आस्था राउत : खै त मलाई झुम्के बुलाकी ?
प्रकाशित मिति : २०७३, २८ फाल्गुन शनिबार २०:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली ।
Advertisement
पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था राउत जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर ।
दर्शकले उनीसँगसँगै गीत गाउँदै साथ दिए । चिच्याउन थाले । पररररर ताली बजाउन थाले ।
उनको प्रस्तुति अझै बोल्ड बन्यो ।
प्रायः सबै स्टेजमा आफ्नो ‘पावरफुल’ प्रस्तुति दिने आस्था राउतका प्रशंसक कम छैनन् । गीतमा छोरीको भाकालाई स्थान दिएपनि स्टेजमा उनलाई पुरुष फ्यानले पनि उस्तै साथ दिन्छन् ।
जब उनले स्टेजमा आफ्ना गीतहरूको प्रस्तुति दिन थाल्छिन्, तब उनलाई सबैभन्दा रमाइलो लाग्छ । उनी भन्छिन्, ‘मेरो सबैभन्दा प्यारो गीत भन्ने नै झम्के बुलाकी हो ।’ आफैंलाई मन परेको गीत भएकाले भिडियो गर्दा पनि उनी यही गीत रोजिन् । जुन गीतले उनलाई अझै लोकप्रिय बनायो ।
उसो त ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ? म त नेपालको माया गर्ने छोरी मलाई मजस्तै माया चाहिन्छ’ भन्ने गीतले उनको लोकप्रियता चुलियो ।
‘छोरीलाई पढाउन भन्दा पनि बिहे गरेर छोराछोरीलाई पठाउन समाज आतुर हुन्छ । बिहे गर्न हतार गर्नु हुँदैन । छोरीलाई पनि समान अधिकार दिनुपर्छ भन्ने भावलाई झुम्के बुलाकीमा उठान गरिएको छ’, उनी भन्छिन् ।
सानैदेखि उनलाई गीत गाउने आदत थियो । परिवार नै संगीतमय थियो ।
आमा (सावित्री राउत) ले गीत लेख्नुहुन्थ्यो । बुवा (हरिबहादुर राउत)ले पहिलेदेखि नै लोकगीत गाउनुहुन्थ्यो । उनी तीन वर्षको हुँदादेखि नै स्टेजमा गएर गीत गाउँथिन् । स्कूलमा सबैले खुबै माया गर्थे । गीतले विद्यालय परिसरमा मात्र वाह ! पाएकी थिइनन् उनले । चिन्नेजति सबैकी प्यारी बनेकी थिइन् ।
पुर्ख्यौली घर दोलखाको चरिकोट भएपनि उनको परिवार काठमाडौं बसाइ स–यो । काठमाडौंको बानेश्वरमा जन्मिन् र यतै हुर्किन् । ‘म आफूलाई भाग्यमानी मान्छु, मैले परिवारबाट सधैंभरि ठूलो साथ र सहयोग पाएँ,’ उनी आफ्नो बाल्यकाल स्मरण गर्दै भन्छिन्, ‘तीन वर्षमा नै मैले स्टेजमा कार्यक्रम गरेकी थिएँ रे !’
सानैदेखि अतिरिक्त क्रियाकलापमा सधैं अगाडि भएपनि उनको पढाइ भन्ने औसत थियो । ‘गाउने, नाच्ने र खेल्नेमा त म झनै अगाडि थिएँ । पढाइमा म कहिल्यै टप हुन सकिनँ,’ उनी लामो हाँसो हाँस्दै भन्छिन्, ‘भोलिको कुनै योजना थिएन । अतिरिक्त क्रियाकलाप गर्न पनि परिवारको साथ पाएकी थिएँ ।’
छोरालाई पढ्ने पाठशाला छोरीलाई घाँसे पाखाभीर
मान्छे किन यति निठुरी लौ न आमा लाग्यो मलाई पीर
कक्षा ६ मा पढ्दा रेकर्ड भएको यो बालगीत उनको पहिलो गीत थियो । सानैदेखि गीत गाउनमा अब्बल राउतका लागि यो एउटा मौका पनि थियो । उनी भन्छिन्, ‘गीत रेकर्डपछि धेरैले प्रतिक्रिया पनि दिनुभएको थियो ।’
नयाँ बानेश्वरमा मामाघर पनि थियो । त्यसैले उनलाई धेरैले ‘बानेश्वरकी आस्था भान्जी’ भन्ने गर्थे । गीत गाउँदै जाँदा उनलाई बानेश्वरले मात्र हैन, कुनाकुनाका नेपालीले पनि चिन्न थाले । ‘देशव्यापी भएको गायक प्रतियोगितामा म दुईपटक दोस्रो र काठमाडौंव्यापी भएको प्रतियोगितामा लगातार तीनपटक प्रथम भएकी थिएँ,’ उनी भन्छिन्, ‘केहीले त मलाई त्यतिबेला नै चिनिसक्नुभएको थियो रेडियो नेपालबाट – मिलन विद्या मन्दिर, अनामनगरकी आस्था राउत भनेर उद्घोष गर्दा ।’
