“खेलकुदको मुख्य जग भनेको बिद्यालयबाट आएका खेलाडीहरु हुन”
प्रकाशित मिति : २०७३, २८ माघ शुक्रबार १६:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँके जिल्लामा भइरहेको बिद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता अन्र्तगत क्षेत्र नं १ र ४ का प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । भोलीदेखि क्षेत्र नं २ को जय किसन मा.वि. गंगापुरमा हुने प्रतियोगिकाका सन्दर्भमा जिल्ला खेलकुद बिकास समिति बाँकेका उपाध्यक्ष एबम कार्यबाहक अध्यक्ष पदम बहादुर बुढाथोकीसंग बागेश्वरीपोष्ट डटकमले गरेको कुराकानीको सारसंक्षेप:
Advertisement
हाम्रो तयारी करिब पूरा भएको छ । हामीले १, ३ र ४ न क्षेत्र भन्दा पनि २ नम्बर क्षेत्रको अलग्गै तरिकाले यो प्रतियोगिता सञ्चालन गर्दै आइरहेका छौं । जस्तो कि आयोजकले हरेक अफिसियलहरु, खेलाडीहरु सबैलाई खाना र बस्नको ब्यबस्था मिलाउँदै आएका छौं र यसपाली पनि त्यही सुबिधा दिएका छौं । यसले गर्दा सहभागी हुने खेलाडी भाईबहिनीहरुलाई सहज हुन जान्छ ।
गत सालको तुलनामा यसपाली बिद्यालयहरुको राम्रो सहभागिता रहेको छ । यसपाली बिद्यार्थी भाइबहिनीहरुले खेलकुदमा भाग लिनु पर्छ भन्ने मानासिकता बोकेका कारण धेरै बिद्यालयहरु सहभागी भएका छन् । क्षेत्र नं. २ जस्तो बिकट ठाउँमा १५, १६ बिद्यालयहरु सहभागी हुनु भनेको राम्रो कुरा हो नि । २ नं. क्षेत्रमा हुने खेलहरु भनेको बिशेष गरी एथलेटिक्स, कबड्डी , भलिबल, कराँते, तेक्वोन्दो र उसु रहेका छन् ।तर उसु, तेक्वोन्दो र कराँतेलाई चाहि सोझै जिल्लामा खेलाइने छ ।
उक्त प्रतियोगितामा धेरै बिद्यालयहरु र बढी भन्दा बढी बिद्यार्थी भाई बहिनीहरुको सहभागिता लगायत अफिसियल, आयोजक बिद्यालय सबैको सहयोगले गर्दा राम्रो सग सम्पन्न भएको छ । पहिलेको भन्दा अझै सुधार र राम्रो भएको मैले महसुश गरेको छु र आउदा बर्षहरुमा अंझ स्तरिय तरिकाले गर्नुपर्छ भन्ने सोच राखेको छु ।
सुन्नुभयो होला, हामीलाई अझैं सम्म गत बर्षको १ नम्बर क्षेत्रको फाइल प्राप्त भएकै छैन, त्यही भएर बुझ्नुपर्छ ।
बि.सं. २०१५ सालबाट खेलकुद परिषद् स्थापना भएसँगै बि.सं. २०२९ सालबाट बिरेन्द्र रनिङ्ग शिल्ड शुरु भएपनि अहिलेसम्म खेलकुदमा कुनै पनि उपलब्धि नभएको पाएका छौं । रनिङ्ग शिल्डमा अझ त्यति मात्र होइन नेपालको राष्ट्रिय खेल कबड्डी विधामा प्रशिक्षक नभएको कारणले सबै ठाउँमा बिबाद आएको छ । यसमा पनि खेलकुद मन्त्रालयले गम्भीर रुपमा लिनुपर्दछ । बि.सं. २०५२ सालदेखि प्रशिक्षकको रिक्त दरबन्दी नखोलेको कारणले नेपालको खेल जगत अझ दयनीय अवस्थामा गएको छ । त्यसैले यस्ता कुरालाई गम्भीर रुपमा लिन जरुरी छ भन्ने मलाई लागेको छ । अझ बिशेष गरी खेलकुदको मुख्य जग भनेको बिद्यालयबाट आएका खेलाडीहरु हुन् । त्यसैले निर्बाचन स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको लागि सरकारले बजेटमा बृद्धि गर्नु पर्दछ भन्ने मेरो सोच छ । राष्ट्रमा छनौट भएका प्रथम, दोश्रो स्थानमा आएका खेलाडीहरुलाई सरकारले पठनपाठनको ब्यबस्था मिलाएर खेल खेलाउने बाताबरण गराइदिनुपर्दछ अनि मात्र नेपालको खेलकुद प्रगतिको मार्गमा लम्किन सक्छ ।