व्यापारीहरुको समस्या समाधान नै पहिलो जिम्मेवारी : महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी
प्रकाशित मिति : २०७४, १३ श्रावण शुक्रबार ०७:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भनिन्छ शिक्षक एउटा ममवत्ती हो जो स्यम् जलेर अरुलाई प्रकाश दिन्छ । हो त्यहि शिक्षण पेशामा झण्डै २४ वर्ष सम्म सेवा गरिसक्नुभएका एक असल शिक्षकका रुपमा परिचित काहेलपुर उद्योग वाणिज्य संघको यहि १५ गते हुन लागेको निर्वाचनका लागि संयुक्त समावेसी प्यानलबाट महासचिव पदका उम्मेदवार तेज प्रसाद अधिकारी शिक्षक मात्रै नभै एक असल र सफल व्यापारी पनि हुनुहुन्छ । २०५० साल देखि जनज्ञानज्योती मावि कौशिलानगरको प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गरी सेवा निवृत्ति भैसक्नुभएका अधिकारी व्यवसायीक रुपमा व्यापारमा संलग्न हुनुहुन्छ ।
शिक्षण पेशासंगै उहाँले २०५४ सालदेखि विजुलीको पसलबाट आफ्नो ब्यवसाय सुरु गर्नुभयो । बिजुली ब्यवसायी संघ बाँकेको संस्थापक कोषाध्यक्ष हुँदैं २०६७ सालमा विद्युतीय महासंघको केन्द्रीय सदस्य र हाल ईलेक्ट्रिक तथा मोवाईल ब्यवसायी संघ बाँकेको बरिष्ठ उपाध्यक्षको काम कर्तव्य निभाई सक्नुरहनुभएको छ । आसन्न कोहलपुर उद्योग वाणिज्यसंगको निर्वाचनमा केन्द्रित रहि उहाँसंग कुराकानी गरेका छौं ।
कस्तो माहोल पाउनुभएको छ ?
हाम्रो चौध सय ५८ मतदाताहरु मध्ये हामीले अत्याधिक मत प्राप्त गर्ने माहोल पाएका छौं । शम्सेरगन्ज , अगैया , कुसुम , ढकेरी लगायतका पूर्वी क्षेत्रका व्यापारीहरु पश्चिम क्षेत्रका सम्झनाबजार , बनकटवा,मदनचोकका व्यापारीहरु त्यस्तै चिसापानी,बानियाभार ,कौशिलानगर,हवल्दारपुर ,पिपीरी र कोहलपुर बजार सबै क्षेत्रका उद्योगी व्यापारीहरुको साथ र सहयोग प्राप्त गर्ने प्रतिबद्धता पाएका छौं । उहाँहरुका सल्लाहा र सुझाव पाएका छौं । त्यसले गर्दा पनि हाम्रो संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुको माहोल सकरात्मक र अत्यन्तै राम्रो बनेको छ ।
घरदैलोमा पुग्दै गर्दा मतदाता व्यापारीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
व्यापारीहरुको समस्यालाइ कुन प्यानलले हेर्छ भन्ने मतदाता व्यापारीहरुको जिज्ञासा छ । त्यसमा विगत १८ वर्ष देखि हालीमुहाली गरिरहेका प्यानल र हाम्रो प्यानल बिच तुलना भैरहेको छ । हामीलाई थाहा छ विगत देखि हाली मुहाली गरिरहेकाहरुको काम हेरिसक्नुभएकाले पनि व्यापारी मतदाताहरुले हामीलाइ साथ र सहयोग गर्नुहुुनेछ भन्ने हामीलाइ लागेको छ र व्यापारीहरुको हक हितका लागि लड्ने र उहाँहरुको समस्या समाधानका लागि हाम्रो प्यानललाईसक्षम रहेको प्रतिक्रिया पाएका छौं ।
व्यापारी मतदाताहरुले तपाइलाई भोट किन हाल्ने ?
हामी व्यापारीहरुको हक हितका लागि लड्ने, व्यापारीहरुलाइ परेका समस्याहरुको समाधान गर्ने ,व्यापारमा भएको अनियमिततालाइ नियमित बनाउने , व्यापारीहरुलाइ आर्थीक समस्या परेका छन् तिनको व्यवस्थित गर्ने ,राजस्व सम्बन्धी समस्यालाई निराकरण गर्ने र सम्बन्धीत निकायसंग बसेर व्यापारीहरुको समस्या समाधान गर्ने तिर हाम्रो उदेश्य रहेकाले व्यापारी मतदाताहरुले मत दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
तपाईको महासचिव पदमा उम्मेदवारी किन ?
मेरो उम्मेदवारी भनेको यस क्षेत्रका उद्योगी व्यापारीहरुको मागलाई सम्बोधन गर्ने , उनीहरुका समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र यो क्षेत्रको आर्थीक ,व्यापारीक उन्नतीका लागि नै मेरो उम्मेदवारी हो ।
जितेपछि के गर्ने योजना बनाउनुभएको छ?
सुरुमा जिते पछि उद्योगी व्यापारीहरुको समस्याहरुको संकलन गर्नेछौं । वस्तुगत समस्या संकलन गरेर उहाँहरुको सल्लाहा सुझाव अनुसार कार्ययोजना बनाई कार्यन्वयन गर्नेछौं । यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि औद्योगीक मेला लगाउने छौं । त्यसपछि व्यापारीहरुको अर्को समस्या भनेको डिभाइडरको समस्या आएको छ । त्यसको समाधानका लागि सम्बन्धीत निकायसंग बसेर समस्या समाधान गर्नेछौं । हामी उद्योगी व्यापारीहरु बस्नका लागि भवनको व्यस्था नभएकाले भवनको व्यवस्थापन गर्नेछौं । व्यापार संघमा आएका समस्याहरुलाई व्यापारीहरुका सामु लगेर समसया समाधान गर्नेछौं । त्यो संगै हाम्रो प्रतिबद्धता पत्रमा उल्लेख भएका कुरालाई लागु गरी कार्यान्वयन गर्नेछौं ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
म विगत २० वर्ष देखि कोहलपुरमा व्यवसायीका रुपमा काम गरिरहेको छु । आफ्नो तर्फबाट सेवा दिइरहेको छु । २४ वर्ष शिक्षण पेशामा रहेर सेवा निर्वत्त भएर कोहलपुर उद्योग वाणिज्य संघमा महासचिव पदमा उम्मेदवारी दिएको छु । मलाई आशा छ यस क्षेत्रका मतदाताहरुले हामी काम गर्ने प्यानललाई मत दिइ जिताउनुहुनेछ । हामीलाई काम गर्ने अवसर प्रदान गर्नुहुनेछ । व्यापारी मतदाताहरुको सल्लाहा सुझावका साथ नै हामीले काम गर्ने भएकाले हामीले जित्नु तपाईहरुले जित्नुभएकाले मलाई र मेरो संयुक्त समावेसी प्यानललाई आफ्नो अमूल्य भोट दिई जिताउनुहुन अनुरोध गर्दछु ।
Advertisement