व्यावसायिक रूपमा ‘सालको पात टपरी…’ गाएपछि भने उनको व्यावसायिक गीतीयात्रा शुरु भयो । उनको गीतले युवापुस्तामा चर्चा पनि पायो । चलचित्रमा गाएका गीतहरूले चर्चा बटुले । लगत्तै उनले आफ्नो एल्बम ‘आधार’ बजारमा ल्याइन् । एल्बममा संग्रहित प्रायः गीत दर्शकले रुचाए ।
त्यसपछि त प्रशस्त स्टेज कार्यक्रमका प्रस्ताव आउन थाले उनलाई । आस्था राउतलाई नचिनेकाले पनि बिस्तारै चिन्न थाले ।
‘म बगिरहने खोला हो । बाढी पहिरो होइन । एकनासले बगिरहन्छु,’ पछिल्लो समय नयाँ गीत बजारमा नल्याएकी आस्था भन्छिन्, ‘म त्यस्तो हा हु गीत गाएर बजारमा आउन चाहन्नँ । मन परे गाउने हो । नपरे गाउँदिनँ ।’
नेपाली संगीतमा अश्लीलताले प्रभाव पार्दै गएकोमा राउतको असन्तुष्टि छ । ‘मैले गीत गाउनुभन्दा पहिले आमालाई देखाउने गर्छु । उहाँले गाऊ भन्नुभयो भने मात्र गाउने हो,’ उनी भन्छिन्, ‘म अश्लील गीत गाउँदिनँ । आस्था राउतको आफ्नै स्वभाव छ । ब्राण्ड छ ।’
कतिपयले उनलाई मूडी र जिद्दी पनि भन्ने गर्छन् । कसैले अटेरी र घमण्डी छे पनि भन्ने गर्छन् । तर उनी भने अरूले बुझेजस्तो आफू नभएको बताउँछिन् । ‘म सहीलाई सही र गलतलाई गलत भन्ने गर्छु । त्यसैले मलाई यसरी मूल्यांकन गरिएको हुनसक्छ,’ उनी भन्छिन्, ‘तर मलाई बुझ्नेले ओहो ! आस्था कति ठीक रैछ पनि भन्नुहुन्छ ।’
आफूले गाउन अस्वीकार गरेका कतिपय गीत चर्चित भएको उनी बताउँछिन् । गीत नगाउनुको कारण चित्त नबुझेर मात्र होइन । कतिपयसँग त पारिश्रमिकसँग पनि उनको चित्त बुझ्दैन ।
उनी भन्छिन्, ‘लाखौं, करोडौं खर्च गरेर फिल्म बनाउनुहुन्छ । तर फिल्ममा गीत गाउनेलाई २०–२५ हजार दिन दाँतबाट पसिना निकाल्नुहुन्छ,’ उनी भन्छिन्, ‘नेपालमा कलाकारलाई जे भनेपनि हुन्छ, जस्तो व्यवहार गरेपनि हुने भन्ने प्रवृत्ति हावी भएको छ ।’
‘कलाकार राष्ट्रका गहना हुन् त भनिन्छ तर हामीलाई सुनभन्दा कम छैन, हराएमा डर छैन भन्ने खालको गहना बनाइयो ।’ उनी देशको नीति बनाउने नेताप्रति पनि आक्रोश पोख्छिन् ।
तर दर्शकसँग भने उनको कुनै गुनासो छैन । ‘दर्शकले त हामीलाई माया गर्नुहुन्छ नि,’ उनी थप्छिन्, ‘दुःख त म्यानेजमेन्टसँग लाग्छ, गीतमा साउण्ड सिस्टम, पारिश्रमिक केही पनि चित्तबुझ्दो हुँदैन ।’
‘यो देशमा सबै स्वार्थी हुँदै गएका छौं । नेपालमा स्वार्थीपना यति हावी छ कि देश बनाउने भन्नेहरू नै स्वार्थको लेपमा जेलिएका छन् । यस्तो पाराले नेपाली कलाक्षेत्र मात्र होइन, कुनै पनि क्षेत्र अगाडि बढ्न सकेको छैन,’ उनी थप्छिन्, ‘यहाँ मन्दिर, मस्जिद, चर्च बनाएर केही हुनेवाला छैन । भगवान खुशी तब हुन्छन्, जब हामीले गरीब दुःखीलाई सहयोग गर्छौं ।’
उनी भन्छिन्, ‘हुन त पूरै विश्व स्वार्थी छ तर मान्छे झनै स्वार्थी भएका छन् ।’
प्रायः गीतमा चेलीको कुरालाई उठान गरेकी राउत आफू गाउनकै लागि जन्मेको ठान्छिन् । आफूले सधैं ‘स्तरीय’ गीतमा ध्यान दिने बताउने राउतले शहरिया जिन्दगी भोगेपनि गाउँको जिन्दगीलाई राम्रोसँग बुझेको बताउँछिन् ।
छिट्टै नै आफ्नो एल्बम ‘आधार २’ निकाल्ने तयारीमा रहेकी राउत पछिल्लो गीतमा पनि समसामयिक विषयवस्तुका गीत निकाल्न थालेको बताउँछिन् ।
‘समय मिलाउन अलिक गाह्रो भइरहेको छ । छिट्टै नै नयाँ एल्बम निकाल्ने तयारीमा छु । केही गीत रेकर्ड पनि भएका छन् । गीतले समाज परिवर्तनको आवाज बोल्नेछ,’ उनी सुनाउँछिन् ।