु मध्ये हामीले अत्याधिक मत प्राप्त गर्ने माहोल पाएका छौं । शम्सेरगन्ज , अगैया , कुसुम , ढकेरी लगायतका पूर्वी क्षेत्रका व्यापारीहरु पश्चिम क्षेत्रका सम्झनाबजार , बनकटवा,मदनचोकका व्यापारीहरु त्यस्तै चिसापानी,बानियाभार ,कौशिलानगर,हवल्दारपुर ,पिपीरी र कोहलपुर बजार सबै क्षेत्रका उद्योगी व्यापारीहरुको साथ र सहयोग प्राप्त गर्ने प्रतिबद्धता पाएका छौं । उहाँहरुका सल्लाहा र सुझाव पाएका छौं । त्यसले गर्दा पनि हाम्रो संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुको माहोल सकरात्मक र अत्यन्तै राम्रो बनेको छ ।
घरदैलोमा पुग्दै गर्दा मतदाता व्यापारीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
व्यापारीहरुको समस्यालाइ कुन प्यानलले हेर्छ भन्ने मतदाता व्यापारीहरुको जिज्ञासा छ । त्यसमा विगत १८ वर्ष देखि हालीमुहाली गरिरहेका प्यानल र हाम्रो प्यानल बिच तुलना भैरहेको छ । हामीलाई थाहा छ विगत देखि हाली मुहाली गरिरहेकाहरुको काम हेरिसक्नुभएकाले पनि व्यापारी मतदाताहरुले हामीलाइ साथ र सहयोग गर्नुहुुनेछ भन्ने हामीलाइ लागेको छ र व्यापारीहरुको हक हितका लागि लड्ने र उहाँहरुको समस्या समाधानका लागि हाम्रो प्यानललाईसक्षम रहेको प्रतिक्रिया पाएका छौं ।
व्यापारी मतदाताहरुले तपाइलाई भोट किन हाल्ने ?
हामी व्यापारीहरुको हक हितका लागि लड्ने, व्यापारीहरुलाइ परेका समस्याहरुको समाधान गर्ने ,व्यापारमा भएको अनियमिततालाइ नियमित बनाउने , व्यापारीहरुलाइ आर्थीक समस्या परेका छन् तिनको व्यवस्थित गर्ने ,राजस्व सम्बन्धी समस्यालाई निराकरण गर्ने र सम्बन्धीत निकायसंग बसेर व्यापारीहरुको समस्या समाधान गर्ने तिर हाम्रो उदेश्य रहेकाले व्यापारी मतदाताहरुले मत दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
तपाईको महासचिव पदमा उम्मेदवारी किन ?
मेरो उम्मेदवारी भनेको यस क्षेत्रका उद्योगी व्यापारीहरुको मागलाई सम्बोधन गर्ने , उनीहरुका समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र यो क्षेत्रको आर्थीक ,व्यापारीक उन्नतीका लागि नै मेरो उम्मेदवारी हो ।
जितेपछि के गर्ने योजना बनाउनुभएको छ?
सुरुमा जिते पछि उद्योगी व्यापारीहरुको समस्याहरुको संकलन गर्नेछौं । वस्तुगत समस्या संकलन गरेर उहाँहरुको सल्लाहा सुझाव अनुसार कार्ययोजना बनाई कार्यन्वयन गर्नेछौं । यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि औद्योगीक मेला लगाउने छौं । त्यसपछि व्यापारीहरुको अर्को समस्या भनेको डिभाइडरको समस्या आएको छ । त्यसको समाधानका लागि सम्बन्धीत निकायसंग बसेर समस्या समाधान गर्नेछौं । हामी उद्योगी व्यापारीहरु बस्नका लागि भवनको व्यस्था नभएकाले भवनको व्यवस्थापन गर्नेछौं । व्यापार संघमा आएका समस्याहरुलाई व्यापारीहरुका सामु लगेर समसया समाधान गर्नेछौं । त्यो संगै हाम्रो प्रतिबद्धता पत्रमा उल्लेख भएका कुरालाई लागु गरी कार्यान्वयन गर्नेछौं ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
म विगत २० वर्ष देखि कोहलपुरमा व्यवसायीका रुपमा काम गरिरहेको छु । आफ्नो तर्फबाट सेवा दिइरहेको छु । २४ वर्ष शिक्षण पेशामा रहेर सेवा निर्वत्त भएर कोहलपुर उद्योग वाणिज्य संघमा महासचिव पदमा उम्मेदवारी दिएको छु । मलाई आशा छ यस क्षेत्रका मतदाताहरुले हामी काम गर्ने प्यानललाई मत दिइ जिताउनुहुनेछ । हामीलाई काम गर्ने अवसर प्रदान गर्नुहुनेछ । व्यापारी मतदाताहरुको सल्लाहा सुझावका साथ नै हामीले काम गर्ने भएकाले हामीले जित्नु तपाईहरुले जित्नुभएकाले मलाई र मेरो संयुक्त समावेसी प्यानललाई आफ्नो अमूल्य भोट दिई जिताउनुहुन अनुरोध गर्दछु ।
Advertisement