अब यसरी हुन्छ राष्ट्रपति निर्वाचन
प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार ०७:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
[ad id=”56367″]नेपालगन्ज, ११ फागुन । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो, नयाँ पत्रिकामा खबर छ । राष्ट्रपतिको निर्वाचन काठमाडौंमा हुनेछ ।
Advertisement
आयोगले प्रकाशित गरेको कार्यतालिका अनुरूप निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ । सोही दिनको सवा १ देखि ६ बजेसम्म नामावलीमा छुट नाम समावेश गर्ने, विवरण सच्याउने र नामावलीउपर दाबी–विरोधको उजुरी दिने समय छुट्याइएको छ । उजुरीउपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय २२ फागुनको बिहान १० देखि साँझ ६ बजेसम्म छुट्याइएको छ । राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता गर्ने समय २३ फागुनको बिहान १० देखि दिउँसो २ बजेसम्म छुट्याइएको छ । उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ । उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्म छुट्याइएको छ ।
२४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयन पत्र र उजुरी पत्र उपर जाँचबुझ गरिनेछ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुनेछ । उम्मेदवारलाई नाम फिर्ता लिने समय २४ फागुन साढे ४ देखि साढे ५ बजेसम्मको समय छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुनेछ ।
प्रवक्ता ढकालका अनुसार २९ फागुन मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घन्टापछि मतगणना गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
संविधानले राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य मतदाता हुने व्यवस्था गरेको छ । नयाँ संविधान अनुरूप भएको निर्वाचनबाट सातै प्रदेशबाट प्रदेश सांसदमा ५५० जना, प्रतिनिधिसभामा २७५ जना र राष्ट्रिय सभामा निर्वाचनबाट ५६ जना निर्वाचित तथा ३ जना मनोनीत गरी ५९ जना सदस्य छानिएका छन् । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को मतभार भने फरक–फरक तय गरिएको छ । संघीय संसद्को एक मत बराबर ७९ र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार तोकिएको छ ।
राष्ट्रपति निर्वाचनमा पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत नल्याए पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ । ‘कुनै उम्मेदवारले प्राप्त गरेको मत तत्काल कायम रहेको कुल मतको बहुमत नभएको कारण राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५६ को उपदफा (१) वा उपदफा (३) बमोजिम पुनः मतदान गराउनुपर्ने अवस्थामा निर्वाचन अधिकृतले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी नियमावली २०७४ को नियम ४० बमोजिम पुनः मतदानको मिति तोकिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सांसदको जम्मा मत : २१७२५
प्रदेश सांसदको जम्मा मत : २६४००
राष्ट्रिय सभा सदस्यको जम्मा मत : ४६६१
जम्मा मत : ५२७८६
निर्वाचित हुन आवश्यक मत : २६३९४