‘मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ’
प्रकाशित मिति : २०७३, ६ फाल्गुन शुक्रबार २३:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ६ फागुन । मेहनत गरे स्वदेशमै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले गाईपालन व्यवसायबाट देखाइदिएका छन् ।
Advertisement
उनले दूध बेचेर मासिक रु एक लाख आम्दानी गरेका छन् । खैरेनी कृषि फार्म दर्ता गरी विगत सात वर्षदेखि सो व्यवसायमा लाग्नुभएका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आएका छन् । उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ ।
पौडेलले हाल १३ वटा उन्नत जातका गाई पालेका छन् । गाईपालन व्यवसायबाटै उनले जमिन खरिद गरी रु २० लाखको लागतमा घर बनाएका छन् । “मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिँदोरहेछ,” उनले भने ।
पौडेल भन्छन्– “एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएपछि फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ ।” छोटो समयमा राम्रो प्रगति गरेका पौडेलले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा लिएका छन् । रासस