टेक तामाङको ‘नजिक यति भएर पनी’ बोलको गीत सामाजिक सञ्जालमा भाईरल बन्दै
प्रकाशित मिति : २०७५, १६ जेष्ठ बुधबार १०:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
टेक बहादुर तामाङ्ग
एस योगी/नेपालगन्ज,१६ जेठ । ‘नजिक यति भएर पनी’ बोलको गीत १ हफ्तामा सामाजिक सञ्जालमा भाइरल भएको छ । एक हफ्तामा १ लाख भन्दा धेरैपटक यो गीत हेरिएको छ । निकै मार्मिक सब्द संयोजन भएको यो गीतले संगीत प्रेमिहरुलाई लोभ्याएको छ ।
Advertisement
एक हफ्तामा यसरी चर्चामा आएको यो गीतमा सांगीतिक क्षेत्रमा चर्चित भएर स्थापित भैसक्नु भएकी लोकपृय गायिका मेलिना राईको स्वर रहेको । यो गीतको म्युजिक भिडियो सङ्स नेपालले बजारमा ल्याएको हो ।
यो गीतको सब्द संयोजन टेक तामाङले गर्नु भएको हो । तामाङले धेरै गीतहरु लेखिसक्नु भएको छ । उहाँले ‘नजिक यति भएर पनी’ बोलको गीत यति धेरैले मन पराइदिएर मायाँ गर्दिनुहुने सबैलाई धन्यबाद भन्नुहुन्छ ।
तामाङ सृजनशिल लेखकको रुपमा चिनिनु हुन्छ । तामाङले भन्नु भयो- यो सफलतामा पुरै टिमको हात छ र मायाँ गरेर सहयोग गर्ने सबैलाई धन्यबाद दिन चाहन्छु । यो गीत यसरी सांगीतिक क्षेत्रमा यति छिटो सफल होला भन्ने चाहिँ सोँचेको थिएन ।
नजिक यति भएर पनी बोलको गीतको म्युजिक भिडियोमा वर्षा शिवाकोटी, कमल सिङ्हले अभिनय गर्नु भएको छ भने संगीत संयोजन कन्काइष्ट राईले दिनु भएको छ । यो गीतको सब्द अत्यन्त मार्मिक र मन छुने रहेको छ भने म्युजिक भिडियो अब्बल रहेको छ । सहास शाक्यको एरेन्जमा तयार भएको उक्त गीतलाई बुद्ध थापाले छायाङ्कन गर्नु भएको हो भने विकास धमलाले सम्पादन गर्नु भएको हो । यो गीतले वैदेशिक रोजगारमा जाने नेपाली को पिडा, दुख र मायाँंको अद्वितीय संयोजन गरेको छ ।
यस्ता खालका गीत-संगीत बजारमा आएमा नेपाली सांगीतिक क्षेत्रलाई अंजै उचाईमा पुर्याउन सक्नेमा दुबिधा छैन । हरेक नेपाली दाजु-भाई तथा दिदि बहिनी र नेपालिको वास्तविक अवस्थाको चित्रण योगीतको भिडियो, संगीत तथा गीतका भावुक सब्दाहरु मार्फत प्रस्फुटन भएका छन ।