सेना प्रमुखद्वारा ‘बलात्कार’ अस्वीकार !
प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलवार २१:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
म्यानमार ,१८ बैशाख । आफ्नो सुरक्षा बलले म्यानमारको राखिन राज्यको मुसलमान समुदायका नागरिकलाई बलात्कारलयागत यौनजन्य अपराध गरेको भन्ने आरोपको म्यानमारका सेना प्रमुखले अस्विकार गरेका छन् । म्यानमारको राजधानी नेपितमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रनिनिधिहरुलाई गरेको सम्बोधनमा सेना प्रमुख मिन आङ हानिङले सो आरोपको अस्वीकार गरेका हुन् ।
Advertisement
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरु हाल बंगलादेश र म्यानमारको भ्रमणमा रहेका छन् । राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अझे सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै फर्काउन सकिने हो होइन भन्ने अनुसन्धानको लागि ती प्रतिनिधिहरु त्यहाँ पुगेका एएफपीले जनाएको छ ।
ती प्रतिनिधिहरुसँगको अन्तरक्रियामा सेना प्रमुखले उक्त आरोपको खण्डन गरेका समाचारमा जनाइएको छ । यसअघि संयुक्त राष्ट्रसंघकै एक अनुसन्धानबाट रोहिंग्यामाथि बलात्कार गर्ने गरेको आरोप लागेको थियो ।
म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । तर यो अनुमानित तथ्यांक मात्र भएको बताइएको छ । करिब सात लाख रोहिंग्या मुसलमान त म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए ।
त्यस्तै पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेकोले त्यहाँ पुग्ने शरणार्थीहरुको संख्या बढेको हो । हालै सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो ।
यस विषयलाई सम्बोधन गर्दै सेना प्रमुख मिनले बलात्कार र यौनजन्य अपराध नभएको दाबी गरेका हुन् । सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमारको सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ ।