फिल्म डाइरेक्टर सत्यजीत रे ले आफ्नै श्रीमतीसँग गरे दोस्रो बिहे !
प्रकाशित मिति : २०७६, ११ बैशाख बुधबार १७:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
भारतीय सिने क्षेत्रका लागि सत्यजीत रे सुपरिचित नाम हो।पद्माश्री, पद्माभूषण, ओस्कारदेखि लिएर दादासाहेब फाल्के पुरस्कारद्वारा सम्मानित उनी यी बाहेक पनि झण्डै ३२ राष्ट्रिय फिल्म पुरस्कारद्वारा सम्मानित भएका छन्।
उनको पेसा र फिल्म यात्राका बारेमा धेरै जानकार भए पनि उनको व्यक्तिगत जीवनका बारेमा भने धेरै कमलाई मात्र जानकारी छ। उनको जीवन पनि कुनै फिल्मको कथाभन्दा कम छैन। यसबारेमा उनकी श्रीमती विजयाले आफ्नो आत्मवृतान्त ‘माणिक एन्ड आई’मा लेखेकी छन्।
विजयकाअनुसार उनीहरुबीचमा किशोर अवस्थामै मित्रता थियो। सन् १९४० मा यो जोडी प्रेममा प¥यो। उनीहरु दुवैलाई थाहा थियो कि उनीहरुको यो सम्बन्धलाई परिवारले स्वीकार गर्दैन भन्ने। उनले लेखेकी छन्, ‘उनी म भन्दा उमेरमा साना थिए र नजिकको नातेदार पनि थिए। यसकारण विवाहको सम्भावना थिएन। त्यसकार हामी दुवै मिलेर कहिल्यै विवाह नगर्न निर्णय गर्यौँ। हामी चाहन्थ्यौ कि हाम्रो जिन्दगी जस्तो थियो त्यस्तै चलिरहोस्।’
यसपछि विजय फिल्ममा काम खोज्दै मुम्मबइ आइन् सत्यजीतले उनलाई प्रेमपत्र लेख्न थाले। उनी विजयासँग भेटनका लागि मौका पारेर मुम्बई समेत आउजाउ गर्न थाले। उनीहरु दुईबीच लामोसमयसम्म भएको भेटघाटका कारण उनीहरु गहिरो प्रेममा परे। उनीहरुलाई एक अर्काबिना बाच्नै सकिँदैन भन्ने लाग्न थाल्यो। त्यसपछि उनीहरु विवाह गर्ने निर्णयमा पुगे।
दुवैले परिवारलाई नबताइकन मुम्बइमै कानुनी विवाह गर्ने योजना बनाए। विजयकी आमाले उनीहरुको योजना असफल बनाइदिइन्। तर उनीहरुले आमाले लगाएको रोकलाई अस्वीकार गर्दै २० अक्टोबर १९४९ मा विजयाकी बहिनीको घरमा विवाह गरे। विवाहपछि उनीहरुले आयोजना गरेको पाटीमा त्यतिबेलाका प्रसिद्ध रंगकर्मी पृथ्वीराज कपुर आफ्नी पत्नीका साथ उपस्थित भएका थिए।
‘मैले कहिल्यै सोचेकी थिइन् कि मेरो साच्चै उनी (सत्यजीत)सँग विवाह हुन सक्छ भनेर’, उनले लेखेकी छन्, ‘विवाह भएकोमा शहामी खुसी थियौँ भने लुकाउन परेकोमा दुःखी।’
उनले आफूहरु एकैसाथ रहन पनि नसक्ने अवस्थामा रहेको उल्लेख गरेकी छन्। उनीहरुको विवाहको बारेमा सत्यजीतको पारिवारिक मित्र तथा चिकित्सक नोसोबाबुले सत्यजीतको परिवारमा बताइदिएको र उनकी आमालाई मनाउन प्रयत्न गरेको खुलासा गरेकी छन्।
त्यही समयमा सत्यजीतले पनि विवाहलाई गोप्य राख्दै घरमा आफूले विवाह गरे विजयासँगै गर्ने नत्र विवाहनै नगर्ने घोषणा गरे।
लामो नाटकपछि सत्यजीतकी आमा दुवैको विवाह गराउन तयार भइन्। ३ मे १९४९ मा उनीहरुबीच द्रोस्रो विवाह भयो। यसपटक उनीहरुले बंगाली परम्परा अनुसार विवाह गरे।
‘मलाई पहिला उनीसँग विवाहनै हुँदैनकी जस्तो लागेको थियो’, विजयाले लेखेकी छन्, ‘म एकदमै खुसी थिए। किनभने जोसँग विवाह नै हुँदैन भन्ने थियो उनीसँग दुईपटक विवाह भएको थियो।सत्यजीतको जन्म २ मे १९२१ मा कोलकातामा भएको थियो भने उनको मृत्यु २३ अप्रिल १९९२ मा भएको थियो। एजेन्सी