‘बाहुबली २’ ले तोड्यो सबै रेकर्ड, पहिलो दिनमै गर्यो यस्तो कमाइ
प्रकाशित मिति : २०७४, १६ बैशाख शनिबार २३:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । भारतीय फिल्ममध्ये ‘बाहुबली–२’ले नयाँ रेकर्ड कायम गरेको छ । फिल्मले रिलिज भएको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने रेकर्ड राखेको हो ।
Advertisement
यसभन्दा पहिले शाहरुख खान अभिनित ‘रइश’ले रिलिजको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको थियो । ‘रइश’ले पहिलो दिनमा २०.४२ करोडको कमाइ गरेको थियो ।
‘बाहुबली २’ भने पहिलोदिनमै १०० करोड कमाइ गरिसकेको दावी गरिएको छ ।
भारतीय फिल्म समीक्षक तरुन आदर्शले ट्वीट गर्दै ‘बाहुबली २’ ले रिलिजको पहिलो दिनमै १०० करोड कमाएको दावी गरेका हुन् ।
बाहुबलीको टिकट खरिद गर्न चलचित्र हल बाहिर लागेको भीडले पनि फिल्म कति लोकप्रिय छ भन्ने देखाउँछ । ‘बाहुबली २’ शो चल्दा भारतभरका प्राय सबै हल हाउसफुल भएका जनाइन्छ ।
फिल्म भारतलगायत संसारका विभिन्न देशमा गरी ९ हजार स्क्रिनमा रिलिज भएको छ । ‘बाहुबली २’ उत्तर कोरियाको ११ सय स्क्रिनमा समेत रिलिज भएको भारतीय संचार माध्यमले दाबी गरेका छन् ।