उपसभापतिमा निधि, महामन्त्रीमा खड्का र समहामन्त्रीमा महत, एकाएक भड्किए पौडेल
प्रकाशित मिति : २०७५, १७ बैशाख सोमबार ०७:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, १७ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्रीका रूपमा प्रस्ताव गर्दै छन् । सहमहामन्त्रीका लागि अर्का नेता मानबहादुर विश्वकर्माको नाम पनि चर्चा छ ।
Advertisement
देउवाले महतलाई नै बनाउने तयारी गरेको उनीनिकट स्रोतको दाबी छ । निधि, खड्का र महत तीनैजना देउवानिकट हुन् । निधि कांग्रेस फुटेर बनेको कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री थिए । एकता भएपछि पनि उनी महामन्त्री भए । अर्का नेता खड्का पूर्वसहमहामन्त्री हुन्, आजको नयाँ पत्रिकामा खबर छ ।
९ चैतदेखि पटक–पटक स्थगित हुँदै १३ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले निर्णय लेख्नै तीन दिन लगायो । हारको दोष कसले लिने, महासमिति बैठक कहिले बोलाउने र विधानविपरीतका समिति खारेज गर्ने विषयमा विवाद भएको थियो । आइतबार साँझ भाषागत कुरा मिलेपछि तीनै पक्षका नेताहरू बल्ल सहमतिमा पुगेका थिए ।
हारको प्रमुख कारण वाम गठबन्धन र हारको जिम्मा केन्द्रीय समितिले लिने, भदौ मसान्तमा महासमिति बैठक बोलाउने सहमति भएको थियो । सहमतिको विषयमा बोल्दा सभापतिले सबैको सहानुभूति हुने गरी नबोलेको, तर एक्कासि पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने बैठक डाकेपछि पौडेल पक्ष असन्तुष्ट भएको छ ।
‘निर्णयमा सहमति भएपछि सभापतिले बोल्दा सबै साथीहरूको सहानुभूति र सद्भाव बटुल्ने गरी बोल्ने भन्ने थियो तर, यो भाषा बोल्नुभएन,’ असन्तुष्ट एक केन्द्रीय सदस्यले भने, ‘उल्टै बहुमतबाट पेल्ने कुरा गर्नुभयो । यसमा हामीहरूको असन्तुष्टि छ ।’
बैठकको अन्त्यतिर देउवाले सोमबार बिहान निर्वाचित केन्द्रीय सदस्यहरूको मात्र बैठक बोलाएपछि पौडेल पक्ष असन्तुष्ट भएको हो । देउवाले बैठकको आह्वान गरेसँगै पौडेलले ‘म भोलि तनहुँ जाने कार्यक्रम छ भनेका थिए’ तर, फ्लोरबाट विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले ‘तपाईं निर्वाचित सदस्य होइन । जान सक्नुहुन्छ ।’ भनेका थिए ।
सभापति पक्षधरले बहुमतका आधारमा पेल्न खोजेपछि पौडेल आक्रोसित हुँदै बैठकस्थलबाट निस्किएका थिए । बैठकस्थलबाट तल झरेका उनले केन्द्रीय समितिको निर्णय नै सर्वसम्मत नभएको प्रतिक्रिया दिएका दिए । महामन्त्रीले बैठकमा पेस गरेको अन्तिम निर्णयको प्रस्ताव सर्वसम्मत पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले बैठकपछिको पत्रकार सम्मेलनमा बताए ।