राष्ट्रिय आविष्कार केन्द्रलाई शिक्षकद्वारा पाँच लाख सहयोग
प्रकाशित मिति : २०७३, १५ चैत्र मंगलवार १२:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
म्याग्दी । राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लाग्नुभएको अभियन्ता महावीर पुनलाई रिम स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकले रु पाँच लाख सहयोग गरेका छन् ।
Advertisement
स्रोतकेन्द्रअन्तर्गतका शिक्षकले आफ्नो पारिश्रमिकबाट गरेको सो सहयोग रकम स्रोतव्यक्ति भरतकुमार पुन र टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनले अभियन्ता पुनलाई हस्तान्तरण गर्नुभयो । स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षकले सो सहयोग गरेका हुन् ।
स्रोतकेन्द्रअन्तर्गतका विद्यालयमा इन्टरनेटसहित स्वास्थ्य सेवा विस्तारमा अभियन्ता पुनको महत्वपूर्ण भूमिका रहेको छ । सन् २००७ मा म्यागासेसे पुरस्कारबाट सम्मानित हुनु भएका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि अभियान थाल्नुभएको छ ।