समानुपातिक सांसद : कांग्रेसका को बाहिरिन्छन्, को पर्छन् ?
प्रकाशित मिति : २०७४, २ फाल्गुन बुधबार ०८:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, २ फागुन । कांग्रेसले बुझाएको समानुपातिक सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हटाएर खस–आर्यतर्फ पुरुष र महिला गरी एक/एकजना थपेको थियो । तर, आयोगले थपिएका दुईजनाको नाम अस्वीकार गर्दै सच्याउन भनेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
कांग्रेसका अनुसार आयोगले खसआर्य समूहको अन्तिममा रहेका पुरुष र महिलाको नाम काटेर पिछडिएको क्षेत्रमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका पुरुष र महिलाको नाम थप्न भनेको छ ।
आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका मोहन पाण्डे र खस–आर्यकै महिलाको अन्तिममा रहेकी दीपशिखा शर्मा बाहिरिने छन् । उनीहरूका स्थानमा पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहको पहिलो प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका रामबहादुर विष्ट र महिलाको पहिलो नम्बरमा रहेकी रंगमती शाही सूचीमा पर्नेछन् । आयोगको निर्देशनअनुरूप बुधबार नाम सच्याएर पठाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए, नयाँ पत्रिकामा खबर छ ।
Advertisement
माओवादीबाट पहाडीलाई हटाइने, सिंह आउने
आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ । आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ । माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन् ।