पाकिस्तानतिर बग्ने तीन नदीमा आफ्नो भागको पानी भारतले रोक्ने
प्रकाशित मिति : २०७५, १० फाल्गुन शुक्रबार १४:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दिल्ली । भारतले पाकिस्तानमा जाने तीन वटा नदीमा आफ्नो भागमा पर्ने पानी अब रोक्ने भएको भएको छ। फेब्रुअरी १४ मा जम्मु-कस्मिरको पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानप्रति निकै आक्रामक भइरहेको भारत सरकारले सिन्धु जल सम्झौता अनुसारको पानी रोकेर आफ्नो भू-भागमा ल्याउने निर्णय गरेको हो।
Advertisement
केन्द्रीय जलस्रोत मन्त्री नितिन गडकरीले रवी,व्यास र सतलज नदीमा भारतले पाउनु पर्ने पानी अब पाकिस्तानतिर बग्न नदिएर जम्मु कस्मिर र पञ्जाबमा प्रयोग गर्ने बताएका छन्।
१९६० को इन्दस जल सम्झौता अनुसार सतलज, व्यास र रवी नदीको पानी भारतले नियन्त्रण गर्छ भने जेलुम, चेनाव सिन्धु पानीमाथि पाकिस्तानको नियन्त्रण हुन्छ।
सन्धी अनुसार भारतले पाउने पानीमध्ये अहिले ९५ प्रतिशतभन्दा कम पानी प्रयोग भइरहेको छ। बाँकी पानी पाकिस्तानतर्फ बगरे जान्छ। भारतले अब त्यो बाँकी पानी पनि पाकिस्तान जान नदिने भएको हो।
२०१६ को उरी हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत एकसाथ बग्न नसक्ने बताएका थिए।
त्यसपछि यी तीन नदीको पानी रोक्न तीन ठाउँमा बाँध बाँध्ने योजना फास्ट ट्र्याकबाट पारित गरिएका थिए। अहिले ती बाँध निर्माणको काम भइरहेको छ।
एजेन्सी