कर्नाटकमा सत्ताको दाउपेच : कांग्रेसका दुई विधायक गायब
प्रकाशित मिति : २०७५, ३ जेष्ठ बिहीबार १५:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ३ जेठ । कर्नाटकमा सरकार गठनका लागि विधायकहरूलाई आफूसँग राख्नका लागि दलहरू लागिपरेका छन् । विधानसभा चुनावमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि विधायकहरुलाई तान्ने र राखिराख्ने खेल शुरु भएको हो ।
Advertisement
यसैबीच कांग्रेसका दुई विधायक गायब भएको खबर छ ।
बेल्लारीबाट कांग्रेस विधायक आनन्द सिंह इगलटन रिसोर्ट पुगेनन् । उक्त रिसोर्टमा कांग्रेसले आफ्ना विधायकहरूलाई सुखसुविधाका साथ थुनेर राखेको छ । अनि कर्नाटक हैदराबाद क्षेत्रबाट कांग्रेस विधायक प्रताप गौडा पाटिल पनि भागेको खबर छ ।
सूत्रहरूका अनुसार, पाटिल भाजपातिर गएका छन् । त्यसो त अघिल्लो रातसम्म उनी कांग्रेससित थिए र समर्थन पत्रमा हस्ताक्षर पनि गरेका थिए ।
पाटिललाई कांग्रेस विधायकहरू भाजपा खेमामा पुगेका हुन् भनी सोध्दा उनले विपक्षी नेताहरूले जनताको फैसलालाई हेर्नुपर्ने बताए ।
यसैबीच कांग्रेसले कर्नाटक विधानसभाबाहिर विरोध प्रदर्शन शुरु गरेको छ ।
एजेन्सी