अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि ट्रम्पद्वारा छानिए काभानोग
प्रकाशित मिति : २०७५, २६ असार मंगलवार ०९:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ब्रेट काभानोगलाई नियुक्त गर्न प्रस्ताव गरेका छन् ।
Advertisement
राष्ट्रपति डोनाल्ड ट्रम्पका साथमा न्यायाधीश ब्रेट काभानोग ।
अमेरिकी राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार सोमबार बेलुका काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित गर्दै उनको प्रशंसा गरे । ट्रम्पले काभानोग उत्कृष्ट न्यायाधीश रहेको बताए ।
काभानोग अहिले कोलम्बिया पुनरावेदन अदालतका न्यायाधीश हुन् । उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको सल्लाहकारको रुपमा पनि काम गरेका थिए ।
काभानोगको नियुक्तिले अमेरिकामा अहिले विवादका रहेका गर्भपतन, बन्दुक नियन्त्रण, आप्रबासी सम्बन्धी मुद्दासहितका गम्भीर न्यायीक विषयको निर्णयमा प्रभाव पार्ने विश्लेषण गरिएको छ ।
राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता सर्वोच्च अदालतमा ट्रम्पको यो दोस्रो नियुक्त बन्दैछ । ५३ वर्षका काभानोगको न्यायीक विगत कन्जरभेटिभ रहेको छ ।
ट्रम्पले काभानोगको प्रचलित कानुन प्रतिको प्रतिवद्धता र त्यस अनुसारको न्यायीक इतिहास रहेको भन्दै प्रशंसा गरेका छन् ।
ट्रम्पले काभानोगको नियुक्ति प्रस्तावको खुलासा रियालिटी टेलिजिन शो जस्तै गरी गरेका थिए । ट्रम्पले सबैलाई सम्भावित नामको अनुमान लगाउन भनेका थिए, अनि मात्रै काभानोगको नाम उद्घोष गरेका थिए ।
काभानोगले ८१ वर्षका न्यायाधीश एन्थोनी केनेडीको ठाउँ लिनेछन् । केनेडीले गएको महिना आउँदो समरमा अवकास लिने घोषणा गरेका थिए । प्रस्तावित न्यायाधीश काभानोगले आफूमाथि विश्वास गरेकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् ।
अब सिनेटमा सुनुवाई भएपछि काभानोगको नियुक्तिले औपचारिकता पाउने छ ।