नेपालीको प्रतिव्यक्ति आय वार्षिक औसत १ हजार ४ डलर पुग्यो
प्रकाशित मिति : २०७५, १३ बैशाख बिहीबार १०:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १३ वैशाख । आर्थिक वर्ष २०७४–७५ (सन् २०१८) मा नेपालीहरुको बार्षिक औषत प्रतिव्यक्ति आयमा वार्षिक १ हजार ४ अमेरिकी डलर प्रतिव्यक्ति आय पुगेको । नेपालीहरुको वार्षिक औसत प्रतिव्यक्ति आयमा पछिल्लो समयकै व्यापक वृद्धि भएको छ ।
Advertisement
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आव २०७३–७४ मा वाषिर्क प्रतिव्यक्ति आय औसतमा ८ सय ६६ डलर रहेकोमा चालू आर्थिक वर्ष २०७४–७५ मा १ सय ३८ डलर बढेर १ हजार ४ डलर पुगेको हो ।
यसअघि २०७२ सालको भूकम्प र नाकाबन्दीका कारण आव २०७२–७३ मा प्रतिव्यक्ति आय ऋणात्मक भएको थियो । विगत दुई वर्षमा भने निरन्तर विस्तारै सुधार हुँदै पछिल्लो समय व्यापक वृद्धि भएको हो ।
आर्थिक वृद्धिदर भने घट्यो
सरकारले आवको शुरूमा ७ दशमलव २ प्रतिशत प्रक्षेपण गरेको आर्थिक वृद्धिदर मध्यावधि समीक्षामार्फत ६ प्रतिशतमा झारेको थियो । तर, विश्व बैङ्क र एशियाली विकास बैङ्क (एडीबी)ले भने चालू आवको आर्थिक वृद्धिदर ५ प्रतिशत नपुग्ने अनुमान सार्वजनिक गरेका थिए । एडीबीले ४ दशमलव ९ र विश्व बैङ्कले ४ दशमलव ६ प्रतिशतको वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेका छन् ।
विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ । गत आव २०७३–७४ मा आर्थिक वृद्धिदर ७ दशमलव ३९ रहेको थियो ।
चालू आवको ९ महिनासम्मको आर्थिक गतिविधिसम्बन्धी आँकडा तथा सूचनाका आधारमा यो आँकडा निकालिएको विभागले जनाएको छ । समीक्षा अवधिमा कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ८२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गतवर्ष यस क्षेत्रको वृद्धि ५ दशमलव २ प्रतिशत थियो ।
त्यसैगरी, गैरकृषि क्षेत्रको वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने अनुमान छ, जुन गत आवमा ८ दशमलव ५ प्रतिशत थियो । तराईको बाढी, घट्दो विप्रेषण र उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा अपेक्षित वृद्धि नहुँदा वृद्धिदर खुम्चिएको विभागले जनाएको छ ।
विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि छ । अर्थतन्त्रको सबैभन्दा ठूलो अंश ओगटेको सेवाक्षेत्रले जीडीपीमा ५७ दशमलव ६१ प्रतिशत योगदान दिएको छ । जीडीपीमा कृषिक्षेत्रको २७ दशमलव १० र गैरकृषि क्षेत्रको ७२ दशमलव ९० प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान विभागले गरेको छ ।
चालू आवमा कृषिक्षेत्रमा उल्लेख्य वृद्धि नभए पनि पुनर्निर्माणका लागि वन पैदावारका सामग्री र उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सो क्षेत्रमा जीडीपी वृद्धि भएको छ । यसैगरी, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानीले जीडीपीमा १४ दशमलव १८ योगदान दिएको अनुमान गरिएको छ ।
स्वदेशी वस्तु उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा वृद्धि र विद्युत् आपूर्तिमा भएको सहजताले सामाजिक सेवामा उल्लेख्य सुधार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ ।